 यस महिनाको संगीत कार्यक्रममा हामीले तपाईंहरुलाई एक जना विशेष चिनियाँ गायीका सा तीङ्ग तीङ्ग र उहाँको विषेश गीतहरुवारे जानकारी दिदैछौ। सुश्री सा तीङ्ग तीङ्गले चीनको मुक्ति सेना कलाकौशल विश्वविद्यालयको नयाँ ढाँचाको सङ्गीतवाट जीविका गर्ने विषयमा स्नातक गर्नुभएको छ। त्यसैले उहाँसँग गहिरो र बलियो संगीतको ज्ञान छ।

एक जना गायीकाको रुपमा सुश्री सा तीङ्ग तीङ्गले संस्कृत भाषाको गहिरो अध्ययन गर्नुका साथै चीनका विभिन्न साँस्कृतिक र पवित्र स्थानको भ्रमण पनि गर्नुभएको छ। उहाँले आफ्ना सबै अनुभावलाई समेटेर आफ्नो गीतमा विशेषतायुक्त स्वर दिनु भएको छ। विश्वको रेकडिङ्ग कम्पनी अन्तर्गतको एशिया-प्रशान्त क्षेत्र विभागका प्रमुख म्याक्स होलले उनले गाउने तरिकालाई" ईस्वरसँग कुराकानी गर्ने भाषा"ठान्नुभएको छ।

एक जना संगीत उत्पादकको रुपमा सुश्री सा तीङ्ग तीङ्गले"विश्व गीत"नाउँको भावनालाई विकास गरेर पश्चिमी तरङ्ग बाजा र रहस्यात्मक पूर्वी क्षेत्रको राष्ट्रिय गीतको संमिश्रण गर्नु भएको छ। उहाँको गीतले विश्वकै सबैभन्दा उच्च स्तरीय"ग्रेममाई अवार्ड" विशेषज्ञको प्रशंसा प्राप्त गरेको छ।
एक जना नाच्ने व्यक्तिको रुपमा उहाँले कुनै तालिम प्राप्त नगरेता पनि पूर्वी क्षेत्रको विशेषतायुक्त नाच प्रदर्शन गर्न उहाँ अत्यन्तै निपूर्ण हुनु हुन्छ ।
|