china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नाम र तथ्य बदल्दा-1
    (GMT+08:00) 2009-07-09 10:02:11    

          धेरै पहिले चीनमा एउटा प्रान्त थियो । त्यो प्रान्तको नाम स्यान भन्ने थियो। त्यो प्रान्तका मानिसहरू निकै आधुनिक र रोचक थिए। आफ्नो देशका जनता निकै बाठा रहेकोमा त्यस प्रान्तका राजा पनि निकै खुसी थिए। त्यस प्रान्तमा हरेक मानिस वास्तवमै धनी सहनशील र केही नयाँ काम गर्न खोज्ने प्रकारका थिए।

          सबैजना सुखी र समृद्ध रहेका थिए। त्यो प्रान्तमा धेरै मात्रामा कलकारखाना र उद्योगधन्दा चलेका थिए। त्यो प्रान्तमा कुनै पनि बेरोजगारी भन्ने नै थिएन। उद्योगधन्दाहरूबाट देशले प्रशस्त लाभ लिने गरेको थियो। जनताले लाएर र खाएर बँचेको रुपैयाँ पैसा देशको ढुकुटीमा जम्मा हुने गर्दथ्यो। पछि कुनै दिन जनतालाई दुःख परेमा त्यो धन-सम्पत्ति काम दिने हुनाले राजाले पनि त्यसलाई सम्हालेर राखेका थिए। राजादेखि जनता पनि खुसी थिए अनि जनतालाई पनि राजाले आफ्ना छोराछोरीलाईजस्तै माया ममता दिएर राखेका थिए।

          त्यस प्रान्तका मानिसहरू निकै धनीमानी थिए सौखिन पनि थिए अनि दयालुपन पनि सबैमा नै थियो। त्यसै क्षेत्रमा एकजना महान पण्डित पनि बस्दथे।ती पण्डित आफ्ना घरमा बढीभन्दा बढी पाहुना आएको मन पराउँथे। पाहुनाहरू पनि उनको घरबाट धेरै सन्तुष्ट भएर फर्कन्थे।ती पण्डितको नाम चु पो भन्ने थियो। चु पोका घरमा एउटा नयाँ नोकर थियो। घरको रखवारीका लागि उनले एउटा कुकुर पनि पालेका थिए।

          उनको कुकुरको नाम बाइटर थियो भने नोकरको नाम फाइटर थियो। यो नाम सबैतिर फैलियो।नोकर नै फाइटर रहेको भनी सबै डराए।उनको घरमा एउटा पनि पाहुना आएन। यही क्रम तीन वर्षसम्म चलेर गयो। तीन वर्षसम्म घरमा एकजना पनि पाहुना नआएको र आफ्नो घरलाई तिरस्कार गरेको हुनाले चु पो निकै निराश भए। दिनदिनै उनी दुब्लाउँदैं गए।उनकी श्रीमती लि स्या पनि निकै दुब्लाइन्।

          उनीहरूका छोराछोरी पनि आफ्ना घरमा कोही पनि मानिस आउन छाडेको हुनाले उनीहरूलाई धेरै नै दिक्क लाग्यो। दिक्क लागेर मात्र के गर्नु र केही उपाय त थिएन नै।तर दिक्क लागेर कति दिन सम्म बसिरहने त भनेर सबै नै सोचाइमा परे।

           क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040