china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङहाइ विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको चौथो भाग
    (GMT+08:00) 2009-09-15 14:10:58    

              शाङहाइ विश्व एक्स्पोको मुख्य स्थानमा रहेको सांस्कृतिक कार्यक्रम देखाइने केन्द्रलाई सबैभन्दा कलात्मक वास्तुको रुपमा मानिएको छ। मानिसहरु त्यस केन्द्रलाई "कलात्मक समुद्रमा रहेको एउटा खपटा" भन्दछन्। विश्व एक्स्पो ब्युरोकी पथ प्रदर्शक सुश्री चाङ्ग सीले हामीलाई जानकारी भन्छिन्:

              सांस्कृतिक कार्यक्रम देखाइने केन्द्रको आकार ज्यादै विशेषतायुक्त रहेको छ। हामीले त्यसलाई "कलात्मक समुद्रमा रहेको एउटा खपटा" भन्छौं। हरेक राति टाढाबाट हेर्दा त्यस केन्द्र एउटा चम्किरहेको खपटा जस्तै एकदमै सुन्दर देखिन्छ। त्यस केन्द्रको सबैभन्दा ठूलो विशेषता के हो भने दर्शकहरुको संख्या बमोजिम बस्ने सिटको संख्यालाई थप्न वा घटाउन सकिनेछ। त्यस केन्द्र बढीमा अठार हजारजना दर्शकलाई अट्नसकिन्छ।

                सन् 2010शाङहाइ विश्व एक्स्पोको क्षेत्रमा मुख्य विषयक हल पनि खडा गरिएको छ। त्यस हलले विभिन्न खालको प्रदर्शनीमार्फत शहर तथा मानिस, प्राण, दैवी र भविष्यबीचको सम्बन्धबारे विचार-विमाश गरिने भएको छ। त्यस हलमा जम्मा दुईवटा प्रदर्शन कक्ष छन्। ती कक्षमा स्रोतको किफायत र वातावरणीय संरक्षण भन्ने विचार पनि मौजुद छन्।

                विश्व एक्स्पो ब्युरोकी पथ प्रदर्शक सुश्री चाङ्ग सी यसरी भन्छिन्: हाम्रो मुख्य विषयक हलको डिजाइनमा केही विशेषतायुक्त तरिकाको पनि प्रयोग गरिएको छ। जस्तै कोठाको छानोमा पानीको संकलन गरिने एउटा अङ्ग पनि छ। त्यस अङ्गमार्फत संकलन गरिने पानीद्बारा वरिपरिका सात हजार क्युबिकमिटरका वनस्पतिको प्रत्यक्ष रुपमा सिञ्चाइ गर्न सकिनेछ।

               शाङहाइ विश्व एक्स्पोको क्षेत्रमा अर्को विशेषतायुक्त वास्तुबारे पनि म श्रोतालाई चर्चा गर्दैछु, त्यो विश्व एक्स्पो केन्द्र हो। प्रेस केन्द्र हुने र अतिथिको स्वागत गरिने मिलिजुली क्षमता पनि त्यस केन्द्रमै रहेको छ। शाङहाइ विश्व एक्स्पोको अवधिमा त्यस केन्द्रले विभिन्न किसिमका सम्मेलनको आयोजनाका लागि उपयुक्त ठाउँको प्रदान गर्नुका साथै त्यस केन्द्रमा पत्रकार सम्मेलन तथा रमाइलो भोजको आयोजना हुने तथा अतिथिहरुको स्वागत गरिने सेवा पनि तयार गरिनेछ।

                विश्व एक्स्पोका कर्मचारीका अनुसार, सात करोड मानिसलाई विश्व एक्स्पोमा सहभागी हुन आकर्षित गराउनु नै शाङहाइ विश्व एक्स्पोका दुईवटा ठूला लक्ष्यहरुमध्येको एक हो। त्यसैले पाँच दशमलब दुई आठ वर्गकिलोमिटरको क्षेत्रमा मानिसहरुका लागि यातायात समस्याको कसरी समाधान गर्नु नै अर्को महत्वपूर्ण विषय पनि हो। शाङहाइ विश्व एक्स्पो व्यूरोमा कार्यरत् प्रचार-प्रसार कर्मचारी सुश्री त्याउ फै छ्वैले हामीलाई जानकारी दिंदै भन्छिन्: हाम्रो एक्स्पोको सारा क्षेत्र वरिपरि जम्मा पाँचवटा लीग-यातायात रहेका छन्। तीमध्येको विश्व एक्स्पो तेह्र नम्बर लाईन चाहिँ विश्व एक्स्पोका लागि विशेष लाईन हुनेछ। साथै हाम्रो क्षेत्रभित्र तीनवटा साना बन्दरगाह पनि छन्। जनताहरु सुविधासँग विश्व एक्स्पोको अवलोकन गर्नसक्छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040