china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा रहेको पोतला दरवार
    (GMT+08:00) 2009-10-05 19:04:10    

          पोतला दरवार तिब्वतको ल्हासामा अवस्थित निक्कै आकर्षक दरवार हो।ल्हासा पुगेर पोतला दरवार गइएन भने तिब्वत भ्रमण पूरा भएको मान्न सकिँदैन।भन्नुको मतलव तिब्वत पुगेपछि पोतला दरवार सकेसम्म जानैपर्छ।ल्हासा शहरको बीचमा नै रहेकोले पोतला दरवारको अवलोकनका लागि त्यति धेरै समय खर्चिइ राख्नु पनि पर्दैन। ल्हासा पुगेपछि बिहान नौ बजेपछाडि समय मिलाएर दिनभरमा जुनसुकै बेला पनि जान सकिन्छ। तर त्यहाँ जानको लागि पासपोर्ट भने लिएर जानैपर्छ।

          पोतला दरवार अवलोकनको प्रसङ्गमा कुरा गर्दा मलाई यसैवर्षको अगष्ट महिनामा अवलोकनको मौका मिलेको थियो। नयाँ चीन स्थापनाको साठ्ठीऔँ बार्षिकोत्सको सन्दर्भ पारेर चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ तथा विदेशी पत्रकारको तिब्वत भ्रमणको कार्यक्रम राखेको थियो। एघार दिन लामो भ्रमणका क्रममा हामी अगष्ट महिनाको सत्ताइस तारिख बिहान पोतला दरवार अवलोकनका लागि गएका थियौँ। सी आर आइका चिनियाँ तथा विदेशी पत्रकारहरुको तेत्तीस सदस्यीय टोली बिहान साढे आठ बजे पोतला दरवारको अवलोकनका लागि प्रस्थान गर्‍यो। हामी बसेको होटलबाट डेढ किलोमिटरको दूरीमा मात्रै भएकोले आठ बजेर चालीस मिनेट जाँदा हामी पोतला दरवार क्षेत्रमा पुग्यौ। त्यति बेला सिमसिम पानी परिरहेकाले बसबाट दरवारसम्म पुग्न अलिकति अप्ठेरो भएको थियो। पोतला दरवारको अवलोकनको लागि परिचय-पत्र अनिवार्य बोक्नै पर्नेरहेछ। जसमा चिनियाँहरुले आफ्नो परिचय-पत्र र अन्य विदेशीले पासपोर्ट टिकट लिनको लागि देखाउनु पर्नेरहेछ। त्यसैअनुसार मैले हाम्रा पथप्रदर्शकलाई पासपोर्ट दिएँ र भ्रमण टोलिमा सहभागी अन्य सबैले परिचय-पत्र वा पासपोर्ट दिएपछि हाम्रा पथ प्रदर्शकले टिकट लिए। टिकटको लागि प्रतिव्यक्ति एकसय चिनियाँ युआन तिर्नु पर्नेरहेछ। बाहिरबाट हेर्दा दरवार सेतो र रातो रङ्गको छ। दरवार भित्र पुग्नको लागि दरवार क्षेत्रबाट खुड्किलाहरु पार गर्दै एक सय पन्ध्र मिटरको उचाइ पार गर्नु पर्नेरहेछ।

          सिमसिम पानीका बीच हामी पनि विस्तारै विस्तारै खुड्किलाहरु चढदै गयौँ।पचास मिटर जति माथि पुगेपछि हाम्रा पथप्रदर्शकले दरवारको बिषयमा पानीमैँ रुझी-रुझी जानकारी दिए। हामी गएको बेला अन्य विदेशी पर्यटकहरु पनि प्रशस्तै थिए। हाम्रो समूहभन्दा अलि पर अन्य दुई समूहलाई तिनका पथ प्रदर्शकले पनि आ आफ्नो टोलीलाई पोतला दरवारको विशेषता त्यसको इतिहास र त्यहाँ रहेको दरवारको वारेमा जानकारी दिएका थिए। झण्डै आधा घण्टाको जानकारी पछि हामी फेरी विस्तारै माथि लाग्यौँ।दरवार भित्र पसेपछि एकपछि-अर्को गर्दै वुद्ध र पाचौ देखि नवौसम्मका दलाइ लामाका मूर्तिहरु रहेछन्। मूर्तिहरु सबै नै पूर्ण रुपमा सुनबाट वनाइएको रहेछ। चार सयदेखि चार हजारसम्म किलो सुन ती मूर्तिहरु बनाउन प्रयोग गरिएको रहेछ। सातौँ शताब्दीमा निर्माण भएको यस दरवारमा आठौँ शताब्दीमा ठूलो क्षति भएको रहेछ। त्यसपछि सत्रौँ शताब्दीको बेलामा पाचौँ दलाइ लामाले तीन बर्ष लगाएर यसको पुनःनिर्माण गरेका थिए।

          पोतला दरवारको सेतो गृहबाट विगतमा दलाइ लामाहरुले शासन सञ्चालन गर्ने गर्दथे। यस दरवारको सञ्चालन तथा रेखदेखको लागि तीनवटा निकाय गठन गरिएको रहेछ। जसमा सुरक्षा निकाय ,मर्मत सम्भार निकाय र धार्मिक कार्य सञ्चालन निकाय। त्यसमध्ये सुरक्षा निकायले दरवारको सुरक्षाको जिम्मा लिएको रहेछ। त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा छ। आगन्तुकलाई कडा सुरक्षा जाँचपछि मात्रै भित्र जान दिइँदो रहेछ। धार्मिक कार्य सञ्चालन विभागले दैनिक पूजाआजाको कार्य सञ्चालन गर्ने गर्दौ रहेछ। हरेक स्थानमा दुई तीनजना मानिस भइ रहँदा रहेछन्। उनीहरुले पूजा गर्ने तथा वत्ती निभ्न नदिने गर्दा रहेछन्।त्यसैगरी मर्मत सम्भार विभागले मन्दिरको आवश्यक मर्मत सम्भार गर्ने ,वत्ती बिग्रिए वत्ती राख्ने गर्दोरहेछ। हुन पनि जस्तै अध्यारो कोठामा पनि झलमल्ल उज्यालोको व्यवस्था गरिएको छ। त्यहाँ कुनै पनि बेला वत्ती नजाने गरी व्यवस्था मिलाइएको छ। कोठाहरु एक पछि अर्को गर्दै आकर्षक देखिन्छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040