
ऊ चन भन्ने प्राचीन बस्ती चीनको दक्षिणी भागमा रहेको च च्याङ्ग प्रान्तको थोङ्ग स्याङ्ग भन्ने ठाउँमा पर्दछ। गाडी चढेर च च्याङ्ग प्रान्तको सदर मुकाम हाङ्ग चौबाट उत्तरी भागतिर जाँदा एक घण्टाभन्दा केही बढी समयमा त्यहाँ पुग्न सकिन्छ। ऊ चन वस्तीको वरपर खोला बगिरहेको छ। पूर्वदेखि पश्चिमतिर बग्ने खोला र दक्षिणदेखि उत्तरसम्म बग्ने दुईवटा नदीले समस्त ऊ चन बस्तीलाई पूर्वी, पश्चिमी, दक्षिणी र उत्तरी भागमा विभाजन गरेको छ। ऊ चनमा दक्षिणी चीनको विशेषतायुक्त वास्तु-शैली रहेको देखिन्छ। त्यहाँका सैयौं वर्षभन्दा लामो इतिहास बोकेका प्राचीन-वास्तुहरुलाई राम्रोसँग संरक्षण गरिएको छ।
ऊ चन बस्तीमा पर्यटकका लागि पूर्वी र पश्चिमी भाग मात्र खुला गरिएका छन्। ऊ चन बस्तीको पूर्वी भागदेखि पश्चिमी भागतिर जानका लागि डुङ्गा चढ्नु ज्यादै सुविधाजनक हुन्छ। साथै बगिरहेको स्वच्छ पानीमा डुङ्गा सैर गर्ने क्रममा नदीका दुवै पट्टिका सुन्दर दृश्यको राम्ररी अवलोकन गर्न सकिन्छ।

ऊ चन बस्तीको पश्चिमी भाग सन् 2007 देखि औपचारिक रुपमा पर्यटकका लागि खुला भएको छ। पूर्वी भागको दाँजोमा पश्चिमी भागको संरक्षण र विकास अझ राम्रोसँग गरिएको देखिन्छ। त्यहाँका बासिन्दाहरु तथा प्राकृतिक वातावरण र प्राचीन वास्तुहरु सबै नै मिल्दोजुल्दोसँग राखिएका छन्। पश्चिमी भागमा प्राचीन चीनको मिङ्ग र छिङ्ग वंशका पुराना वास्तुहरु पनि संरक्षित छन्। पश्चिमी भागको कूल क्षेत्रफल दुई लाख पचास हजार वर्गमिटर रहेको छ। त्यस भागमा विभिन्न आकारका ढुङ्गे पुलहरुको कूल संख्या सत्तरीभन्दा बढी पुगेको छ।
यस आवाज पश्चिमी भागमा अवस्थित रेशमी कपडा बनाइने यन्त्रबाट आएको आवाज हो। पश्चिमी भागमा रेशमी कपडा बनाउने एउटा ज्यादै प्रख्यात कारखाना छ। त्यसको इतिहास एकसय वर्षभन्दा लामो भइसकेको छ। त्यस कारखानामा पर्यटकहरुलाई रेशमी कपडा बनाउने हरेक प्रक्रिया देखाउने गरिन्छ। साथै रुचि छ भने पर्यटकले पनि पुरानो यन्त्रमा आफूले रेशमी कपडा बनाउन प्रयास गर्नसक्छन्। यन्त्रका पेशागत कर्मचारीहरु रेशमी कपडा बनाइने विभिन्न प्रक्रियाबारे पर्यटकसमक्ष निष्ठापूर्वक देखाउँछन्।

त्यस कारखानामा पर्यटकहरु रेशमद्बारा बनाइएका राष्ट्रस्तरीय हस्तकलाहरु पनि देख्नसक्छन्। ती कुशल हस्तकलाबाट ऊ चन बस्तीको लामो इतिहास र रेशमसम्बन्धी विशेषतायुक्त प्रविधि पनि विस्तृत रुपमा देश र विदेशका पर्यटकहरुसमक्ष देखाइन्छ।
|