china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्राकृतिक इतिहास बोकेको पैचिङ संग्रहालय
    (GMT+08:00) 2009-08-03 17:26:26    

          पैचिङ विशाल देश चीनको राजधानी हो। मनोरञ्जनका लागि यस स्थानमा धेरै नै रमाइला पार्कहरू जहाँ बसेर दिनभरिका थकाइहरू मेटाउन सकिन्छ त्यस्ता पार्कहरू प्रशस्त नै रहेका छन्। आज म चीनको पैचिङको मध्य भागतिर पर्ने र थेनथान चोक नजिकै पर्ने पैचिङ प्राकृतिक संग्रहालयबारे मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु।

          चीनको पैचिङमा रहेको प्राकृतिक इतिहास बोकेको एउटा महत्वपूर्ण संग्रहालयले चीनको संस्कृति चीनको इतिहास तथा चीनको प्रकृति गरी तीनवटै पक्षलाई समेटेको देखिन्छ।यो पैचिङको थेन थान पार्कको पूर्वी गेटको नजिकै रहेको छ।थेन थान पैचिङको एक महत्वपूर्ण स्थान रहिआएको पाइन्छ।थेन थान अन्य नामभन्दा पनि चिनियाँ नामबाट नै बढी प्रशिद्ध रहेको छ।थेनथानलाई नेपालीकरण गरेर हेर्ने हो भने स्वर्गको दरवार भन्ने अर्थ लाग्छ।थेन थानमा सहकालका देवताको पूजाआजा गर्ने परम्परा धेरै पहिलेदेखि नै आएको पाइन्छ।त्यहो थेन थान वा स्वर्गको दरबारको पूर्वी ढोकानजिकै रहेको पैचिङ संग्रहालय पनि चीनको एक प्राकृतिक तथा ऐतिहासिक सम्पत्ति हो भन्न सकिन्छ।पैचिङको मुटु मै रहेको यो संग्रहालयको स्थापनाको सुरुआत सन् 1951 बाट नै भएको हो भन्ने त्यहाँका लिखित् सामग्रीहरूबाट थाहा पाउँन सकिन्छ।

          तर यस संग्रहालयलाई ‌औपचारिक रुपमा प्राकृतिक संग्रहालय भनी नामकरण गरेको चाहिँ सन् 1962 देखि हो भनेर त्यहाँ जानकारी गराइएको पाइन्छ।नयाँ चीनको स्थापनासँगसँगै यो संग्रहालयको रेखदेख पनि राम्रोसँग हुँदै आएको हो भन्न सकिन्छ।त्यस संग्रहालयमा गएर संबन्धित् पक्षसँग जिज्ञासा राख्दा त्यस संग्रहालयले मूलतः तीन प्रकारका कर्तव्यहरू निर्वाह गर्दै आएको पाइन्छ।बताइएअनुसार पहिलो कर्तव्य भनेको विभिन्न प्राकृतिक वस्तुहरूको नमुना सङ्कलन गर्नु हो।दोस्रो कर्तव्यका रुपमा शैक्षिक अनसन्धान गर्नु रहेको छ। त्यसैगरी तेस्रो कर्तव्य वा कार्यका रुपमा जीवविज्ञानका विविध पाटाहरूमा त्यहाँका सङ्कलनहरूलाई व्यवस्थित् पार्नु हो ।

          उदाहरणका लागि हामी भन्न सक्छौँ कि त्यहाँ सङ्कलन भएका विविध नमुनाहरूलाई प्राणीशास्त्र,वनस्पतिशास्त्र मानवशास्त्र आदि भागमा वर्गीकरण गर्नु हो भन्न सकिन्छ।यसरी आफ्ना तीनवटा मूल कर्तव्यलाई आफ्नो कार्यभारका रुपमा लिएको यस संग्रहालयले आज आफ्नो कार्यक्षेत्रमा धेरै प्रगति हासिल गरेको पाइन्छ।आज यसले हजारौँ प्रकारका विविध सामग्रीहरू सङ्कलन गर्न सक्षम भएको छ त्यसैगरेर यस संग्रहालयले गर्ने खोज तथा अनुसन्धान बलियो उचित् र व्यापक रहेको छ।चीनमा रहेका विभिन्न अन्य संग्रहालयभन्दा व्यापक र व्यवस्थित संस्थाको रुपमा यो संग्रहालय उभिएको पाइन्छ।यस संग्रहालयले गरेको खोज तथा अनुसन्धान उच्चस्तरीय रहेको पाइन्छ।साथै यस संग्रहालयले सङ्कलन गरेका विविध प्रकारका वस्तुहरूको प्रदर्शनी पनि व्यापक तथा ठूलो पैमानाको रहेको छ।पैचिङस्थित् थेनथानको नजिकै रहेको यो संग्रहालय चौबीस हजार वर्गमीटरको क्षेत्रफलमा ढाकिएको छ।प्रदर्शनी कक्षमात्र हेर्ने हो भने नै आठ हजार वर्गमीटरको क्षेत्रफलमा रहेको देखिन्छ।

          त्यसै गरेर हालसम्म ऐतिहासिक तथा प्राकृतिक गरेर दुई लाख प्रकारका वस्तुहरु सङ्कलन गरिएको छ त्यहाँ।प्राकृतिक रुपमा रहेका वस्तुहरूलाई पनि पनि विभिन्न उपवर्गमा बाँडिएको छ।उदाहरणका लागि भन्ने हो भने चराचुरूङ्गीको अध्ययन वा अर्नीथोलोजी,त्यस्तै गरेर स्तनधारी जीवजन्तु वा म्यामल अनि ढाड नभएका पाणीहरू वा इन्भर्टीब्रेट आदिका सङ्कलनहरू रहेका छन्।चीन देश जैविक विविधताले भरिएको देश मानिन्छ।यसरी हेर्दा यहाँ अत्यन्त धेरै प्रकारका जीवजन्तु र वनस्पति विशेष पाउन संभव छ यहाँ।त्यसैले यस संग्रहालयले हाल चीन देशभरिका प्राय देशभरि पाइने सबै नै जीवजन्तुहरूको नमुना सङ्कलन गरेर राखेको छ।

          ती सबै सङ्कलनहरूलाई पूर्ण वैज्ञानिक तवरले अध्ययन खोज र अनुसन्धान गर्ने गरिएको छ। यसरी यस संग्रहालयले अत्यन्तै वैज्ञानिक र व्यवस्थित तवरले नमुना सङ्कलन, प्रदर्शन तथा अनुसन्धान गरेको छ। यो प्राकृतिक तथा ऐतिहासिक संग्रहालय सन् 1979 देखि चिनियाँ प्राकृतिक तथा वैज्ञानक संघसमेतमा गाभिएको छ। यसरी गाभिएर यस संग्रहालयले आफ्नो क्षेत्रमा ठूलो भूमिका खेलेको पाइन्छ। साथै यस संस्थाले 1980 बाट आफ्ना विषयहरू समावेश गरेर पुस्तकसमेत प्रकाशन गर्न थालेको पाइन्छ। यो संग्रहालय हरेक हप्ताको सोमबार बन्द हुने गर्दछ।अन्य दिनमा भने हरेक बिहान नौबजे त्यो स्थान खुल्छ अनि बेलुकी पाँचबजे बन्द हुनेगर्छ। त्यहाँसम्म पुग्न पाँच नंबर लाइनको भूमीगत रेल चढेर जान पनि सकिन्छ। साथै 826 7 707 105 751 नंबरका सार्बजनिक बस चढेर थियान छ्याओमा ओर्लेर पनि त्यहाँ पुग्न सकिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040