पैचिङ विशाल देश चीनको राजधानी हो। मनोरञ्जनका लागि यस स्थानमा धेरै नै रमाइला पार्कहरू जहाँ बसेर दिनभरिका थकाइहरू मेटाउन सकिन्छ त्यस्ता पार्कहरू प्रशस्त नै रहेका छन्। आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने र थ्यानमन चोक नजिकै पर्ने चिङ सान पार्कबारे मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न पार्कहरूमध्ये चिङ सान पार्कको स्थान पनि निकै महत्वपूर्ण रहेको छ। पैचिङको मुटुमा रहेको यो पार्क आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न अंग हो। यस पार्कको कस्तो अवस्था रहेको छ र पैचिङमा यो पार्कले के कस्ता सुविधाहरू प्रदान गरेको छ र यो पार्कको महत्वको दिशा कता गइरहेको छ भन्ने बारेमा पनि म केही कुरा राख्ने जमर्को गर्दैछु। प्रिय श्रोता, आज मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा त्यहाँ रहेको चिङ सान पार्कको अवस्था खासगरेर त्यस पार्कमा भएका सुविधाहरूलगागत् त्यस पार्कको महत्वबारे केही बताउन जाँदैछु। यो पार्क पैचिङको बीच भागमा रहेको इम्पेरियल दरवारको उत्तरतिर पर्दछ। त्यो इम्पेरियल दरबार छाडेर त्यसको उत्तरी ढोकाबाट निस्केर एउटा गल्ली पार गरेर गइसकेपछि चिङ सान पार्क पुगिन्छ। यो पार्क सर्वसाधारणका लागि विहान छ बजे खुल्ने रहेछ र बेलुकी नौबजे मात्र यो पार्क बन्द हुने रहेछ। चिङ सानको अर्थ पहाडी प्राकृतिक दृश्य भन्ने लाग्छ। पहाडी भागमा हुने प्रकृतिको रमाइलो यस पार्कमा पाइने हुनाले नै होल यसको नाम पनि चिङ सा न रहेको। पैचिङको केन्द्रमा रहेको थ्यान अन मेनको नजिकै पर्ने फरबिडन सिटिको पासैमा यो पार्क पर्दछ।
यस पार्कमा पहाडी खुड्किलाहरू चढेर पहाडी भेगको संझना पनि निकै राम्रोसँग गर्न सकिने रहेछ। अति शान्त सौम्य तथा सुसंस्कृत पार्कको रुपमा यस पार्कलाई लिन सकिने अवस्था रहेको छ । अर्कोतिर हेर्ने हो भने लिआओ वंशमा त्यस स्थानमा कोइला खानी पनि थियो भन्ने विश्वास पनि गरिएको छ। परन्तुमा गएर कोइला राख्दा राख्दा त्यहाँ कोइलाको एउटा पहाडै बन्यो भन्ने भनाइ रहिआयो, त्यसै गरी त्यहाँ रहेको चरकोल भएको स्थानमा चाहिँ एउटा ठूलो पोखरी बन्यो रे भन्ने भनाइ पनि व्याप्त रहेको छ।
यस पहाडमुखी पार्कको क्षेत्रफल सातलाख वर्ग मिटरभन्दा पनि बढी नै रहेको छ। त्यो सम्पूर्ण क्षेत्रफलको आधाभन्दा बढी भाग त पानीले नै ढाकेको छ भन्दा केही पनि फरक पर्दैन। त्यस स्थानको मुख्य विशेषता भनेको त्यस स्थानबाट फरबिडन सिटी ज्यादै स्पष्ट रुपमा देखिनु हो। यस चिङ सान पार्कमा हरेक उमेरका मानिसहरू यात्रा गर्न आएका देखिन्छन्। अलिक उमेर ढल्केका नारी पुरुषहरू एकापसमा मिलेर नाचगान गरेको दृश्य पनि कम्ती आनन्ददायक छैन। यसबाहेकका अन्य मानिसहरू भने कोही गफमा व्यस्त हुन्छन् अनि कोही यताउता डुलिरहेका हुन्छन् अनि कोहीभने त्यहाँ व्यवस्थित् रुपमा राखिएका बेन्चहरूमा आराम गरिरहेका अनि कोही चाहि निदाइरहेका अनि कोही भने झुलिरहेका देखिन्छन्। हरेक मानिसहरू त्यहाँ केही न केही गरिरहेका देखिन्छन्। यस पार्कभित्र रहेका विविध प्रकारका महत्वपूर्ण कुराहरूमध्ये नौ वटा ड्रागनको पर्खाल निकै आकर्षक रहेको मैले पाएँ। यो पर्खाल सन् 1757 मा छिङ वंशमा तयार भएको कुरा मैले त्यहाँको अभिलेखबाट थाहा पाएँ।
यो पर्खालमा सात विविध रङले पोतिएको रहेछ। त्यस पर्खालमा निकै चिल्लाचिल्ला इँटहरूबाट उचित रङमा बनेका नौवटा ड्रागनका चित्रहरू निकै मनमोहक रहेका छन्। मानिस त्यस स्थानमा गइसकेपछि कतिवटा ड्रागनका चित्र छन् भनेर गन्ती गर्नै भ्याउँदैनन् किनकि उनीहरूलाई ती मनमोहक चित्रहरूले चाहिँ पहिले आकर्षण गरिहाल्छ।
मैले इम्पेरियल दरवारको उत्तरतिर पर्ने चिङ सन पार्क वा चिङ सन युआनका बारेमा मैले देखेका कुराहरुका बारेमा मैले केही कुराहरू बताएँ। मैले इम्पेरियल दरबारको उत्तरी ढोकाबाट निस्केर एउटा गल्ली पार गरिसकेपछि चिङ सान पार्क पुगिने र पार्क सर्वसाधारणका लागि विहान छ बजे खुल्ने र बेलुकी नौबजे मात्र बन्द हुने विषय पनि प्रस्तुत गरेँ। चिङ सानको अर्थ पहाडी प्राकृतिक दृश्य भन्ने लाग्ने र पहाडी भेगमा हुने प्रकृतिको रमाइलो यस पार्कमा पाइने कुरा पनि सरसर्ती उल्लेख गरेँ। पैचिङको केन्द्रमा रहेको थ्यान अन मेनको नजिकै पर्ने फरबिडन सिटिको पासैमा यो पार्क पर्दछ र यस पार्कमा पहाडी खुड्किलाहरू चढेर पहाडी भेगको संझना पनि निकै राम्रोसँग गर्न सकिने कुरा पनि निवेदन गरेँ। अति शान्त सौम्य तथा सुसंस्कृत पार्कको रुपमा यस पार्कलाई लिन सकिने अवस्था रहेको विषयको पनि मैले इमान्दारिताका साथ मैले उठान गरेँ।
|