धेरै पहिले चीनमा एउटा प्रान्त थियो । त्यो प्रान्तको नाम स्यान भन्ने थियो। त्यो प्रान्तका मानिसहरू निकै आधुनिक र रोचक थिए। आफ्नो देशका जनता निकै बाठा रहेकोमा त्यस प्रान्तका राजा पनि निकै खुसी थिए। त्यस प्रान्तमा हरेक मानिस वास्तवमै धनी सहनशील र केही नयाँ काम गर्न खोज्ने प्रकारका थिए।

सबैजना सुखी र समृद्ध रहेका थिए। त्यो प्रान्तमा धेरै मात्रामा कलकारखाना र उद्योगधन्दा चलेका थिए।त्यो प्रान्तमा कुनै पनि बेरोजगारी भन्ने नै थिएन।उद्योगधन्दाहरूबाट देशले प्रशस्त लाभ लिने गरेको थियो। जनताले लाएर र खाएर बँचेको रुपैयाँ पैसा देशको ढुकुटीमा जम्मा हुने गर्दथ्यो।पछि कुनै दिन जनतालाई दुःख परेमा त्यो धन-सम्पत्ति काम दिने हुनाले राजाले पनि त्यसलाई सम्हालेर राखेका थिए।राजादेखि जनता पनि खुसी थिए अनि जनतालाई पनि राजाले आफ्ना छोराछोरीलाईजस्तै माया ममता दिएर राखेका थिए।

घरमा पाहुना नआउने समस्याको जरो पहिल्याउने तागत कसैमा पनि थिएन। लौ न यो समस्या किन परेको होला तपाई एकपटक राम्ररी सोच्नुहोस् न है भनेर श्रीमती लि स्याले आफ्ना पति चु पोलाई सम्झाउन थालिन्। बाध्य भएर चु पोले पनि समस्याको मूल त पत्ता लगाएरै छाड्नुपर्नेमा आफू एकदम दृढ भएर रहे। उनले यो विचार गरे कि अब यस फाइटर नोकरको नाम बाइटर राखिदिनु पर्यो अनि बाइटर कुकुरको नाम चाहिँ फाइटर राखिदिनुपर्यो भन्ने विचार गरे। तसर्थ उनले गाउँमा झ्याली पिटाए कि पण्डित चु पोले नोकर पनि फेरे अरे अनि नोकर पनि फेरै अरे।

तर वास्तवमा त उनले केवल उनीहरूको नाम मात्र फेरिदिएका थिए। ओहो त्यो घरमा त फाइटर नाम गरेको कुकुर छ अरे भन्ने सबैले थाहा पाए।कुकुर भने पछि त फाटर त राम्रो हो नि भन्ने सबैले लख काटे । तर त्यस कुकरले मानिसलाई टोक्दैन बरू जंगली जनावर धपाउन चाहिँ तम्सन्छ भन्ने पनि हल्ला फैलियो त्यहाँ। त्यो कुरा सुनिसकेपछि सबैलाई कौतुहल भयो अनि त्यस घरमा पहुनाको ओइरो लाग्न थाल्यो। बूढा चु पो अनि बूढी लि स्या अति खुसी भए। छोराछोरी पनि खुसीले गदगद भएर रहन थाले।
|