china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बिशाल न्यु च्याङ्ग भन्ज्याङ्गको अवलोकनसम्बन्धी तेस्रो भाग
    (GMT+08:00) 2009-08-11 10:58:31    

                न्यु च्याङ्ग नदी चीनको दक्षिण पश्चिमी क्षेत्र भएर बग्ने एउटा ठूलो नदी हो। न्यु च्याङ्ग प्रिफेक्चरको कूल क्षेत्रफल लगभग चौध हजार वर्गकिलोमिटर छ। त्यस प्रिफेक्चर युन नान प्रान्तको उत्तरी र दक्षिणी भागलाई विभाजन गर्ने भन्ज्याङ्ग पनि हो। त्यस प्रिफेक्चरको भौगोलिक स्थिति उत्तरमा अग्लो छ भने दक्षिणी भाग अलि होचो छ। समस्त भन्ज्याङ्गमा ठूल्ठूला पहाडहरु रहनुका साथै ठूलाठूला नदीहरु बगिरहेका छन्। ती ठूला नदीहरुमध्ये न्यु च्याङ्ग नदी सबैभन्दा प्रसिद्ध छ।

               पहिले पहाड ज्यादै अग्लो र पानी बग्ने गति निकै शिघ्र भएकाले न्यु च्याङ्ग नदीका दुवै किनारामा पुल थिएन। एउटा फलामे डोरीद्बारा मात्रै नदीका दुवै किनाराबीच आवत जावत हुने बाटो जोडिएको थियो। बितेका तीन/चार वर्षयता स्थानीय बासिन्दाहरुले फलामे डोरीमार्फत नदीका दुवै किनाराबीच आवत जावत हुने तरिकालाई एक किसिमको आधुनिक पर्यटन कार्यक्रम बनाएका छन्। पर्यटकको रुचि छ भने स्थानीय बासिन्दाको निर्देशनअनुसार आफैँद्बाराफलामे डोरीमार्फत नदीका दुवै किनारा बीच आवत जावत गर्न कोशिश गर्नसक्छ। त्यस अनौठो कार्यक्रमलाई देश र विदेशका झन् झन् बढी पर्यटकलाई आकर्षण गर्दैआएको छ। पैचिङ्गबाट आएकी पर्यटक श्रीमती लिउले हर्षोल्लासका साथ भन्छिन्:

                सुरुमा मलाई अलिकति डर लागेको थियो। तर दश मिटरभन्दा लामो दूरी भएपछि मेरो चिन्ता हरायो। त्यस्तो रोचक गतिबिधिले मलाई ज्यादै गहिरो छाप पारेको छ। त्यो कुरा मेरो यस पटकको न्यु च्याङ्ग भन्ज्याङ्ग यात्राको सबैभन्दा मीठो सम्झना पनि हो।

                 न्यु च्याङ्ग प्रिफेक्चर घुम्दा पर्यटकहरु न्यु च्याङ्ग नदीकिनारको जताततै हेर्न सक्छन्। न्यु च्याङ्ग नदीको शिरानमा प्रवेश भएपछि नदी बग्ने दिशामा आकस्मिक परिवर्तन देखा परेको देखिन्छ। बगिरहेको नदी उत्तरी भागबाट पिङ्ग चोङ्ग लो गाउँ पुगेको छ। अनि पिङ्ग चोङ्ग लो गाउँको दक्षिणी भागबाट निस्केर ता ला गाउँमा पुग्छ। त्यस क्रममा नदीलाई धेरै स्थानमा ठूला ढुङ्गाहरुले रोकेकाले भन्ज्याङ्गमा आधा गोलो आकारको एउटा ठूलो खाडी बनेको छ। त्यस खाडीलाई "न्यु च्याङ्गको प्रथम खाडी"भनिन्छ। प्रत्येक वर्ष ग्रीष्म र शरद् ऋतुमा न्यु च्याङ्ग नदी धुमधामसँग बगिरहेकाले ज्यादै बिशाल देखिन्छ। तर हिउँद र बसन्त ऋतुमा न्यु च्याङ्ग नदी शान्त भएकाले टाढाबाट हेर्दा निकै नीलो र स्वच्छ देखिन्छ। न्यु च्याङ्ग भन्ज्याङ्गको पर्यटकीय स्थलका कर्मचारी श्री लि वान लिनले हामीलाई जानकारी दिंदै भन्नुभयो:

                 न्यु च्याङ्ग नदीको प्रथम खाडीमा एउटा टापु छ। त्यस टापुमा गाउँ र जग्गा पनि छन्। हरेक बिहान विशेषत: हिउँद ऋतुको सबेरै त्यहाँका गाउँ र जग्गालाई गहिरो कोइरो ढाकेकाले स्पष्टसँग देख्न पाइन्दैन। तर ज्यादै मनोरञ्जनात्मक देखिन्छ।

               न्यु च्याङ्ग नदीको सबभन्दा उत्तरी भागमा नदीका दुई किनारामा रहेका काउ लि कोङ्ग शान पहाड र पि लो हिमाली पहाड दुवै नै घनिष्टसँग जोडिएको छ। ती दुई पहाड जोडिने ठाउँमा पाँच सय मिटरभन्दा अग्लो र लगभग दुई सय मिटर चौडा एउटा बिशाल ढुङ्गे द्बार बनेको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040