china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बिशाल न्यु च्याङ्ग भन्ज्याङ्गको अवलोकनसम्बन्धी चौथो भाग
    (GMT+08:00) 2009-08-18 19:10:12    

               न्यु च्याङ्ग नदीको सबभन्दा उत्तरी भागमा नदीका दुई किनारामा रहेका काउ लि कोङ्ग शान पहाड र पि लो हिमाली पहाड दुवै नै घनिष्टसँग जोडिएको छ। ती दुई पहाड जोडिने ठाउँमा पाँच सय मिटरभन्दा अग्लो र लगभग दुई सय मिटर चौडा एउटा बिशाल ढुङ्गे द्बार बनेको देखिन्छ।

              त्यसलाई प्रसद्धि ढुङ्गे द्बार नाका पनि भनिन्छ। स्थानीय बासिन्दाका विचारमा देवता भएपनि त्यस द्बारबाट प्रवेश गर्न निकै गाह्रो हुन्छ। यसबारे चर्चा गर्दै न्यु च्याङ्ग पर्यटकीय स्थलका कर्मचारी लि वान लिनले यसरी भन्नुभयो: ढुङ्गे द्बारा नाका ज्यादै शान्दार र बिशाल छ। टाढाबाट हेर्दा उक्त नाका एउटा ठूलो ढोका जस्तै देखिन्छ। त्यो नाका तिब्बत स्वायत्त प्रदेशभित्र प्रवेश हुनका लागि एउटा महत्वपूर्ण द्बार पनि हो।

                 न्यु च्याङ्ग प्रिफेक्चरमा रहेका रमणीय दृश्यहरु प्रायजसो पिङ्ग चोङ्ग लो गाउँमा रहेका छन्। त्यस गाउँलाई "मानिस र देवतासँगै बस्ने ठाउँ"भनिएको छ। वर्षभरि नै सेता हिमाली पहाडहरुका फेदीका किसानहरुका बराबर आकारका आबासभवनहरु ठडिएका छन्।

                 आबासभवन माझ फैलिएका साँघुरा जग्गाहरुमा पहेंलो र हरियो रङ्गका धान र गहुँहरु ज्यादै सुन्दर देखिन्छन्। पर्यटकहरु त्यहाँ गएर सामान्य दिनका थकाइलाई मेटाउनुका साथै शान्ति र सफा अनुभव पनि गर्नसक्छन्।

                 दश वर्षभन्दा लामो समयअघि चीनको क्वाङ्ग तुङ्ग प्रान्तका एकजना पर्यटकले उक्त पिङ्ग चोङ्ग लोको अवलोकन गरेका थिए। अवलोकन गर्ने क्रममा उनले तत्स्थानकी एउटी आइमाईकी घरमा बसेका थिए। फर्केपछि ती पर्यटकले इन्टरनेटमार्फत पिङ्ग चोङ्ग लोको रमणीय दृश्यबारे जानकारी दिनुका साथै स्थानीय बासिन्दाको मायालु र सौहार्दपूर्णताको पनि उच्च सराहना गरेका थिए।

               त्यसपछि त्यहाँको अवलोकन गर्ने देश र विदेशका पर्यटकहरुको संख्या झन् झन् बढ्दैआएको छ। हाल पिङ्ग चोङ्ग लो गाउँमा मलेशिया, जापान, जर्मनी, गणतन्त्र कोरिया, बेलायत, फ्रान्स र स्विट्ज्ल्याण्ड लगायतका दशभन्दा बढी मुलुकका पर्यटकहरुको स्वागत गरिएको छ।

              पर्यटकहरुको स्वागत गर्नका लागि तत्स्थानका अल्पसंख्यक जातिका नर-नारीहरुले आफूद्बारा बनाइएका मदिरा चढाउनुका साथै रमाइलोसँग लोक गीत गाउँछन्। उनीहरुले गीतमार्फत टाढाबाट आएका पाहुनाहरुसमक्ष आफ्नो दिलैदेखिको स्वागत व्यक्त गर्ने गर्दछन्।

                गीतको बोल यस्तो हुन्छ: न्यु च्याङ्गको अवलोकन गर्न तपाईंलाई हामी धेरै स्वागत गर्दछौं। तपाईंहरु न्यु च्याङ्ग आइपुग्दा हामीलाई एकदमै खुशी लागेको छ। हामीसँगसँगै नाचगान गरौंला! भविष्यमा समय मिल्यो भने फेरि हाम्रो सुन्दर न्यु च्याङ्ग आउनुहोस् है!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040