पहिले-पहिले चीनमा एउटा प्रान्त थियो । त्यो प्रान्तको नाम वै भन्ने थियो। त्यो प्रान्तका जनता निकै प्रिय आधुनिक र मजाका थिए। आफ्नो प्रान्तका जनता निकै टाठाबाठा रहेकोमा त्यस प्रान्तका राजा पनि निकै खुसी थिए। त्यस प्रान्तमा हरेक मानिस वास्तवमै धनी सहनशील र केही नयाँ काम गर्न खोज्ने प्रकारका थिए।

सबैजना सुखी र समृद्ध रहेका थिए। त्यो प्रान्तमा धेरै मात्रामा कलकारखाना र उद्योगधन्दा चलेका थिए। त्यो प्रान्तमा कुनै पनि बेरोजगारी भन्ने नै थिएन। उद्योगधन्दाहरूबाट प्रान्तले प्रशस्त लाभ लिने गरेको थियो। जनताले लाएर र खाएर बँचेको रुपैयाँ पैसा प्रान्तको ढुकुटीमा जम्मा हुने गर्दथ्यो। पवै कुनै दिन जनतालाई दुःख परेमा त्यो धन-सम्पत्ति काम दिने हुनाले राजाले पनि त्यसलाई सम्हालेर राखेका थिए। राजादेखि जनता पनि खुसी थिए अनि जनतालाई पनि राजाले आफ्ना छोराछोरीलाईजस्तै माया ममता दिएर राखेका थिए।

यो कथाको सन्दर्भ पनि त्यही वै राज्यको हो। त्यहाँका मानिसहरू निकै दयालु थिए। ती मानिसहरू अन्य प्रान्तको भन्दा बढी दयालु हुनुको कारण के हो भने उनीहरू भगवानको प्रार्थना बढी नै गर्ने गर्दथे। त्यसैले उनीहरू बढी नै संयम पनि थिए। उनीहरूको संयम देखेर प्रान्तका राजामात्र खुसी थिएनन् बरू संसारकै मानिसहरू त्यस वै राज्यका जनताप्रति नतमस्तक थिए। हरेक राज्यमा हरेक ठाउँमा विविध विचार भएका मानिसहरू त अवश्य नै हुन्छन् नै। त्यहीअनुसार त्यस वै राज्य वा प्रान्तमा पनि श्रीमान् श्रीमती बस्थे। ती जोडी वास्तव मै परेवाका भालेपोथीजस्तै गरेर मिलेर बसेका थिए। अन्य मानिसहरू झैँ त्यो जोडी पनि निकै धार्मिक प्रकारको थियो। उनीहरू हरेक दिन जप तप र ध्यान प्रार्थना गर्ने गर्दथे।
एकदिनको कुरा हो श्रीमान् यो लोङ र श्रीमती कुई ध्यान गरिरहेका थिए। श्रीमानले भने" हे भगवान, मलाई काम गर्न धेरै अल्छी लाग्छ, मलाई काम नगरिकनै धेरै पैसा देऊ । "

यो कुरा सुनेर श्रीमती कुईले भन्न थालिन्-" हे भगवान काम नै नगरिकन धेरै पैसा नदेऊ किनकि धेरै पैसा भयो भने मेरो श्रीमान् यो लोङले कान्छी श्रीमती ल्याउनेछन्। अनि मेरो के हालत हुन्छ । " यो कुरा सुनेर यो लोङ अचम्ममा परे।
|