china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको सातौं भाग
    (GMT+08:00) 2009-10-06 19:18:33    

                 हाल विश्वका विभिन्न मुलुक र क्षेत्रका थुप्रै पर्यटकहरु सन् 2010 शाङ्ग हाई विश्व एक्स्पोको प्रतीक्षामा रहिरहेका छन्। अझ बढी पर्यटक र दर्शकलाई आकर्षित गर्नका लागि त्यस एक्स्पोमा सहभागी विभिन्न मुलुकले जोडतोडसँग आ-आफ्नो देशको परम्परा र अवस्थाअनुकुल विशेषतायुक्त हलको पनि निर्माण गरिरहेका छन्।

                   विभिन्न देशको संस्कृति, उच्च विज्ञान र प्रविधि र आधुनिक जीवनको गर्नुबाहेक, शाङ्गहाई विश्व एक्स्पोमा सहभागी हुने सबभन्दा मुख्य कुरा खुशीको उपभोग पनि हो । हल्याण्ड हलले पर्यटक र दर्शकलाई झन् खुशी प्रदान गर्नसक्छ। किनकि त्यस हलको विशेष नाम रहेको छ जुन "खुशीको सडक" भन्ने रहेको हो। त्यस हलमा रहेका विभिन्न आकारका र रङ्गीचङ्गी बत्तीहरु ज्यादै आकर्षित देखिन्छन्। त्यस "खुशीको सडक"का दुवैपट्टि विभिन्न आकारका वास्तुहरु उभिएका छन्। त्यस "खुशीको सडक"तिर माथि गएर हल्याण्डका भावी सडक तथा आधुनिक वास्तुहरु देख्न पाइन्छन्। विश्व एक्स्पोसम्बन्धी डच कार्यालयका प्रमुख वाल्टर भान वील्देनले हामीलाई जानकारी दिंदै भन्नुभयो: कुनै आधुनिक र विशेषतायुक्त डिजाइनको सिर्जना गर्न हल्याण्डले अधिकांश डिजाइनरहरुलाई निमन्त्रणा दिएको छ। ती डिजाइनरहरुले शहरमार्फत जीवनलाई अझ सुमधुर बनाइने मुख्य नारा बमोजिम, खुशीको शहर र खुशीको सडक भन्ने विचारअनुसार विभिन्न आकारका वास्तुको डिजाइन गर्न थालेका छन्। हाम्रो हलको समस्त आकार चिनियाँ भाषाको "आठ" भन्ने अक्षरको आकारबमोजिम बनाइएको हो। किनकि चीनका लागि "आठ"भन्ने अङ्क ज्यादै सौभाग्यमय अङ्क हो। डच सडकबाट वाणिज्य गतिबिधि प्रदर्शन गरिने मात्र नभई पर्यटक तथा दर्शकहरुले हाम्रो खुशीको सडकमा घुम्दा अझ सुमधुर जीवनको अनुभव गर्नसक्ने मेरो विश्वास पनि छ।

                  बेलायती हल, फ्रान्सेली हल र डच हलका अतिरिक्त, गणतन्त्र कोरियाको हल, जापानी हल, इटलीको हल तथा क्यानडाको हलका आ-आफ्नो विशेष डिजाइन रहेका छन्। श्रोतागण, आगामी वर्षको मे एक तारिखका दिन अर्थात् शाङ्गहाई विश्व एक्स्पो औपचारिक शुरु हुने दिनमा विश्वका विभिन्न मुलुक र क्षेत्रका पर्यटक तथा दर्शकहरुले विभिन्न मुलुकको बुद्धिमता र विशेष वास्तु-शैलीको दृश्यावलोकन गर्नसकिने विश्वास छ।

                  सात करोड पर्यटक र दर्शकलाई आकर्षित गरी विश्व एक्स्पोको दृश्यावलोकन गर्नु नै यस पटकको शाङ्गहाई विश्व एक्स्पोको लक्ष्य हो। त्यति बेला विश्व एक्स्पोका विभिन्न मुलुकका हलमा थुप्रै पर्यटक र दर्शकहरु जम्मा हुने भएका छन्। विभिन्न मुलुकका विशेषतायुक्त हलको दृ्श्यावलोकन गर्नुबाहेक पर्यटकहरुले विभिन्न मुलुक र क्षेत्रका रङ्गीचङ्गी सांस्कृतिक कार्यक्रमहरु पनि देख्न पाउँछन्। विश्व एक्स्पो ब्युरोका उपप्रमुख हु चिन च्युका अनुसार, यस पटकको शाङ्गहाई विश्व एक्स्पोमा सांस्कृतिक कार्यक्रम देखाइने मञ्चको क्षेत्रफल बितेका विश्व एक्स्पोको तुलनामा सबैभन्दा ठूलो छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040