china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बिशाल न्यु च्याङ्ग भन्ज्याङ्गको अवलोकनसम्बन्धी दोस्रो भाग
    (GMT+08:00) 2009-08-04 15:33:01    

              न्यु च्याङ्ग प्रिफेक्चरको कूल क्षेत्रफल लगभग चौध हजार वर्गकिलोमिटर छ। उक्त प्रिफेक्चर युन नान प्रान्तको उत्तरी र दक्षिणी भागलाई विभाजित गरिने उपत्यका पनि हो। त्यस प्रिफेक्चरको भौगोलिक स्थितिलाई हेर्ने हो भने उत्तरी भाग केही अग्लो र दक्षिणी भाग अलि होचो छ। समस्त उपत्यकामा ठूल्ठूला पहाडहरु रहनुका साथै ठूलाठूला नदीहरु बगिरहेका छन्। ती ठूला नदीहरुमध्ये न्यु च्याङ्ग नदी, लान छाङ्ग च्याङ्ग नदी र तु लोङ्ग च्याङ्ग नदी सबभन्दा प्रसिद्ध छन्।

               न्यु च्याङ्ग नदीको कूल लम्बाई तीन हजार दुई सय किलोमिटरभन्दा बढी छ। जुन थाङ्ग कु ला पहाडको दक्षिणी फेदीबाट शुरु भई तिब्बत स्वायत्त प्रदेश र युन नान प्रान्त हुँदै म्यान्मारमा निस्केको छ। अन्त्यमा त्यो नदी हिन्द महासागरको बंगालको खाडीमा पुग्छ। न्यु च्याङ्ग भन्ज्याङ्गमा बगिरहेको पानी सामान्य रुपमा शान्त छ।

              तर "उफ्रने बाघ"भन्ने पर्यटकीय स्थलको ठाउँमा नदी बग्ने गति आकस्मिक रुपमा शीघ्र बनेर नदीको लहर पनि उँभो उठ्ने हुन्छ। त्यस ठाउँ छेउ पुग्ने बित्तिकै नदीमा उठेको अग्लो छाल र उफ्रिरहेको बाघ जस्तै शीघ्र गतिले बगिरहेको नदीले पर्यटकलाई गहिरो छाप पारेको छ।

                "उफ्रने बाघ"भन्ने पर्यटकीय स्थलका बारेमा एउटा सुन्दर किम्बदन्ती पनि रहेको छ। धेरै वर्षअघि एउटा भूतले कुचेष्टा गरी एक राजकुमारलाई एउटा बाघ बनाएको थियो। तर बाघरुपी राजकुमारले आफ्नी सुन्दरी केटी साथीलाई निकै सम्झेको थियो। केटी साथीसँग भेट्ने अवसर खोज्नका लागि बाघ सुरक्षाको वास्ता नगरी केटी बसेको ठाउँ अर्थात् नदीको छेउमा उफ्रेको थियो।

                बाघको त्यस्तो गहिरो भावनाले भगवानलाई निकै प्रभावित पारेको थियो।पछि भगवानले बाघलाई राजकुमारको रुपमा पुन:परिवर्तन गरे । त्यसपछि सुन्दर राजकुमार र सुन्दरी केटीले सुखमय जीवन बिताएका थिए।

               पहिले पहाड ज्यादै अग्लो र पानी बग्ने गति निकै शिघ्र भएकाले न्यु च्याङ्ग नदीका दुवै किनारामा पुल थिएन। एउटा फलामे डोरीद्बारा मात्रै नदीका दुवै किनाराबीच आवत जावत हुने गर्दथ्यो। हालआएर न्यु च्याङ्ग नदीका दुवै किनारा बीचका पूलहरु बढी भए तापनि फलामे डोरीमार्फत नदीका दुवै किनाराबीच आवत जावत गर्ने साधन अझ बाँकी नै छ।

                बितेका तीन/चार वर्षयता स्थानीय बासिन्दाहरुले फलामे डोरीका सहायताले नदीका दुवै किनाराबीच आवत जावत हुने तरिकालाई एक किसिमको आधुनिक पर्यटन कार्यक्रम बनाएका छन्। पर्यटकको रुचि छ भने स्थानीय बासिन्दाको निर्देशनअनुसार आफैँद्बारा फलामे डोरीमार्फत नदीका दुवै किनाराबीच आवत जावत गर्न कोशिष गर्नसक्छन्। त्यस अनौठो कार्यक्रमले देश र विदेशका झन् झन् बढी पर्यटकलाई आकर्षण गर्दैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040