china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सूर्यको खोजी
    (GMT+08:00) 2009-09-03 17:20:19    

          धेरै पहिले चीनमा एउटा प्रान्त थियो । त्यो प्रान्तको नाम सुङ भन्ने थियो। त्यो प्रान्तका मानिसहरू निकै आधुनिक र रोचक थिए। आफ्नो देशका जनता निकै बाठा रहेकोमा त्यस प्रान्तका राजा पनि निकै खुसी थिए। त्यस प्रान्तमा हरेक मानिस वास्तवमै धनी सहनशील र केही नयाँ काम गर्न खोज्ने प्रकारका थिए।

          सबैजना सुखी र समृद्ध रहेका थिए। त्यो प्रान्तमा धेरै मात्रामा कलकारखाना र उद्योगधन्दा चलेका थिए।त्यो प्रान्तमा कुनै पनि बेरोजगारी भन्ने नै थिएन।उद्योगधन्दाहरूबाट देशले प्रशस्त लाभ लिने गरेको थियो। जनताले लाएर र खाएर बँचेको रुपैयाँ पैसा देशको ढुकुटीमा जम्मा हुने गर्दथ्यो। पछि कुनै दिन जनतालाई दुःख परेमा त्यो धन-सम्पत्ति काम दिने हुनाले राजाले पनि त्यसलाई सम्हालेर राखेका थिए। राजादेखि जनता पनि खुसी थिए अनि जनतालाई पनि राजाले आफ्ना छोराछोरीलाईजस्तै माया ममता दिएर राखेका थिए।

          त्यस प्रान्तमा मानवहरूको साथमा एउटा डरलाग्दो राक्षस पनि बस्ने गर्दथ्यो।त्यो राक्षसको परिवार नै त्यो प्रान्तको नजिकै पर्ने एउटा जङ्गलमा बस्ने गर्दथ्यो। त्यो राक्षसको नाम महादन्त थियो। धेरै नै लामा दाँत ऊसँग भएको हुनाले उसको नाम पनि महादन्त थियो। महादन्त राक्षस निकै नै घमण्डी थियो। उसको घमण्डले उसैलाई एकदिन विपत्तिमा पार्छ भन्ने कुरामा त्यस देशका जनता त के उसका परिवारका सदस्य पनि सहमत थिए। राम्रा-नराम्रा नानाभाँती कुरा गरेर उसले आफ्ना परिवारका सदस्यलाई पनि उसले घरीघरी दुःख दिने गर्दथ्यो।जति नै सम्झाए पनि ऊ आफ्नो घमण्ड छाड्दैनथ्यो। परिवारका हरेक सदस्य नै ऊदेखि असन्तुष्ट थिए।

          महादन्तले एकदिन भन्यो कि ऊ अब आकाशको सूर्य भएका स्थानमा जानेछ।उसलाई त्यहाँ जान कुनै डर लाग्दैन । उसका परिवारका हरेक सदस्यले उसलाई त्यस्तो घमण्डी कुरा नगर्न भनेर सम्झाए तर उसले कुनै पनि टेर पुच्छर लगाएन। ऊ जसरी पनि सूर्यको खोजीमा निस्कने नै भयो। ऊ आफ्नो बासस्थानबाट धेरै नै टाढा पुग्यो। जाँदाजाँदा ऊ पहेँलो नदीमा पुग्यो।त्यहाँ उसले अति नै तिर्खाएको महसुस गर्‍यो।त्यसैले उसले पहेँलो नदी र वै नदीगरी दुई विशाल नदीको पानी एकैसुङमा रित्यायो। तर अफसोच!ती दुई नदीको पानी पिएर पनि उसको तिर्खा शान्त हुन सकेन। त्यसपछि ऊ नजिकैको ग्रेटतालतर्फ गएर धेरै पानी पिएर आफ्नो तिर्खा मेट्ने विचार गर्‍यो। तर उक्त ग्रेटताल पुग्न नपाउँदै तिर्खाको छटपटीले ऊ मर्‍यो। यसरी आफ्नै घमणडले गर्दा उसले आफ्नै जीवन गुमायो।

          उसका परिवार एकजना स्वे थ्यान भन्ने युवक बसोबास गर्दथे। त्यस राज्यका हरेक जनताको आआफ्नै प्रकारको सोख थियो। विभिन्न सोखहरूमध्ये स्वे थ्यानमा चाहिँ मीठो गीत गाउने धेरै ठूलो रुचि तथा सोख थियो। ती युवकले त्यस प्रान्तकी प्रसिद्ध संगीत गुरु सुङ छिङसँग गायन तथा संगीत सिक्न थाले।ती युवकले भने कि सुङ छिङलाई जति पैसा चाहिने हो त्यो दिइनेछ तर उनीमा भएको सम्पूर्ण गायन सीप उसले प्राप्त गर्नु पर्नेछ।यही हेतु राखेर ती स्वे थ्यान नामका विद्यार्थी मेहनतसाथ सिक्न थाले र गुरुआमा सुङ छिङ पनि पूर्ण मेहनतका साथ सिकाउन थालिन्। यस्तै क्रम एक वर्षसम्म चल्यो।स्वे थ्यानमा आत्मविश्वास निकै बढेर गयो तर अफसोचको कुरा भनौँ उनमा घमण्ड पनि त्यत्तिकै चढ्न थाल्यो। उनले आफ्नी गुरुमालाई भने कि अव आफू सक्षम भइसकेका छन्। अब संगीत गुरुको सबै ज्ञान उनमा भरिएर आइसक्यो। तर गुरुमाले संझाउँदै भन्न थालिन् कि सबै सीप भरिन त धेरै समय लाग्छ। तर यस कुराप्रति स्वे थ्यानको ध्यान नै गएन।

          आफ्नो विद्यार्थी स्वे थ्यानको जिद्धिका अगाडि उनको केही पनि चलेन।अतः उनले उसलाई विदाइ गर्नै पर्ने भयो।यसै क्रममा विदाइएका अवशरमा उनले विद्यार्थीलाई एउटा भव्य पार्टी दिइन्।त्यो पार्टी प्रकृतिको खुला क्षेत्रमा दिइयो।पार्टीमा धेरै मानिस भेला भए।सबैले घमण्डी विद्यार्थी स्वेलाई एउटा गीत गाउन अनुरोध गरे।उनी पनि गीत गाउन तयार भए।तर गीतको केही भागमात्र गाइएको थियो त्यहाँ आकास गड्याङगुडुङ गर्न थाल्यो। कुकुरहरू नराम्रोसँग भुक्न थाले।वादल मडारिन थाल्यो।रुखहरू भाँचिन थाले।सबैतिर अनिष्टताका लक्षणहरू देखिन थाले।यी सबै कुरा देखेर स्वे थ्यान भन्न थाले-

         " गुरुमा मैले बिराएँ।माफी गर्नुहोस्। मैले बिनाकाम घमण्ड गरेछु।मैले तपाईँसँग सेखी गरेँ।गुरुसँग सेखी गर्दाको परिणाम कस्तो हुने रहेछ भन्ने मैले अहिले मात्र थाहा पाएँ।त्यसैले हे गुरुमा मलाई माफी दिनुहोस्।मैले केही पनि सिकेको रहेनछु।म अव धेरै वर्षसम्म हजुरको सेवा गरेर बस्छु। मलाई शरणमा लिनुहोस।"

          यो कुरा सुनेर गुरुमा सुङ छिङका आँखा रसाए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040