पैचिङ विशाल देश चीनको राजधानी हो। मनोरञ्जनका लागि यस स्थानमा धेरै नै रमाइला पार्कहरू जहाँ बसेर दिनभरिका थकाइहरू मेटाउन सकिन्छ त्यस्ता पार्कहरू प्रशस्त नै रहेका छन्। तर आज भने म नितान्त फरक एक विषय प्रस्तुत गर्दैछु।चीन एक विशाल देश हो र यहाँको जनसङ्ख्या पनि अत्यन्त धेरै छ। नेपाल चीनभन्दा धेरै सानो देश हो तापनि नेपालको प्राकृतिक सुन्दरता साँस्कृतिक विविधता तथा कोमल मन भएका नेपालीहरूको चर्चा जताततै सुनिन्छ।भारत झैँ चीन पनि नेपालको एक असल छिमेकी मुलुक हो।चीन ठूलो देश भएको र जनसङ्ख्या पनि धेरै भएको हिसाबले नेपालमा धेरै चिनियाँ पर्यटकहरू भित्र्याँउन सकिने अवस्था रहेको छ।यसै सिलसिलामा नेपालमा सन् 2011 लाई नेपाल पर्यटन वर्षको रुपमा भव्य रुपमा मनाउने कुरा नेपाल सरकारले उद्घोष गरिसकेको छ।यसै परिप्रेक्ष्यमा छिमेकी मुलुक चीनबाट कसरी धेरैभन्दा धेरै पर्यटक भित्र्याँउन सकिन्छ भनेर प्रत्येक नेपालीले सोच्नेबेला भइसकेको अवस्था रहेको छ।यही कुरालाई मध्यनजर गरेर चीन नेपाल मिसन भन्ने संस्थाले नेपाल पर्यटन बोर्डको अध्यक्ष्यतामा पैचिङमा एउटा प्रदर्शनीको आयोजना गत सेप्टेम्बर दुई तारिखका दिन गरेको थियो।आज म त्यो बेला मैले त्यहाँ देखेका केही कुराहरूका बारेमा बताउन जाँदैछु।
उक्तदिन चीन नेपाल मिसनले नेपाल पर्यटन वर्ष 2011 लाई सफल पार्ने हेतुले पैचिङमा एक कार्यक्रमको आयोजना गरेको थियो।नेपालमा गणतन्त्रको स्थापना भई शान्तिका कदमहरू पनि चालिइसकेको पृष्ठभूमिमा नेपालमा आर्थिक विकास गर्नुपर्ने कुरालाई मध्यनजर राखेर नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर एन्ड ट्राभल एजेन्ट्स नाटाको संयुक्त तत्वावधानमा उक्त कार्यक्रमको आयोजना भएको थियो।
नेपाल प्राकृतिक तथा साँस्कृतिक रुपमा सम्पन्न देश हो।नेपालमा पर्यटन व्यवसायको संभावना अत्यन्त नै रहेको अवस्थामा छिमेकी मुलुक चीनबाट पर्यटक भित्र्याउँनका लागि उक्त कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको अवस्था रहेको देखिन्छ।चीनको शाङ्हाइ पैचिङ र हङकङ शहरमा कार्यक्रमको आयोजना गर्न कम्मर कसेको चीन नेपाल मिसनले प्रथम त शाङहाइमा उक्त कार्यक्रमको आयोजना गरेको हो।दोस्रो मुकामका रुपमा पैचिङमा उक्त कार्यक्रम आयोजना भएको थियो।
उक्त कार्यक्रम नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजना भएको थियो।उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत श्री टङ्क कार्की पनि उपस्थित् हुनुहुन्थ्यो।नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री भण्डारीले नेपाल र चीनबीचको युगौँ युगदेखिको सम्बन्धमाथि प्रकाश पार्दै चिनियाँहरूका लागि नेपाललाई मुख्य गन्तब्य बनाउनुपर्नेमा जोड दिनुभएको थियो।कार्यक्रममा नेपाल पर्यटन वर्ष 2011 लाई सफल बनाउन वक्ताहरूले जोड दिनुभएको थियो।कार्यक्रममा आआफ्ना ब्रोसर र अन्य कागजपत्र लिएर स्टल खोलेर नेपालका दर्जनौँ ट्राभल एजेन्सी तथा होटलका प्रतिनिधिहरू बस्नुभएको थियो।मैले था पाएसम्म ट्राभल प्रानर नेपाल सि एन्ड स्काइ टुर्स होटल बाराही होटल सेन्ट्रल लाइन लगायत १२ कम्पनीका प्रतिनिधिहरूले स्टल राखेर बसेका थिए।इच्छुक चिनियाँहरू ती एजेन्सीहरूसँग नेपाल र त्यहाँको पर्यटन बारेमा जिज्ञासा राखेका देखिन्थे।
चीनका लागि नेपालका राजदूत श्री टङ्क कार्कीले त्यस प्रदर्शनी समारोहमा आफ्ना सारगर्भित् कुराहरू बताउनुभयो।उहाँले नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई मनन गरेर केलाउनुभयो।उहाँले भृकुटी र स्रङचङगम्पोको विषयदेखि लिएर नेपाल भोट सम्बन्धको बारेमा प्रष्ट्रयाउँदै नेपाललाई चिनियाँ पर्यटकहरूको पहिलो गन्तव्य बनाउनु पर्नेमा जोड दिनुभयो।नेपालका असङ्ख्य झरना हिमाल छहरा पहरा अनि भञ्ज्याङ र देउरालीहरूमा विदेशीलाई लोभ्याउने जादू रहेको कुरासमेत् उहाँले उठाउनुभएको थियो।
आदरणीय श्रोता आज मैले चीन नेपाल मिसनले नेपाल पर्यटन वर्ष 2011 लाई सफल पार्ने हेतुले पैचिङमा एक कार्यक्रमको आयोजना गरेको र त्यस अवशरमा नेपालमा गणतन्त्रको स्थापना भई शान्तिका कदमहरू पनि चालिइसकेको पृष्ठभूमिमा नेपालमा आर्थिक विकास गर्नुपर्ने कुरालाई मध्यनजर राखेर नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर एन्ड ट्राभल एजेन्ट्स नाटाको संयुक्त तत्वावधानमा उक्त कार्यक्रमको आयोजना भएको कुरालाई मैले स्पष्ट गरेँ।
नेपाल प्राकृतिक तथा साँस्कृतिक रुपमा सम्पन्न देश हो।नेपालमा पर्यटन व्यवसायको संभावना अत्यन्त नै रहेको अवस्थामा छिमेकी मुलुक चीनबाट पर्यटक भित्र्याउँनका लागि उक्त कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको अवस्था रहेको र चीनको शाङ्हाइ पैचिङ र हङकङ शहरमा कार्यक्रमको आयोजना गर्न कम्मर कसेको चीन नेपाल मिसनले प्रथम त शाङहाइमा उक्त कार्यक्रमको आयोजना गरेको र दोस्रो मुकामका रुपमा पैचिङमा उक्त कार्यक्रम आयोजना भएको विषयलाई उठाएँ। यसरी मैले त्यस कार्यक्रममा आफू उपस्थित् भएको अवशरमा देखेका र अनुभव गरेका केही कुराहरूका बारेमा सत्य-सत्य कुराहरु पोखेँ।
|