china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ डक 1
    (GMT+08:00) 2009-07-06 15:19:07    

          म चीनको पैचिङमा पाइने चिनियाँ खानामध्ये पैचिङमा प्रचलित बन्न पुगेको पैचिङ डक वा पैचिङ हाँसका बारेमा मैले देखेका र भोगेका अनि अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु। चिनियाँ खानाको सभ्यताभित्र प्रमुख रुपमा आउँने पैचिङ डक पैचिङ आउने चीनवासी तथा असंख्य विदेशीहरूको खानाको केन्द्रविन्दु बन्न यो सफल रहेको देखिन्छ।

          पैचिङमा यात्रा गर्न आएका जोसुकैले पनि पैचिङ डकको स्वाद नलिइकन र ग्रेटवाल नचढिकन उनीहरूको यात्रा वास्तविक रुपमा नै पूरा हुँदैन भन्ने चिनियाँ उक्ति रहिआएको पाइन्छ। पैचिङका विशेष रेष्टुराँमा पकाइएका हाँसका परिकारहरूमा पैचिङ डक वा पैचिङ हाँसको परिकार एकदमै प्रसिद्ध रहेको छ। यस्तो अत्यन्त स्वादिलो खानाको महिमा जति उच्च रहेको छ त्यति नै यस खानाको इतिहास पनि लामो रहेको पाइन्छ। चिनियाँ खाना संस्कृतिमा डुबेका जोसुकैका लागि पनि पैचिङ डकको महत्व उच्च रहेको पाइन्छ। मानिसहरूले अध्ययन गर्दै जाँदा पैचिङ हाँसको परिकारको उपभोग सँगसँगै चीनको संस्कृति चालचलन संस्कृति तथा परम्परा सिक्न सक्छन् भन्ने मलाई लाग्छ। जसरी अमेरिकामा रोष्टटर्कीको महत्वपूर्ण स्थान छ जसरी युरोपमा रोष्ट गुज वा एक प्रकारको हाँसको सेकुवाको महत्व छ त्यसरी नै चीनमा पैचिङ डक वा पैचिङ हाँसको विशेष परिकारको महत्व रहेको छ भन्न सकिन्छ।

          इतिहासले बताउँछ कि मार्को पोलोजस्ता व्यक्तित्वहरूले चीनमा युआन वंश रहेको बेलामा युरोपियन पद्धतिबाट चराचुरुङ्गीको सेकुवा बनाउने तरिका भित्र्याएको हो। सन् 1271 देखि 1368 सम्म कायम रहेको युआन वंशीय राजाको पालामा नै पैचिङ डकको अवधारणा भित्रिएको हुनाले पैचिङ डकको इतिहास भनेको हजारौँ वर्षअघिको हो भन्ने कुरामा कुनै दुविधा छैन। यतिमात्र होइन कि अन्य कतिपयका भनाइमा त रोस्ट डकको इतिहास अझै लामो रहेको पाइन्छ। आज नानचिङको नामले चिनिने स्थान जसको नजिकमा पर्ने चिन लिङमा हजारौँ वर्ष अघिदेखि नै हाँसको रोष्ट बनाइन्थ्यो भन्ने कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ। त्यस बेलाका राजा महाराजाहरुले स्वाद र सौखका कारणले नै हाँसका परिकारहरू बनाउने गरेका थिए भन्न सकिन्छ। छिङ वंशीय राजाहरु पनि रोष्ट गरेको हाँसका धेरै सौखिन थिए। सन् 1644 देखि 1911सम्म चलेको छिङ वंशका राजा रजौटा तथा भाइ भारदार अनि उच्च पदस्थ कर्मचारीहरूसमेत् यस्तो प्रकारबाट बनाइएको हाँस खान अत्यन्त सौखिन थिए भन्न सकिन्छ।

          त्यसै बेलादेखि नै ह्वाइट पैचिङ डक भनेर विशेष तरिकाले ती हाँसहरू पाल्ने र विकसित चल्लाहरू उत्पादन गर्ने गरिन्थ्यो। पाल्ने विषयमा मात्र विशिष्टता थिएन पैचिङ डक पकाउनमा पनि विशेष तरिकाको प्रयोग गर्ने गरिन्थ्यो। त्यस्ता ह्वाइट पैचिङ डक भनेर तयार गरिने हाँसलाई विशेष प्रकारको खुल्ला चुलोमा धेरै समय लगाएर प्राकृतिक तरिकाले सेकाएर विशेष रङ निकालेर पकाउने चलन जुन आजका दिनसम्म पनि त्यही चलन विद्यमान् छ त्यस्ता हाँसहरू पकाउनका लागि तिनै परम्परागत तरिकाहरू हालसम्म पनि अपनाउने गरिन्छ।

          मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा यहाँको खानाको सभ्यताबारे केही कुराहरू भनेँ। पैचिङका विशेष रेष्टुराँमा पकाइएका हाँसका परिकारहरूमा पैचिङ डक वा पैचिङ हाँसको परिकार एकदमै प्रसिद्ध रहेको कुराबारे पनि बताएँ। । यस्तो अत्यन्त स्वादिलो खानाको महिमा उच्च रहेको यस खानाको इतिहास पनि लामो रहेको कुरा पनि उजागर गरेँ। चिनियाँ खाना संस्कृतिमा डुबेका जोसुकैका लागि पनि पैचिङ डकको महत्व उच्च रहेको तथा मानिसहरूले अध्ययन गर्दै जाँदा पैचिङ हाँसको परिकारको उपभोग सँगसँगै चीनको संस्कृति चालचलन संस्कृति तथा परम्परा सिक्न सक्छन् भन्ने मलाई लाग्छ। जसरी अमेरिकामा रोष्टटर्कीको महत्वपूर्ण स्थान रहेजस्तै अनि युरोपमा रोष्ट गुज वा एक प्रकारको हाँसको सेकुवाको महत्व रहेको त्यसरी नै चीनमा पैचिङ डक वा पैचिङ हाँसको विशेष परिकारको महत्व रहेको छ भन्ने सत्यलाई पनि स्पष्टसँग भनेँ। हजारौँ वर्ष अघिदेखि नै हाँसको रोष्ट बनाइन्थ्यो भन्ने कुरा इतिहासमा उल्लेख गरिएको र त्यस बेलाका राजा महाराजाहरुले यसको स्वाद लिनेगरेको कुरा पनि मैले उजागर गरिसकेँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040