उहिले उहिले चीनमा एउटा छि नामको राज्य थियो। त्यो राज्यमा प्रधानमन्त्री यान जीको ठूलो बोलबाला थियो। शरद तथा वसन्त ऋतु ती प्रधानमन्त्री यान जी लाई बढी मन पर्दथ्यो।

यन जी आफ्ना घोडचढीको साथमा रथमा बाहिर निस्केका बेलामा कोचम्यान अर्थात् सारथीकी श्रीमतीले प्रधानमन्त्री र आफ्ना श्रीमानलाई विभिन्न रुपबाट तुलना गरिन् । उनले ती दुईबीचमा आकास पातालको फरक पाइन्।

आफ्ना पतिले किन छोडपत्र चाहियो भनेर श्रीमतीलाई सोधेका बेलामा उनले आफ्ना पतिलाई उनले यसरी जवाफ दिन थालिन्-

" हेर्नुहोस् श्रीमानज्यू, वास्तवमा भन्ने नै हो भने यान जी जो आज यत्रो प्रान्तका प्रधानमन्त्रीका रुपमा रहेका छन् जसको उचाइलाई निहालेर हेर्ने हो भने 6 छि वा एक तिहाइ मिटर मात्र रहेको छ। तर पनि उनको दिमाग ज्ञान नै ज्ञानले भरिएको छ भने उनको हृदय भने दया र करुणाले भरिएको छ। तर पनि उनी नै प्रधानमन्त्री हुन् तर तपाईँ त होइन। जव उनी बाहिर निस्कन्छन् उनी आफ्ना सारा जनताको मनोभावना र समस्यालाई बुझेर अनि ती सारा समस्या चुनौतिको समाधान गरेर नै जाने गर्दछन्। त्यसैले सारा जनता उनलाई एक जिम्मेवार अभिभावकको दृष्टिले हेर्ने गर्दछन्। तर तपाईँ कस्तो हुनुहुन्छ त के कहिल्यै पनि आफ्नो आत्म-मूल्याङ्कन् गर्नुभएको छ ?तपाईँ त उचाइमा भन्ने हो भने 8 छि हुनुहुन्छ जो निकै अग्लो व्यक्तित्वमा गनिन्छ यहाँ। तर आज आएर तपाईँ आफू एक सारथी पनि हो कि होइन त्यो नै बिर्सनुहुन्छ। तपाईँ मन लागी-नलागी त्यही रथ चलाउनुहुन्छ,तपाईँ आफूले सधैँ नै ठूलो ठूलो काम गरेँ भन्ने सम्झनुहुन्छ। घोडालाई धकेल्नु नै आफ्नो परम पुरुषार्थ सम्झनुहुन्छ।यसैबाट तपाईँलाई पूर्ण आत्मसन्तुष्टि छ। तपाईँ यस्तो सानो विचार भएको व्यक्तिसँग म कसरी लामो समयसम्म बस्न सक्छु त? त्यसैले अब लामो समयसम्म म बस्न सक्दिन। "
|