उहिले उहिले चीनमा एउटा छि नामको राज्य थियो। त्यो राज्यमा प्रधानमन्त्री यान जीको ठूलो बोलबाला थियो। शरद तथा वसन्त ऋतु ती प्रधानमन्त्री यान जी लाई बढी मन पर्दथ्यो।

एक दिनको कुरा हो यन जी आफ्ना घोडचढीको साथमा रथमा बाहिर निस्के। अर्थात् आज तिनै घोढचढीले रथ चलाएका थिए। ती घोडचढीकी श्रीमतीले कहिल्यै पनि प्रधानमन्त्री त्यसरी बाहिर हिँडेको देखेकी थिइनन्। उनले ती यान जीलाई ढोकाको पछाडिबाट चियाइन्। उनले आज यान जी कता जाँदैछन् भनेर अचम्म परेर हेरिन्। आज उनले आफ्ना दूराचारी श्रीमान् र ती प्रधानमन्त्रीलाई दाँजेर हेरिन् अनि उनले ती दुईमा आकाश-पातालको अन्तर पाइन्।

तर उनका पति जो कत्ति घमण्डी छन् अनि कत्ति अहङ्कारी छन् जो त्यो सुन्दर रथको भित्रपट्टि सारथी बनेर बसेका छन्। जो आज प्रधानमन्त्री यान जीको सारथी बनेर बसेका छन्। उनका पति कत्ति अयोग्य छन् त्यो त तिनलाई नै थाहा छ। आज उनले आफ्नो पतिको कारणले कति लज्जित् हुनुपरेको छ।
काम सकेर ती कोच वा आजका सारथी घर फर्के। तिनकी पत्नी जसले ती सारथीलाई ज्यादै अयोग्य र घमण्डी पुरुष मान्थिन् उनसँग आज एक्कासी उनले छोडपत्र मागिन्। त्यो छोडपत्रको कुरा सुनेर सारथी झस्कियो। उसले आँखा पनि राम्ररी देखेन आज। सारथी अलमलमा पर्यो। आफ्नी श्रीमतीले भनेको कुराको उसले न त टाउको बुझ्न सक्यो न त पुच्छर नै बुझ्न सक्यो। उसले आज रिसले आँखा पनि देख्न सकेन। उसले भन्न थाल्यो-

"छोडपत्र गर्ने रे ? के भनेको त्यस्तो ? आज यहाँ के भइरहेको छ हँ ?के कति कारणले यस्ता कुराहरू आउँछन् यहाँ ?खुरुक्क भन् यसको के मतलब हो हँ ?"
सारा प्रश्नको थुप्रो सारथीकी श्रीमतीमा पर्नगयो। तर ती प्रश्नहरूले उनमा कुनै अलमल भएन। सारा प्रश्नको उत्तर उनले यसरी फटाफट दिन थालिन्।
क्रमश..............
|