china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको पाँचौं भाग
    (GMT+08:00) 2009-09-22 14:56:33    

              शाङ्गहाई विश्व एक्स्पो एक वर्ष जतिको समयपछि मात्र औपचारिक रुपमा शुरु हुने भएको छ।

               विश्व एक्स्पोको कुल परिधिमा केही स्थायी वास्तुहरु बाहेक अधिकांश अस्थायी वास्तुहरु पनि छन्। ती वास्तुहरुमध्ये प्रायजसो विदेशी मुलुकद्बारा निर्माण गरिएका हुन्। विश्व एक्स्पोको नियमित नियमअनुसार, ती अस्थायी वास्तुहरुलाई विश्व एक्स्पो सम्पन्न भएपछि भत्काइने भएको छ। त्यो एउटा खेद लाग्दो कुरा भए तापनि विदेशी मुलुकका आ-आफ्ना डिजाइन र भावनालाई पनि ती अस्थायी वास्तुमार्फत दर्शकहरुसमक्ष अभिव्यक्त गर्न सकिनेछ।

              सन् 2010शाङ्गहाई विश्व एक्स्पोमा सहभागी हुने बेलायती प्रदर्शन हलका जिम्मेवार व्यक्ति श्रीमती कार्मा एल्लिओटका अनुसार, त्यस हल बेलायती जनताले चिनियाँ जनताका लागि दिएको "नाच्ने उपहार"हो। त्यस प्रदर्शन कक्षको कुल क्षेत्रफल छ हजार वर्गमिटर रहेको छ। त्यसको उचाईं छ तले भवनको बराबर हुन्छ। श्रीमती एल्लिओटले त्यस भवनबारे हामीलाई जानकारी दिंदै भन्नुभयो: हरेक राति हाम्रो यस हल ज्यादै चम्किन्छ। टाढाबाट हेर्दा एक जिउँदो र फुर्तिलो जैविक वस्तु जस्तो छ मलाई लाग्छ। हाम्रो बेलायती हल नदीको छेउमा बसेकाले झन् स्पष्ट देखिन्छ। मेरो विचारमा, त्यो एउटा चम्किएको र कुशल मूर्ति जस्तो सुन्दर वास्तु नै हो।

                दर्शक तथा पर्यटकलाई अझ आकर्षित गर्नका लागि श्रीमती एल्लिओटले बेलायती हलको वास्तविक डिजाइनबारे खास जानकारी दिनुभएको छैन। विश्वका विभिन्न मुलुक तथा क्षेत्रका दर्शक तथा पर्यटकहरुलाई एक किसिमको विशेष उपहार चढाउनका लागि शाङ्गहाई विश्व एक्स्पो औपचारिक शुरु होउन्जेलसम्म उहाँले खास विषयबारे चुहिनुहुँदैन।

                तर उहाँको विचारमा, बेलायती हलको मुख्य विषय "विशेष डिजाइन"भन्ने रहेको हो। बेलायती हलको अवलोकन गर्ने पर्यटक तथा दर्शकहरुसमक्ष "व्यस्त शहरमा एउटा ठूलो शान्त फूल बगैंचामा आराम गर्ने" मनोरञ्जनात्मक अवस्थाको सिर्जना गर्नु नै बेलायती हलको निर्माणकर्ताहरुको हृदयको कामना छ।

               श्रीमती एल्लिओटका अनुसार, अर्क आकर्षित खबर के छ भने शाङ्गहाई विश्व एक्स्पोको अवधिमा बेलायतले आफ्नो देशको संस्कृतिको प्रचार-प्रसार गर्नका लागि भुटबलका प्रसिद्ध खेलाडी देभिड बेक्हेम तथा अन्य गण्यमान्य बेलायती व्यक्तिलाई निमन्त्रणा दिने योजना गरेको छ।

                शाङ्गहाई विश्व एक्स्पोमार्फत आ-आफ्नो देशको संस्कृतिको प्रचार-प्रसार गर्नु नै प्रायजसो मुलुकको साझा इच्छा हो। फ्रान्स पनि यस्तो हुन्छ। शाङ्गहाई विश्व एक्स्पो ब्यूरोका उप प्रमुख व्हाङ्ग चेन चको विचारमा, फ्रान्सेली हलले एक किसिमको मनोरञ्जनात्मक वातावरणलाई पर्यटक र दर्शकसमक्ष देखाउने भएको छ। किनभने फ्रान्स हल पानीमाथि निर्माण गरिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040