
म अब तपाईँलाई त्यो घाँसे मैदान देखाउँन लान्छु है
यस जीवनमा तपाईँ र मबीच असल सम्बन्ध रहेको छ भन्ने मैले आशा गरेको छु।
घाँसे मैदान सबैभन्दा सुन्दर भएको बेलामा म तपाईँलाई त्यहाँ लान्छु।
त्यहाँको हरियो घाँस हेर्न जानेछौँ।
त्यहाँको नीलो आकाश हेर्न जानेछौँ।
त्यहाँको सेतो बादल हेर्न जानेछौँ।
तपाईप्रति मेरो माया तपाईँलाई बोलाउने आशा मैले गरेको छु।
म तपाईलाई घाँसे मैदान हेर्न लान्छु।
सूर्यको किरण कति उज्यालो छ।
म तपाईँलाई घाँसे मैदान हेर्न लान्छु।
तपाईँ र मबीचको माया सधैं नै मनमा रहनेछ।

मंगोलियाको यो गीत आफ्नो एक्लो र विशेष गाउँने तरिकाको रुपमा चिनियाँ गीतहरुमा महत्वपूर्ण स्थानमा राखिन्छ। हाम्रा पहिलेका कार्यक्रमहरूमा हामीले केही मंगोलियन गीत बजाएका छौं। धेरै श्रोताहरुले यी गीतहरू मन पराउँनुहुन्छ। उहाँहरुले यस किसिमका गीतहरूको जानकारी लिन पत्र वा इ-मेल पठाउँन सक्नुहुन्छ। त्यसैले यस महिनामा हाम्रा संगीत कार्यक्रममा मंगोलियाका केही प्रशिद्ध गीतबारे जानकारी दिइने छ। अब म तपाईँलाई घाँसे मैदान हेर्न लान्छु नामक गीत एउटा मायाको गुण-गानको गीत हो। हामीले यस मायाको गुण-गान गीतमार्फत् सबै श्रोता र उहाँका प्रेमीबीचको माया लामो र मीठो रहोस् भन्ने आशा गरेका छौं। अव मंसँगसँगै यही गीत सुन्नुहोस् ल।

|