
यस महिनाको संङगीतिक कार्यक्रममा हामीले हाम्रो राजधानी पैचिङ्गको गुणागानका गीतहरु बजाउदै छौ । चीनको दोस्रो ठूलो शहरको रुपमा रहेको पैचिङ्ग चीनको राजनैतिक,साँस्कृतिक तथा अन्तर्राष्ट्रिय आदान-प्रदानको केन्द्र हो। साथै पैचिङ्ग चीनको स्थल तथा वायु यातायातको मुख्य केन्द्र पनि हो। आठ सय पचास वर्षभन्दा अघि स्थापित पैचिङ्गसँग तीन हजारभन्दा बढी लामो इतिहास छ। विश्वमा पैचिङ्ग जस्तो राजनैतिक , साँस्कृतिक ,अन्तर्राष्ट्रिय आदान-प्रदान एवं स्थल तथा वायु सेबा केन्द्र लगायत सबै झेत्रको सुविधा भएको शहर निकै कम छन्। हाल पैचिङ्गले आफ्नो पुरानो र आधूनिक नमूनाको रुपमा हरेक वर्ष चौध करोड सत्तरी लाख पर्यटकहरुलाई स्वागत गर्दछ। यसै सन्दर्भमा मसँग जन्मथलो पैचिङ्ग हो भन्ने नाउको गीत रहेको छ । अब एकछिन उक्त"गीत सुन्नौं है त।

हाम्रो संङगीतिक कार्यक्रमलाई सधैं सुन्नुहुन्छ भने तपाईंले चिनियाँ गायिका हान हुङ्गलाई थाहा पाउनुपर्ने हो। हाम्रो कार्यक्रममा आकाशतर्फ जाने मार्ग नामक उहाँको गीत प्रशस्तै बजेको छ । उहाँको पैचिङ्गको गुणगान सम्बन्धी एउटा गीत छ। पैइचिङ्कको आकाशमा एउटा सुन्य सूर्य छ नामक गीतमार्फत उहाँले हाम्रा महान् नेत तथा पूर्व राष्ट्राध्यक्ष स्वर्गिय माउ च तुङ्गको गुणगान गाउनु भएको छ। अब मसँगसँग रहेको उक्त गीत सुन्नौं है त।

पैइचिङ्कको आकाशमा एउटा सुन्य सूर्य छ।
पैचिङ्गको आकाश निकै उज्यालो छ।
त्यहाँ आकाशमा एउटा सुन्य सूर्य छ।
त्यो सूर्य हाम्रा महान राष्ट्राध्यक्ष माउ च तुङ्ग हुनुहुन्छ।
श्री माउ कति न्यानो र कृपालु हुनुहुन्छ।
उहाँले हाम्रो मनमा उज्यालो किरण ल्याउनुभएको छ।
उहाँले हामीलाई समाजवादी सुःख पूर्ण जीवनको बाटोतर्फ ल्याउनुभएको छ।
|