पैचिङ विशाल देश चीनको राजधानी हो। चीनमा हरेक विषयमा निश्चित सभ्यताहरू रहेका छन्। चाहे खानेकुरामा होस् चाहे लाउने कुरामा होस् अनि चाहे चाडपर्वको विषयमा होस्। तर आजको कार्यक्रम भनेको चीनको पैचिङमा देखिने तीनपाङ्ग्रे सवारी साधन बारेको हो।पैचिङका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा यहाँ केकस्ता तीनपाङ्ग्रे साधनहरू पाइन्छन् त भनेर मैले अध्ययन गरेँ। नेपालमा पाइने तिनपाङ्ग्रे साधनहरूभन्दा निकै फरक प्रकारका यस्ता साधनहरू मैले यहाँ गुडिरहेको देखेँ। रिक्सा भन्नसाथै हामी तीनवटा चक्का भएको ,साइकलको पाङ्गा भएको दुई तीन जना चढेर छोटो दुरीमा यात्रा गर्न सकिने सवारी साधनलाई बुझिन्छ। यो सेवा नेपालको सन्दर्भमा तराई भेगमा प्रशस्तै रहेको अवस्था छ। काठमाण्डौ उपत्यकामा पनि रिक्सासेवा नभएको त होइन तर सामान्यतया उपत्यकामा अन्य सवारी साधन नचलेको बेलामा रिक्साहरू निकै चल्ने गर्दछन्। काडमाण्डौमा मूलतःयस्ता तीनपाङ्ग्रे साधनमा विदेशी पर्यटकहरू चढेर यताउता गरेको देखिन्छन्। तर पैचिङको अवस्थालाई निहालेर हेर्ने हो भने यस्ता तीनपाङ्ग्रे साधनहरू निकै नै चलेका देखिन्छन्। तर ती साधनमा प्रायः समान्य स्तरको मोटर जोडेर बनाइएको हुन्छ। त्यस्ता साधनहरू त्यहाँ जताततै देख्न पाइन्छ। खुल्ला रिक्सामा मोटर जोडेर चलाइने साधनहरू खासगरेर पसलहरूका लागि सामान आवत जावत गर्नका लागि दौडिरहेका हुन्छन्। यस्ता साधनहरू पसलवालाले व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि बनाएको देखिन्छ।रिक्सामा मोटर जोडेर मात्र यस्ता साधन तयार गरिँदैनन, व्याट्री जोडेर पनि ती साधनहरू यत्रतत्र दौडिरहेको देख्न पाइन्छ पैचिङमा। यस्तै रिक्सालाई अलिकति आधुनिकीकरण गरेर पनि पैचिङमा चलाएको देख्न पाइन्छ। ती तीन पाङ्ग्रे साधनमा भने स्वयम मोटरवाइक नै प्रयोग गरेको देखिन्छ।खासगरेर मोटरवाइक नै प्रयोग गरेर बनाइएका यस्ता तीनपाङ्गे साधनलाई चिनियाँ भाषामा मोटी भनिन्छ। यस्ता साधनहरू आकारमा साना हुन्छन्।ती साधनमा दुईजनासम्म मात्र बसेर यात्रा गर्न सक्छन्। भूमिगत रेलवे स्टेशनको बाहिरपट्टि यस्ता साधनहरू प्रशस्त पाइन्छन्। तपाईँ भूमीगत रेलबाट उत्रँदै हुनुहुन्छ भने यसो हेर्नुहोस् छेउमै यस्ता मोटीहरू पाइने गर्दछन्। तपाईँलाई मोटीका ड्राइभरले मोटी चाहिने हो कि भनेर सोध्छन्। यो ठाउँसम्म जाने हो भनेर कुरा गरेपछि त्यहाँ भाडाको कुरा पनि निस्कन्छ। भाडामा निकै नै बार्गेनिङ चल्ने हुन्छ। दुबै तर्फबाट कुरा मिलेपछि ड्राइभरले मोटी चलाएर तपाईँलाई तुरुन्तै तपाईँको घरको तलसम्म पुर्याइदिन्छन्। यस्ता सवारी गुड्नका लागि ती साधनहरूले मानिस हिँड्ने पेटी पनि प्रयोग गरेका देखिन्छन्। मैले अनुभव गरेसम्म त्यस्ता साधनहरुको भाडा पाँच चिनियाँ युआनबाट सुरु हुन्छ। त्यसपछि दूरी बढ्दै गएपछि भाडा पनि बढ्दैजान्छ। अलिकति बढी दूरीको यात्रा गर्ने हो भने तीन किलोमीटरसम्मका लागि बीस चिनियाँ युआन र त्यसपछि प्रतिकिलोमीटर पाँच चिनियाँ युआनका दरले भाडा बढाउँदै लगेको देखिन्छ। यस्ता मोटीहरू चढेर फाइदाचाहिँ के हुन्छ भने ती साधनहरू साँघुरा गल्लीमा पनि सजिलै छिर्न र चल्न सक्दछन् अनि त्यसको साथसाथै ती साधनहरू निकै चाँडो आफूले भनेको स्थानमा पुर्याइदिन्छन्। मैले देखेसम्म त्यस्ता मोटी चलाउने ड्राइभरहरू अलिकति अधबैँसे भइसकेका पुरुष तथा महिलाहरू रहेका छन् पैचिङमा।