अगष्ट महिनाको एक तारिख चिनियाँ मुक्ति सेनाको स्थापना दिवस भएको कारणले यस महिना मैले तपाईंहरुका लागि अनेकौं सेना सम्बन्धि गीत प्रसारण गर्ने छु।

सबैलाई थाहा छ, सेनामा कम्तिमा तीन किसिमका सैनिक हरु छन्-स्थल सेना, वायु सेना र नौ सेना हुन्। यी तीन किसिमका सेनामध्ये मलाई नौ सेना सबैभन्दा मन पर्छ। किन कि उनीहरुको सैन्य लुगा सबैभन्दा सुन्दर छ।
यस पटकको कार्यक्रममा मैले नौ सेनासम्बन्धी गीतको जानकारी दिन्छु। यस गीतको नाम "नीलो आकाश र नीलो समुद्र" हो। कस्तो लाग्यो? यो शिर्षक सुनेर । अब यस बोलको गीत सुन्नुहोस-

आकाश नीलो छ र समुद्र नीलो छ।
लङ्गर उघारेर जहाज शुरु गरौं।
आकाश नीलो छ र समुद्र नीलो छ।
जहाज चलाउने पतवारलाई राम्ररी नियन्त्रित गर्नुका साथै
पंखा उघारौ।
कति ठूलो हावा-पानी भएता पनि पछि नहटने
कति धेरै ढुङ्गा- पानीको धार तीव्र हुने नदीको भाग भेटेता पनि
डर नलाग्ने

हामी ड्रेगन जस्तै बहादुर छौं।
हरेक वर्ष समुद्री लहरको घटबढ
हरेको वर्ष सुर्य उघासनु र चन्द्र झर्छ।
आकाश पनि नीलो छ
र समुद्र पनि नीलो छ।
नीलो आकाश र नीलो समुद्र
नीलो आकाश र नीलो समुद्र
यस गीत सुनेपछि तपाईंहरुलाई कस्तो लाग्यो? तपाईंको आँखाले फराकिलो नीलो आकाश र समुद्र देख्नसक्छ? नौ सेनाले कुनै कठिनाइ परेपनि पछि नहटने छाप छ कि छैन?
|