
आकाशमा जन्मथलको बादल उत्रिरहेको छ।
यी बादलले पटक पटक मलाई आव्हान गरेको छ
नजिकै मन्द हावा उडाउ भन्दै एउटा आवाजले मलाई आव्हान गर्दैछ:
"फर्कनुहोस, फर्कनुहोस
विश्वमा घुमिहिँडिरहेको मानिस घुमिहिँड्दैन"
मलाई घर बाहिर घुमिहिँडन मन पर्दैन
मलाई थकाइ लाग्यो
मेरो आंखामा आँसु छ
यस जन्मथलको बादल र हावाले मलाई आराम दिन्छ
भविष्यप्रति मेरो धोको छ।
फर्केपछि खाली नै छ मेरो हात।
मेरो जन्मथलोको बादलले मनको दुःख शाम्य पारेको छ।
नयाँ वर्ष आएको छ। बाहिर रहेका मानिसहरले घर अभावको अनुभव गर्नुहुन्छ?वर्ष प्रति वर्ष हामी धेरै किसिमको कुराहरुका लागि सधैं व्यस्त हुन्छौं। तर व्यस्त हुँदा हामी र घर बीचको दूरी टाढा पारिएको छ।हाम्रो परिवारले हामीबाट कुनै पनि बिन्ती गर्नुहुन्दैन। तर उहांहरुले हामी घरमा फर्केर उहाँहरुलाई हेर्ने कुरा मात्र मन पराउनुहुन्छन। सधैं कण्ठ गर्नुहोस:तपाई धेरैजसो घर फर्केर आफ्नो परिवारलाई हेर्नुहोस। अन्तमा मैले घर वाहिर रहेका सबै मानिसहरु र उहाँहरुका परिवारलाई मिठो शुभकामना पठाएर उहाँहरुको सुस्वस्थको कामना गर्दछु।

सैनिक बन्दरगाहको राति
यो जल सेनाको गुणगान गर्ने एउटा गीत हो। यो गीत निकै प्राचिन भएता पनि धेरै चिनियाँ जनताहरुले निरन्तर रुपमा यस गीतलाई मन पराउदै आएका छन। किनकी सो गीतको धुन मिठो भएको मात्र नभई यसको विषयहरुमा पनि अनेक अर्थहरु छन। जल सेनाहरुले आफ्ना परिवार र मित्रताहरु छोडेर संधै नै स्वदेशको सिमालाई हेरिरहेका र रक्षा गरिरहेका हुन्छन। उहांहरुले आफ्ना जिम्मेवारीलाई सधैंनै उच्च स्थानमा राख्ने गर्नु हुन्छ। जल सेलाहरु आफ्ना माया ममता र तन मनले स्वदेशको रक्षा गर्न तल्लिन हुनुहुन्छ। त्यसैले हामीले यस गीतलाई सुन्दा सधैं जल सेनाहरुलाई सम्मान गर्न आतुर हुन्छौं।

गीतको बोल यस प्रकार छ:
सैनिक बन्दरगाहको राति कति सनुसान छ।
समुन्द्री लहरले जंगीजहाजलाई मुसारिरहेको छ।
तरुण नाविकले लहरको आवाज सुन्नेर सपनामा बोल्यो।
अनि सपनामा मिठो हाँसो पनि हास्छ।
समुन्द्री हावा,तिमी हलका रुपमा बहनु।
लहर,तिमीले हलका रुपमा कपाल घुँमुर्याउनु ।
जसबाट हाम्रा नाविकहरुले राम्ररीसंग सुन्नुसकोस।
सूर्य समुद्री सतहबाट उठ्दा हाम्रो जंगीजहाजले लङ्गर खसाल्ने हुन्छ।
|