china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हजारौं वर्षको इतिहास बोकेको प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी चौथो भाग
    (GMT+08:00) 2009-07-21 09:41:33    

               विश्वका विभिन्न पर्यटकहरुको भिन्ना-भिन्नै चाहनाबमोजिम पश्चिमी भागमा पर्यटक बस्नका लागि विभिन्न स्तरका अतिथि भवन उपलब्ध गराइन्छन्। ती अतिथि भवनहरुमध्ये एक सय चिनियाँ युआनभन्दा सस्तो मूल्यका युवा-अतिथि भवनहरु, ऊ चन बस्तीको विशेषतायुक्त प्राचीन वास्तुबाट बनाइएका अतिथिहरु र ज्यादै महङ्गो र बिशाल पाँच तारे होटेलहरु पनि समावेश छन्। सजिलो युवा अतिथि भवन होस् वा प्राचीन वास्तुबाट बनाइएका अतिथि भवन, अझ विशेष गरी पाँच तारे होटेलमा विभिन्न आधुनिक प्रबन्धहरु रहेकाले पर्यटकका लागि ज्यादै सुविधाजनक हुन्छ।

                के भन्न सकिन्छ भने अन्तर्राष्ट्रिय गुणस्तर तथा प्राचीन बस्तीबीच ज्यादै राम्रो मिलावट देखिन्छ। ऊ चन बस्तीको पर्यटन विकास लिमिटेड कम्पनी मातहतको सञ्चार-माध्यम विभागका मेनेजर काउ यु फिङ्गले ऊ चन बस्तीको भावी विकासको नयाँ लक्ष्यबारे जानकारी दिँदै भन्नुभयो:

                म ऊ चनको यात्रा गर्ने देश र विदेशका सबै पर्यटकहरुलाई के बताउँछु भने ऊ चन बस्तीका रमणीय दृश्य, ढुङ्गे पुल, बगिरहेको स्वच्छ पानी र स्थानीय बासिन्दाहरुका विशेषतायुक्त आबास भवनहरु सबै दृश्यावलोकन गर्नका लागि ऊ चन आउनुहोस्! यात्रा गर्ने क्रममा तपाईं एकजना पाहुना मात्र नभई अझ विशेष गरी त्यहीं बस्नुहुने एकजना बासिन्दा पनि हुनुहुन्छ होला! हाम्रो ऊ चन एउटा पर्यटकीय स्थल भएको मात्र नभई आराम गर्ने वा थकाइ मेटाउने उपयुक्त ठाउँ पनि हो।

                ये फाङ्ग छ्याउ भन्ने अतिथि भवन पश्चिमी भागमा पर्ने एउटा सानो परिधिको सामान्य अतिथि भवन हो। त्यस भवनमा बस्ने कोठा थोरै भए तापनि समस्त वातावरण ज्यादै शान्त र सफा छ। अतिथि भवनका मालिक लिउ येन फिङ्गले सौहार्दपूर्ण रुपमा पर्यटकहरुलाई निमन्त्रणा दिनुभयो। साथै उहाँले हामीलाई आफ्नो अतिथि भवनबारे जानकारी दिंदै भन्नुभयो: हाम्रो अतिथि भवन पहिले मैले बसेको प्राचीन वास्तुबाट निर्माण गरिएको हो। हरेक दिनको कारोबार राम्रो छ भन्ने मलाई लाग्छ। यहाँ बसेका पर्यटकहरुमध्ये मलेशिया, सिन्गापुर, फ्रान्स र बेलायत आदि मुलुकका हुन्।

                  सन् 2001अर्थात् ऊ चन बस्तीको पूर्वी भाग औपचारिक रुपमा खुला भएदेखि सन् 2009 सम्मका आठ वर्षयता ऊ चनका रमणीय दृश्य, प्राचीन वास्तु-शैली र रङ्गीचङ्गी संस्कृतिले झन् झन् बढी पर्यटकहरुलाई आकर्षण गर्दैआएका छन्। बितेका आठ वर्षभित्र ऊ चनमा एक करोड पैंतीस लाख पर्यटक भित्रिएका छन्। तीमध्ये विदेशी पर्यटकको संख्या तेह्र लाख नब्बे हजार पुगेको छ। ऊ चन बस्ती क्रमश: विश्वभरि झन् प्रसिद्ध हुँदैजाने भएको छ।

                       ऊ चन बस्तीका जिम्मेवार व्यक्ति चाङ्ग चेन लिनले ऊ चनको संरक्षण र विकास गर्ने क्रममा कायम रहँदैआएको विशेष धारणाबारे चर्चा गर्दै भन्नुभयो:हामीले स्थानीय वातावरणअनुकुल हुने विशेषतायुक्त ढाँचाको सिर्जना गरेका छौं। हाम्रो बस्तीको संरक्षणका क्रममा हामीले मुख्यत: तीनवटा विषयलाई कायम राख्नुपर्छ। पहिलो, पूरातात्त्विक वस्तुको संरक्षण। दोस्रो, तत्स्थानको वातावरणीय संरक्षण। र तेस्रो चाहिं संस्कृतिको संरक्षण नै हो। त्यो ज्यादै महत्वपूर्ण छ!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040