china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल जाँदाको मेरो याद2
    (GMT+08:00) 2009-08-17 19:01:47    
          बेलाबेलामा हावाको दबाबले जहाज केही हल्लिएकोजस्तो अनुभव हुन्थ्यो अन्य समयमा घरभित्रै बसेजस्तै नै हो यो यात्रा। क्वाङ चौसम्म करिब तीन घण्टा पन्ध्र मिनेटको यात्रापछि पुगिने स्थान भएको कुरा कम्प्युटरमा हेरेर थाहा हुन्थ्यो। करिब एक बजेर पन्ध्र मिनेटजति जाँदा होस्टहरूले जुसहरू लिएर आए। जुस पिएलगत्तै नै लन्च खुवाउने तयारी गरेको देखियो। निकै नै तातो खाना सागसब्जी अनि सि फुड साथमा तातो चिकन करी दिए। त्यो खाएपछि पुनः जुसहरू दिए। एक प्रकारले भन्ने हो भने भोकाएको समय परेको हुनाले खाना पनि निकै नै खाइएछ। अब कताकता अलिअलि निद्राको महसुस भएको थियो। यसो निदाउन त खोज्ने फेरि घर कतिखेर पुगिएला भन्ने प्रतीक्षा अनि जहाज यसो हल्लँदा कताकता मौनता भङ्ग हुन्थ्यो।

          फेरि सपनाको सागरमा डुब्न पुगिन्थ्यो अनि आफू एक्लै भएको हुनाले आफ्ना सामानहरू सकुशल रहेनरहेको कुराले पनि त्यत्तिकै पिरोल्थ्यो। यति हुँदाहुँदै मिनेट मिनेटको पर्खाइपछि घडीले तीन बजाएको सङ्केत गरेको थियो। अब हाम्रो जहाजले आफ्नो गतिलाई निकै नै सीमित पारेको अनुभव भएको थियो। हाम्रो प्रतीक्षाको घडी सकिने अवस्था भएको थियो। हाम्रो जहाज क्वाङ चौ उपत्यकामा प्रवेश गरिसकेको थियो। लाग्यो कति व्यवस्थित सहर कति ठूलो र चम्किलो शहर अनि कति मनमोहक सहर। त्यत्रो सहर कसरी निर्माण भयो होला त अनि मेरो देश नेपालमा किन सहर व्यबस्थित हुन सकेन त भनेर मेरा मनमा एक्कासी प्रश्नहरू छचल्किए। अनि म अवाक भएर रहेँ। मेरो प्रश्न सुनेर मेरो मन नै अनुत्तरित भएर आयो। यही प्रश्नोत्तरको डुबुल्कीमा परेकै समयमा हाम्रो जहाजका पाङ्ग्रा क्वाङ चौको विशाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भए।

          म चढेको जहाज अपरान्ह चारबजेको हाराहारीमा अवतरित भएको थियो। निकै ठूलो जहाज रहेको हुनाले धेरै यात्रुहरू बाहिर निस्कन निकै बेर लागेको थियो। म चाइना साउदर्नको अर्को जहाज चढेर काठमाण्डौतर्फ लाग्नु पर्ने थियो। म चाइना छाडेर नेपालतर्फ जानुपर्ने हुनाले इमिग्रेसन पनि क्लियर गर्नुपर्ने रहेछ। मैले त्यो क्षणमा मे देखेँ भनेँ इमिग्रेसन अफिसरको रुपमा धेरै नै चिनियाँ युवायुवतीहरू नियुक्ति गरिएको रहेछ। उनीहरूमा काम गर्ने जोस् र जाँगर नै अर्कै थियो। मैले सोचेँ कि चीन सरकारले युवावर्गलाई देशका त्यस्ता महत्वपूर्ण स्थानमा राखेको रहेछ। युवावर्ग नै देशका मुख्य खम्बाहरू हुन् भन्ने कुरालाई चीनले आत्मसात गरेको रहेछ भन्ने महसुस मैले निकै राम्रोसँग गरेको रहेछ किनकि इमिग्रेसन अफिसमा अफिसरहरू भनेका सयौँको सङ्ख्यामा हुन्छन्। इमिग्रेसनमा आवश्यक काम सकेपछि मैले काठमाण्डौ जानका लागि मसँग भएको टिकट आवश्यक काउन्टरमा गएर देखाएँ। पहिले सामान देखाउनुपर्ने कुरा काउन्टरमा बसेका सहयोगीले बताए। त्यहाँ पनि सामान बढी भएर बढी नै पैसा तिर्नुपर्ने अवस्था रहयो। खासगरेर कन्फ्युसियस कक्षाको इटहरी शाखाको उद्घाटन गर्ने मिति निकै नजिक आएको थियो। त्यसैले मेरो साथमा आठ केजी तौलको एउटा साइनबोर्ड पनि रहेको थियो। मैले त्यहाँ चीन सरकारको लक्ष्यअनुसार नै चिनियाँ भाषा कक्षा खोल्नका लागि त्यो बोर्ड तयार गरेको कुरा बताएँ। अफिसर मेरो कुराबाट प्रभावित त भए तर काठमाण्डौ उड्ने जहाज सानो भएको र धेरै सामान लिएर जान गाह्रो हुने कुरा बताए। त्यसपछि मैले सि आर आइ नेपाली सेवाका उपप्रमुख रबिलाई यी सबै कुरा बताएर समस्या परेको कुरा बताएँ। सम्बन्धित अधिकारीसँग रबिजीले कुरा गर्नुभयो। करिब पन्ध्र मिनेटसम्मको कुराकानीपछि अफिसरले मलाई सामानको बढी पैसा तिर्नुनपर्ने कुरा बताएर गेटबाट जानदिए। यति काम गरिसकेपछि म संबन्धित काउन्टरमा गएर बसेँ। मैले एकवर्षसम्म नेपालीहरूसँग त्यति भेट गर्न पाएको थिइँन तर क्वाङ चौको उक्त काउन्टरमा गएर हेर्दा त जताततै नेपाली नै नेपाली देखेँ। मलाई धेरै खुसी लाग्यो। त्यहाँबाट काठमाण्डौ जाने अधिकाँश यात्रुहरू नेपाली नै थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040