तपाईँ अन्य एशियाली देशहरूको पनि यात्रा गर्नुभएको छ होला। पैचिङमा पाइने यस्तो ट्राइसाइकल सेवा भनेको थाइल्याण्डमा पाइने टुकटुक सेवा अनि भियतनाम तथा फिलिपिन्समा पाइने अटोरिक्सा सेवाजस्तै हो भन्न सकिने अवस्था रहेको छ। एकातिर यात्रुलाई भनेको स्थानमा सस्तोमा पुर्याइदिने अनि पसल आदिको सामान पनि बोक्न योग्य भएको हुनाले यस्तो साधन पैचिङमा निकै पाइन्छ।तर ती साधनहरू गुड्ने बाटोभने अलिकति फरक हुन्छ।बस तथा कार गुड्ने बाटोमा त्यस्ता साधन गुड्न पाउँदैनन। अनि मोटर नजोडिएका साधारण रिक्साहरूभने पैचिङको थिआन मन स्क्वायरको आसपासमा प्रशस्त मात्रामा पाइने गरेको छ। यस्ता रिक्साको भाडा पनि बार्गेनिङबाट नै चल्ने गरेको पाइन्छ। त्यस स्थानमा चिनियाँ रिटायर मानिसहरूले बढी चलाएको देखिन्छ। हरेक दिनको बिहान र बेलुकीपख त्यस्ता साधनहरू प्रशस्तै पाइने गर्दछन्।
मैले आज खुल्ला रिक्सामा मोटर जोडेर चलाइने साधनहरू खासगरेर पसलहरूका लागि सामान आवत जावत गर्नका लागि प्रयोग हुने कुरा बताएँ। यस्ता साधनहरू पसलवालाले व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि बनाएको देखिन्छ। रिक्सामा मोटर जोडेर मात्र यस्ता साधन तयार गरिँदैनन, व्याट्री जोडेर पनि ती साधनहरू यत्रतत्र दौडिरहेको देख्न पाइन्छ पैचिङमा।यस्तै रिक्सालाई अलिकति आधुनिकीकरण गरेर पनि पैचिङमा चलाएको देख्न पाइन्छ। ती तीन पाङ्ग्रे साधनमा भने स्वयम मोटरवाइक नै प्रयोग गरेको देखिन्छ।खासगरेर मोटरवाइक नै प्रयोग गरेर बनाइएका यस्ता तीनपाङ्गे साधनलाई चिनियाँ भाषामा मोटी भनिन्छ। यस्ता साधनहरू आकारमा साना हुन्छन्। ती साधनमा दुईजनासम्म मात्र बसेर यात्रा गर्न सक्छन्। भूमिगत रेलवे स्टेशनको बाहिरपट्टि यस्ता साधनहरू प्रशस्त पाइन्छन्। तपाईँ भूमीगत रेलबाट उत्रँदै हुनुहुन्छ भने यसो हेर्नुहोस् छेउमै यस्ता मोटीहरू पाइने गर्दछन्। तपाईँलाई मोटीका ड्राइभरले मोटी चाहिने हो कि भनेर सोध्छन्। यो ठाउँसम्म जाने हो भनेर कुरा गरेपछि त्यहाँ भाडाको कुरा पनि निस्कन्छ।भाडामा निकै नै बार्गेनिङ चल्ने हुन्छ।दुबै तर्फबाट कुरा मिलेपछि ड्राइभरले मोटी चलाएर तपाईँलाई तुरुन्तै तपाईँको घरको तलसम्म पुर्याइदिन्छन्। यस्ता सवारी गुड्नका लागि ती साधनहरूले मानिस हिँड्ने पेटी पनि प्रयोग गरेका देखिन्छन्। मैले अनुभव गरेसम्म त्यस्ता साधनहरुको भाडा पाँच चिनियाँ युआनबाट सुरु हुन्छ। त्यसपछि दूरी बढ्दै गएपछि भाडा पनि बढ्दैजान्छ।अलिकति बढी दूरीको यात्रा गर्ने हो भने तीन किलोमीटरसम्मका लागि बीस चिनियाँ युआन र त्यसपछि प्रतिकिलोमीटर पाँच चिनियाँ युआनका दरले भाडा बढाउँदै लगेको देखिन्छ। यस्ता मोटीहरू चढेर फाइदाचाहिँ के हुन्छ भने ती साधनहरू साँघुरा गल्लीमा पनि सजिलै छिर्न र चल्न सक्दछन् अनि त्यसको साथसाथै ती साधनहरू निकै चाँडो आफूले भनेको स्थानमा पुर्याइदिन्छन्। मैले देखेसम्म त्यस्ता मोटी चलाउने ड्राइभरहरू अलिकति अधबैँसे भइसकेका पुरुष तथा महिलाहरू रहेका छन् पैचिङमा।
|