
हरेक वर्षको तेस्रो महिना अर्थात मार्च चिनियाँहरुका लागि महत्वपूर्ण महिना रहिआएको छ। चीनका दुईवटा प्रसिद्ध राष्ट्रिय अधिवेशन-चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेस वार्षिक सम्मेलन यही मार्चमा आयोजित हुन्छ। यस बेलामा चीनका नेतागण र विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले अझ राम्रो व्यवस्थाका लागि संयुक्त रुपमा छलफल गरेर चीनको भविषयको नक्शा कोर्ने गर्नुहुन्छ। त्यसका कारण हामीले सन 2009 चीनका दुइवटा राष्ट्रिय अधिवेशन सफलताका साथ सम्पन्न हुने आशा गरेका छौं।

यसका साथै हाम्रा प्रिय श्रोताहरुले यस चीनका राष्ट्रिय अधिवशनमा अझ बढी ध्यान दिनुका साथै हामीलाई पत्र पठाएर तपाईँको विचार पठाउन पनि आग्रह गर्दछौं। यस कार्यक्रममा हामीले चीनको गुणागान गीतहरुमध्ये एउटा ल्यु याङ्ग नदी नामक गीत बजाउँने प्रयाश गरेका छौं। ल्यु याङ्ग नदी चीनको हु नान प्रान्तको पूर्वी क्षेत्रमा पर्छ। हाम्रा महान् नेत तथा पूर्व राष्ट्राध्यक्ष स्वर्गिय माउ च तुङ्गको जन्मथलो पनि हु नान प्रान्तमा रहेको छ। यस गीतले अध्यक्ष माउ र चिनियाँ जन मुक्ति सेनाको गुणगान गरेको छ। अब मसँगसँगै यस गीत सुन्नौं है त।

ल्यु याङ्ग नदी
ल्यु याङ्ग नदी कति लामो छ।
ल्यु याङ्ग नदीको छिमेकी प्रान्त हु नान प्रान्त हो।
हाम्रा महान् नेता तथा पूर्व राष्ट्राध्यक्ष स्वर्गिय माउको जन्मथलो त्यहाँ रहेको छ।
अध्यक्ष माउको नेतृत्वमा हाम्रा जनताले मुक्ति पाएका हुन
ल्यु याङ्ग नदीले भन्दा अध्यक्ष माउले हामीलाई दिनुभएको फाइदा निकै महत्वपूर्ण छ।
अध्यक्ष माउ सूर्य जास्तै लाग्छ।
उहाँले हामी जनतालाई उज्जालो दिशातर्फ ल्याउनुभएको छ।
हामीले सधैं नै अध्यक्ष माउलाई माया गर्दर्छौं।
अध्यक्ष माउ हाम्रा मनमा उज्जालो सूर्य हुनुहुन्छ।
|