अगष्ट महिनाको एक तारिख चिनियाँ मुक्ति सेनाको स्थापना दिवस हो। यसअघिका कार्यक्रममा मैले तपाईंहरुलाई माया, मित्रतासम्बन्धि मिठा मिठा गीतहरु प्रसारण गर्दै आएको थिए तर आज मुक्ति सेना स्थापना दिवसको उपलक्षमा मैले केही सैनिक सम्बन्धी गीत प्रसारण गर्ने छु ।

चीनमा सैनिक सम्बन्धी अधिकांश गीतहरु सजिलो हुनुका साथै ती गीतका विषय मात्रृभूमिका लागि आफ्नो योगदान दिने कुरा रहेका छन्।
यस पटकको संगीत कार्यक्रममा मैले यस्तो एउटा गीतको वारेमा जानकारी दिन गै रहेको छु जुन गीतको शिर्षक एकदमै रमाइलो छ। "एक, दुई, तीन, चार"।
यी चार अंक चिनियाँ सैनिकले सैन्य अभ्यास गर्दै सधैं भन्ने नारा हो। यस नारा र गीत बीचको केही सम्बन्ध छ? अब यो "एक, दुई, तीन, चार" नामक गीत सुन्नुहोस है त

एक, दुई, तीन, चार
एक, दुई, तीन, चार
गीत जस्तै छ।
हरियो सेनाले मलाई सिकाएको हो।
यो गीत गाउँदा पहाड पनि हल्लिन्छ।
यो गीत गाउँदा जल पनि खुशी हुन्छ।
एक त एक
एउटा बन्दुक मेरो हातमा छ।
दुई त दुई
सबै मात्रृभूमिका लागि हो।
यो भन्दा केही बढी कुरा नभन्ने छ।
तीन त तीन
तीन किसिमका सेना अर्थात स्थल सेना, वायु सेना र नौ सेनालाई थकाइ लागेता पनि खुशी लाग्छ।
चार त चार
चौतर्फी क्षेत्रमा मेरो घर हो।
कहाँ कमी छू म ।
कहाँ काही एक, दुई, तीन, चार
यो सैनिकको गीत छ।
एक, दुई, तीन, चार

एक, दुई, तीन, चार
गीत जस्तै छ।
यता गाएपछि उता गाउँछ।
आकाश र भूमिका लागि गाउँछ।
आमा र मात्रूभृमिका लागि गाउँछ।
एक त एक
एउटा सडक कति विस्तार छ।
दुई त दुई
यस गीत गाउँदा बसन्त ऋतुमा रहेको जस्तै छ।
तीन त तीन
यस गीत गाउँदा सबै पहाडको शिखरमा म पुग्ने छु।
चार त चार
चौतर्फी क्षेत्रमा मेरो घर हो।
कहाँ काही म छु।
कहाँ काही एक, दुई, तीन, चार
यो सैनिकको गीत छ।
एक, दुई, तीन, चार
|