china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको पहिलो भाग
    (GMT+08:00) 2009-08-25 10:49:36    

                सन् 2010को विश्व एक्स्पोबारे चर्चा गर्दै सबैजनालाई थाहा छ होला, त्यस विश्व एकस्पो सन् 2010 चीनको शाङ्गहाई शहरमा आयोजना हुने भएको छ। सन् 1851यता विश्व एक्स्पो लगभग तीस मुलुकमा जम्मा एक सय चौब्बीस पटक गरी आयोजित भएका थिए। प्रत्येक विश्व एक्स्पोले विज्ञान र शिक्षा, संस्कृति, कला, वास्तु-शैली र जीवन आदि क्षेत्रमा युगको नयाँ विकासलाई अघि बढाउने गरेको छ। जसले गर्दा नयाँ चरणको शिक्षा, प्रतिस्पर्धा र प्रगतिलाई पनि घच्घच्याएको छ।

               सन् 2010चीनले शाङ्गहाईमा विश्व एक्स्पोको आयोजना गर्ने भएको छ। त्यस विश्व एक्स्पोको मुख्य नारा "शहरमार्फत जीवनलाई अझ सुमधुर बनाऔं!"भन्ने रहेको छ। हाल विश्वका विभिन्न क्षेत्रका जनताहरु त्यस विश्व एक्स्पोको प्रतिक्षामा पनि रहिरहेका छन्।

                शाङ्गहाई विश्व एक्स्पोको मुख्य स्थान शाङ्गहाई शहरको केन्द्रीय क्षेत्रको दक्षिणी भाग अर्थात् शाङ्गहाईका दुईवटा मुख्य ठूला पूल लु फु पूल तथा नान फु पूलको बीचमा अवस्थित छ। त्यस स्थानको कूल क्षेत्रफल पाँच दशमलब दुई आठ वर्गकिलोमिटर रहेको छ। त्यस कूल क्षेत्रफलमा तीन दशमलब दुई आठ वर्गकिलोमिटरको विश्व एक्स्पोका सम्पूर्ण प्रदर्शनी कक्ष, दुई वर्गकिलोमिटरको विश्व एक्स्पो गाउँ तथा अन्य आधारभूत प्रबन्धहरु पनि समावेश छन्। शाङ्गहाई विश्व एक्स्पो व्यूरोमा कार्यरत् प्रचार-प्रसार कर्मचारी सुश्री त्याउ फै छ्वैले हामीलाई जानकारी दिंदै भन्छिन्:  तीन दशमलब दुई आठ वर्गमिलोमिटरका प्रदर्शनी कक्षहरुमा विभिन्न क्षमताबमोजिम ए.बि.सि.डि.ई. पाँचवटा क्षेत्रमा विभाजित गरिएको छ। चिनियाँ हल तथा प्रदर्शनी केन्द्र मुख्य रहेको पूर्वी भागलाई ए.भाग मानिन्छ। त्यस क्षेत्रमा मुख्यगरी एशियाली मुलुकहरुका राष्ट्रिय हलहरु समावेश छन्। बि.भागमा केही स्थायी वास्तुहरु छन्। तीमध्ये विश्व एक्स्पोको धुरो, चिनियाँ हल, सांस्कृतिक कार्यक्रम देखाइने केन्द्र, विश्व एक्स्पो केन्द्र, मुख्य विषयक हल र महासागरीय मुलुका तथा अन्तर्राष्ट्रिय संगठनका विशेष हलहरु ज्यादै आकर्षित छन्।

                   सि.भागमा मुख्यतया यूरोप, अफ्रिका र ल्याटिन-अमेरिकाका मुलुकहरुका हलहरु छन्। डि.भाग अर्थात् पहिले दक्षिणी भागमा पर्ने जहाजको निर्माण कारखानाको थलो हो। यस पटकको विश्व एक्स्पोमा त्यस भागलाई विभिन्न देशका व्यवसाय प्रदर्शन गरिने मुख्य क्षेत्र बनाइन्छ।

                  ई.भाग चाहिं नमुना शहरको प्रदर्शन गरिने क्षेत्र हो। जुन शाङ्गहाई विश्व एक्स्पोको एउटा सिर्जना पनि हो। यस विश्व एक्स्पोको मुख्य विषयसँग अनुकुल गराउनका लागि हामीले सारा विश्वभरि केही नमुना शहरको छनौट गरी पर्यटकहरुसमक्ष देखाउने गरेका छौं।

                  शाङ्गहाई विश्व एक्स्पोका केही स्थायी वास्तु ज्यादै आकर्षित छन्। तीमध्ये विश्व एक्स्पोको धुरो, मुख्य विषयक हल, चिनियाँ हल, विश्व एक्स्पो केन्द्र र सांस्कृतिक कार्यक्रम देखाइने केन्द्र आदि समावेश छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040