
न्यु च्याङ्ग नदी चीनको दक्षिण पश्चिमी क्षेत्र भएर बग्ने एउटा ठूलो नदी हो। त्यो नदी बगेका क्षेत्रहरुमध्येको युन नान प्रान्त चीनका अल्पसंख्यक जाति बसोबास गर्ने मुख्य क्षेत्र हो।
यस गीत लि सु जातिका नर नारीले आफ्नो जातीय भाषामा गाएको एउटा लोक गीत हो। लि सु जातिको जन्मथलो युन नान प्रान्तको उत्तर पश्चिमी क्षेत्रमा पर्ने न्यु च्याङ्ग प्रिफेक्चर हो। लि सु जाति र हान जातिबाहेक, त्यस प्रिफेक्चरमा न्यु, तु लोङ्ग, फु मि, यी, तिब्बती र ताई आदि अल्पसंख्यक जातिहरु पनि बसोबास गर्दछन्। त्यहाँका अल्पसंख्यक जातिको जनसंख्याले त्यस क्षेत्रको कूल जनसंख्याको नब्बे प्रतिशतभन्दा बढी स्थान ओगटेको छ।

न्यु च्याङ्ग प्रिफेक्चरको कूल क्षेत्रफल लगभग चौध हजार वर्गकिलोमिटर छ। उक्त प्रिफेक्चर युन नान प्रान्तको उत्तरी र दक्षिणी भागलाई विभाजित गरिने उपत्यका पनि हो। त्यस प्रिफेक्चरको भौगोलिक स्थितिलाई हेर्ने हो भने उत्तरी भाग केही अग्लो र दक्षिणी भाग अलि होचो छ। समस्त उपत्यकामा ठूल्ठूला पहाडहरु रहनुका साथै ठूलाठूला नदीहरु बगिरहेका छन्। ती ठूला नदीहरुमध्ये न्यु च्याङ्ग नदी, लान छाङ्ग च्याङ्ग नदी र तु लोङ्ग च्याङ्ग नदी सबभन्दा प्रसिद्ध छन्। भौगोलिक स्थितिको दृष्टिकोणबाट हेर्दा न्यु च्याङ्ग प्रिफेक्चर अलि टाढा भएकाले त्यहाँ पुगेर अवलोकन गर्ने पर्यटकहरुको संख्या अरु पर्यटकीय स्थलको तुलनामा केही कम छ। तैपनि त्यहाँको दृश्य झन् विशेषतायुक्त र प्राकृतिक छ भन्न सकिन्छ। स्थानीय बासिन्दा छन च्युनले आफ्नो जन्मथलोबारे जानकारी दिँदै भन्छन्: मेरो जन्मथलो ज्यादै रमणीय छ। यहाँका जनता निकै मायालु र सौहार्द्र छन्। के भन्नसकिन्छ भने भगवानद्बारा कुँदिएको जस्तै यहाँको दृश्य ज्यादै प्राकृतिक र कुशल देखिन्छ।
न्यु च्याङ्ग प्रिफेक्चरको पर्यटन ब्यूरोमा कार्यरत् श्री चाउ वन शङ्ग यसरी भन्नुहुन्छ: मेरो विचारमा, समस्त न्यु च्याङ्ग भन्ज्याङ्ग लामो इतिहास र गहिरो संस्कृति बोकेको एउटा प्राकृतिक किताब जस्तै छ। विभिन्न दृष्टिबाट हेर्दा भिन्नाभिन्नै किसिमका अनुभव लिनसक्छ।

न्यु च्याङ्ग बिशाल भन्ज्याङ्गमा "ढुङ्गे चन्द्रमा"भन्ने पर्यटकीय स्थल सबैभन्दा विशेषतायुक्त र आकर्षित देखिन्छ। किन त्यसलाई ढुङ्गे चन्द्रमा भनिन्छ त?कालो रङ्गका ठूल्ठूला पहाडहरुमाझ एउटा ठूलो प्वाल छ। टाढाबाट हेर्दा त्यस प्वाल एउटा चन्द्रमा जस्तै पहाडहरुमाझ झुण्डिएकोजस्तो देखिन्छ। त्यो ज्यादै रोचक र अनौठो देखिन्छ। त्यस ढुङ्गे चन्द्रमाको बारेमा अर्को कथा पनि छ। गत शताव्दीको तीसको दशक अर्थात् जापानविरुद्धको युद्धताका अमेरिकी प्रसिद्ध जनरल सि.एल.चेन्नाल्टको नेतृत्वमा रहेका विमान चालकहरुले भूमिगत नक्शा नरहेको खण्डमा उक्त ढुङ्गे चन्द्रमा भन्ने विशेषतायुक्त भौगोलिक दृश्यलाई दिशा निर्देश गरिने महत्वपूर्ण चिन्हको रुपमा लिएका थिए। त्यस्तो विशेष र गहिरो अर्थ रहेको चीन तथा अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध भएकाले ढुङ्गे चन्द्रमा झन् विशेषतायुक्त र प्रख्यात बनेको छ।
|