
शाङ्गहाई विश्व एक्स्पोका केही स्थायी वास्तु ज्यादै आकर्षित छन्। तीमध्ये विश्व एक्स्पोको धुरो, मुख्य विषयक हल, चिनियाँ हल, विश्व एक्स्पो केन्द्र र सांस्कृतिक कार्यक्रम देखाइने केन्द्र आदि समावेश छन्।
चिनियाँ हलको आकार प्राचीन चीनको टोपी जस्तै छ। त्यसैले त्यस हललाई "पूर्वी भागको टोपी"भनिन्छ। त्यस हलको रङ्ग चीनको राजधानी पैचिङ्गस्थित कु कोङ्ग दरबारको रङ्ग अर्थात् इंटको रङ्ग बराबर हुन्छ। शाङ्गहाई विश्व एक्स्पो ब्यूरोअन्तर्गत परियोजना विभागका जिम्मेवार व्यक्ति श च फङ्गका अनुसार, चिनियाँ हलले "शहरमार्फत जीवनलाई अझ सुमधुर बनाइने"भन्ने मुख्य विषयसम्बन्धी चिनियाँ जनताको आफ्नो सम्झदारी प्रतिबिन्बित गर्ने गरेको छ। उहाँ यसरी भन्नुहुन्छ:
आफ्नो मुलुकमा विश्व एक्स्पोको आयोजना गर्नु एक मुलुकका लागि एउटा महत्वपूर्ण कुरा हो। साथै आफ्नो मुलुकको हलको प्रदर्शनमार्फत विश्व एक्स्पोको आयोजनासम्बन्धी जनताको सम्झदारीको अभिव्यक्त गर्नु पनि आवश्यक छ। चिनियाँ हलद्बारा शहरमार्फत जीवनलाई अझ सुमधुर बनाइनसक्ने इच्छा हामीले गर्ने गरेका छौं।
शाङ्गहाई विश्व एक्स्पोको मुख्य स्थान शाङ्गहाई शहरको केन्द्रीय क्षेत्रको दक्षिणी भाग अर्थात् शाङ्गहाईका दुईवटा मुख्य ठूला पूल लु फु पूल तथा नान फु पूलको बीचमा अवस्थित छ। त्यस स्थानको कूल क्षेत्रफल पाँच दशमलब दुई आठ वर्गकिलोमिटर रहेको छ। त्यस कूल क्षेत्रफलमा तीन दशमलब दुई आठ वर्गकिलोमिटरको विश्व एक्स्पोका सम्पूर्ण प्रदर्शनी कक्ष, दुई वर्गकिलोमिटरको विश्व एक्स्पो गाउँ तथा अन्य आधारभूत प्रबन्धहरु पनि समावेश छन्।
शाङ्गहाई विश्व एक्स्पो ब्यूरोअन्तर्गत सांस्कृतिक कार्यक्रम देखाइने विभागका प्रमुख चि लो दका अनुसार, चिनियाँ हलमा एउटा चोक छ। त्यस चोकमा एउटा विशेष चलचित्रको पनि प्रसारण गरिनेछ। उहाँ यसरी भन्नुहुन्छ:
प्रसारण गरिने चलचित्रमा मुख्यत: शहरीकरणबाट चीनलाई ल्याइएको चुनौतीको अभिव्यक्त गरिनुका साथै चीनले ती चुनौतीको कसरी सामना गर्ने विषयबारे जानकारी दिन्छ। त्यस चलचित्रबाट के विचार प्रमाणित छ भने आधुनिक शहरको निर्माण र विकास भन्ने रहेको छ। हाम्रो हलको डिजाइनमा पनि अधिकांश चिनियाँ तत्वहरु समावेश गरिएका छन्। त्यस हल एउटा पर्यटकीय स्थल भएको मात्र नभई आराम हुने वा शपिङ्ग गरिने केन्द्र पनि हो। पर्यटकहरु भविष्यसम्बन्धी आ-आफ्नो कल्पनालाई लिएर त्यस हलको अवलोकन गर्नु झन् रोचक हुन्छ होला!
विश्व एक्स्पोको धुरो भन्ने वास्तुलाई दुई तलामा विभाजित गरिएको छ। के भन्नसकिन्छ भने त्यहाँ वाणिज्य सेवा, रेस्टुराँ, मनोरञ्जन गर्ने केन्द्र र प्रदर्शनीसम्बन्धी सेवा आदि क्षमता सहित एउटा मिलिजुली वाणिज्य र यातायात समुदाय हो।
|