china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ डक 2
    (GMT+08:00) 2009-07-13 16:48:13    

          आजको कार्यक्रममा म पैचिङ डकको सानो इतिहास र पैचिङ डक तयार गर्ने तरिका छोटकरीमा बताउन जाँदैछु।

           पहिले पहिले यो पैचिङ डक वा पैचिङ सेतो हाँसको परिकार तयार गर्ने रेष्टुरेन्टहरू ज्यादै कम मात्रामा थिए पैचिङमा । तर आज आएर यहाँ त्यस उद्देश्यका लागि तयार भएका रेष्टुराँहरू थुप्रै नै भएको कुरा मैले पैचिङका थुप्रै स्थानहरू घुम्ने क्रममा थाहा पाएको छु। यस्ता थुप्रै रेष्टुराँहरू त नभएका होइनन् तापनि सन् 1861 मा नै खुलेर हालसम्म पनि सेवा दिन सफल रहेको रेष्टुराँ भनेको चाहिँ प्यान यी फाङ भन्ने हो। यो रेष्टुरेन्ट पैचिङका थुप्रै स्थानमा रहेका छन्। तर यस रेष्टुराँको मुख्य स्थान चाहिँ छुङ अन मेनमा रहेको छ। एकसय पचास वर्षअघि खुल्न सफल यो रेष्टुराँले पैचिङ डकको परम्परालाई कायम गर्न अत्यन्त सफल भएको पाइन्छ। यस रेष्टुराँले हालसम्म पनि पैचिङ डकको परम्परागत स्वादलाई स्वदेशी तथा विदेशी पारखिहरूका लागि पस्कन सफल भएको देखिन्छ। प्यान यी फाङबाहेक दोस्रो रुपमा हेर्ने हो भने छ्वान चु त रेष्टुराँ पनि कायम रहेको देखिन्छ। मैले उच्चारण गरेका रेष्टुराँ एउटा मात्र होइन कि त्यस्ता रेष्टुराँहरू विशाल पैचिङ सहरका धेरै भागमा रहेका छन्। यो कुरा स्पष्ट नै रहेको छ। मैले यहाँ छ्वान चु त रेष्टुराँको नाम उठाएँ। छ्वान चु तको अर्थचाहिँ विदेशी तथा चिनयाँहरूको लागि पैचिङ डक भन्ने लाग्छ। एक सय पचास वर्षको लामो इतिहास बोकेको यस पैचङ डकले आफ्नो ख्याति कमाएको मात्र होइन कि चीनमा यो रेष्टुराँ एक बृहत संस्थाको रुपमा विकास भइसकेको अवस्थामा रहेको छ। पैचिङ डक तयार गर्नको लागि सर्वप्रथम त सेतो रङको उत्कृष्ट हाँस सर्वप्रथम त छान्ने गरिन्छ। त्यसपछि त्यस हाँसलाई काटेर सर्वप्रथम त छाला र मासुको बीचको भागमा रहेको हावा निकालिन्छ। त्यहाँको सबै हावा दिएपछि त्यो पैचिङ डक आकारमा निकै ठूलो र प्रकारको बन्दछ। त्यसपछि त्यस हाँसलाई एकदमै सफा गरिन्छ। त्यो पम्प दिँदा बीचमा रहेको हावा भरिएको स्थानमा पानी भर्ने काम हुन्छ जसले हाँसलाई अझ बढी स्वादिलो र रसिलो बनाउने गर्दछ। त्यसपछाडि हावा दिएर हाँसको बाहिरी छाला एकदमै सुख्खा पारेर राखिन्छ। सफाइमा भने पलपलमा ध्यान दिइएको हुन्छ नै। त्यसपछि चिनी छर्किएर हाँसको बाहिरी छालामा ब्रस लगाइन्छ। चौथो अवस्थामा आएर त्यस हाँसलाई धुवाँ पटक्कै नआउँने ठूलो चुलोमा दाउराको सहायताले सेकाइन्छ। मेशिनले तापक्रमको निर्धारण गर्ने गर्दछ। जसअनुसार 270 डिग्री सेल्सियसको तापक्रममा कडा दाउराको आँचमा कमसेकम चालीस मिनेटसम्म सेकाइन्छ। त्यस अवधिमा पैचिङ हाँस पूर्ण रुपमा पाक्दछ। त्यसबेला उक्त हाँसको छाला एकदमै चम्किलो प्रकारको देखिन्छ। हलुका रातो रङमा यो रहेको हुनछ। हेर्दैमा पनि खाउँखाउँ लाग्ने प्रकारको देखिन्छ। त्यसपछि भने पैचिङ डक खानका लागि पूर्ण तयार हुन्छ। यसमा नुन मसला केही पनि हालेको हुन्न तथापि खानलाई एकदमै स्वदिलो र मीठो हुने गर्दछ। पैचिङ डकका साथमा पकाउँदा यसबाट निस्केको रस पनि निकै स्वादि‌लो हुन्छ। त्यसैले यदि तपाईँ पनि पैचिङ आउँदै हुनुहुन्छ भने पैचिङ डकको स्वाद लिन नभुल्नु होला। हिँउद ऋतुमा यो परिकार बढी चल्ने हुन्छ।

           मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा यहाँको खानाको सभ्यतामा पैचिङ डकको परिकारबारे केही कुराहरू भनेँ। पहिले पहिले यो पैचिङ डक वा पैचिङ सेतो हाँसको परिकार तयार गर्ने रेष्टुरेन्टहरू ज्यादै कम मात्रामा रहेका तर आज आएर यहाँ त्यस उद्देश्यका लागि तयार भएका रेष्टुराँहरू थुप्रै नै भएको कुरा मैले पैचिङका थुप्रै स्थानहरू घुम्ने क्रममा थाहा पाएको कुरा मैले जाहेर गरिसकेँ। यस्ता थुप्रै रेष्टुराँहरू त नभएका होइनन् तापनि सन् 1861 मा नै खुलेर हालसम्म पनि सेवा दिन सफल रहेको रेष्टुराँ भनेको चाहिँ प्यान यी फाङ भन्ने हो जुन रेष्टुरेन्ट पैचिङका थुप्रै स्थानमा रहेका छन् भन्ने कुरा पनि उठाएँ। यस रेष्टुराँले हालसम्म पनि पैचिङ डकको परम्परागत स्वादलाई स्वदेशी तथा विदेशी पारखिहरूका लागि पस्कन सफल भएको र प्यान यी फाङबाहेक दोस्रो रुपमा हेर्ने हो भने छ्वान चु त रेष्टुराँ पनि कायम रहेको कुरा पनि भनेँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040