धेरै पहिलेको कुरा हो। चीनमा एउटा प्रान्त थियो । त्यो प्रान्तको नाम छि भन्ने थियो। त्यो प्रान्तका मानिसहरू निकै आधुनिक र असल थिए। आफ्नो प्रान्तका जनता निकै बाठा रहेकोमा त्यस प्रान्तका राजा पनि निकै खुसी थिए। त्यस प्रान्तमा हरेक मानिस वास्तवमै धनी सहनशील र केही नयाँ काम गर्न खोज्ने प्रकारका थिए।

सबैजना सुखी र समृद्ध रहेका थिए। त्यो प्रान्तमा धेरै मात्रामा कलकारखाना र उद्योगधन्दा चलेका थिए। त्यो प्रान्तमा कुनै पनि बेरोजगारी भन्ने नै थिएन। उद्योगधन्दाहरूबाट प्रान्तले प्रशस्त लाभ लिने गरेको थियो। जनताले लाएर र खाएर बँचेको रुपैयाँ पैसा प्रान्तको ढुकुटीमा जम्मा हुने गर्दथ्यो। पछि कुनै दिन जनतालाई दुःख परेमा त्यो धन-सम्पत्ति काम दिने हुनाले राजाले पनि त्यसलाई सम्हालेर राखेका थिए। राजादेखि जनता पनि खुसी थिए अनि जनतालाई पनि राजाले आफ्ना छोराछोरीलाईजस्तै माया ममता दिएर राखेका थिए।

त्यस राज्यका केटाकेटी पनि निकै बाठा थिए। हरेक अघिल्लो पुस्ताका बालकहरु पुरानो पुस्ताका भन्दा निकै चलाख नै हुन्छन्। एकदिन यस्तो पनि दिन आयो कि स्वयम कन्फ्युसियसलाई पनि ती तेजिला केटाकेटीको प्रश्नको उत्तर दिन निकै कठिन परेको थियो।
केटकेटीले भने कि मध्यान्हमा सूर्य निकै नजिक हुन्छ तर बेलुकी हुँदै गएपछि त्यो टाढा हुन्छ। किन होला ? अनि अर्कोले थप्ने गर्दथ्यो कि बिहान सूर्य रातो र ठूलो हुन्छ अनि मध्यान्हमा यो सानो प्लेटजत्रोमात्र हुनेगर्छ। कन्फ्युसियस उत्तर दिन्थे हेर नानी हो टाढा रहँदा कुनैपनि वस्तु सानो देखिने र नजिकबाट ठूलो देखिनु त कुनै नौलो कुरा होइन नि। तर अर्कोले पैरि थप्यो कि बिहान किन सूर्य चिसव हुन्छ अनि दिउँसो किन तातो हुन्छ त? कन्फ्युसियसले भने हेर नानी हो नजिकमा रखेको बस्तुले बढी ताप फाल्दछ अनि टाढाको वस्तुले कम ताप मात्र फाल्दछ।

पुनः एक बालकले थप्यो कि त्यसो भए नजिकको वस्तुले धेरै ताप फाल्ने अनि टाढाकोले कम ताप फाल्ने रहेछ होइनत? यो सुनेर कन्फ्युसियस पनि अनुत्तरित भए। उनले त्यो बालकलाई बुझाउन सकेनन्। बालकहरूले कन्फ्युसियसलाई भर्खरै सिक्दै गरेको मानिस रहेछ भनेर उल्याए। कन्फ्युसियसले अचम्म माने।
|