यस महिनाको एक तारिख जन गणतन्त्र चीन स्थापना भएको 60औं वार्षिकोत्सव हो। यो दिन सबै चिनियाँहरुका लागि एकदमै महत्वपूर्ण र उत्कृष्ट दिन पनि हो। चीनभरि गाउँ-गाउँमा खुशीयालीका साथ जनताहरू विविध कार्यक्रामार्फत यस दिवस मनाउँछन्। यस महिनाको संगीत कार्यक्रममा म मातृभूमिको माया व्यक्त गर्ने अनेकौं गीत प्रसारण गर्छु। म तपाईंहरुका लागि आज सेनासम्बन्धी गीतहरू प्रसारण गर्नेछु।

यस पटकको कार्यक्रममा मैले देश नामक गीतको बारेमा चर्चा गर्छु। यो गीत नयाँ चीन स्थापनाको 60औँ वार्षिकोत्सवका लागि विशेष गरी सिर्जना गरिएको हो। चिनियाँमा देशलाई को च्या भनिन्छ। त्यसमध्ये दुई शब्द बेग्ला-बेग्लै रुपमा व्याख्या गरेर को को अर्थ मुलुक र च्या को अर्थ घर हो। चिनियाँ भाषामा देश र घरको घनिष्ट सम्बन्ध रहेको देखिन्छ। यस गीतको बोलमा यस शब्दमार्फत देश र घरबीचको सम्बन्ध राम्ररी व्याख्या गरिएको छ।

अब विश्वव्यापी प्रसिद्ध स्टार ज्याकी चैन र चिनियाँ गायिका लिउ युआन युआनद्बारा गाइएको यस गीतको मुख्य विषय यस्तै छ-
सबैलाई थाहा छ
देश निकै ठूलो छ।
वास्तविकमा जुन एउटा घर हो।
घर सबैभन्दा सानो देश हुनुका साथै
देश हजारौँ हजार घर मिलेर बनेको हो।
देश बलियो र समृद्ध भए
घर सम्पन्न हुने छ।
देश र घर मिले चमत्कारको सिर्जना हुनेछ।
देश मेरो देश हो र घर मेरो घर हो।
म मेरो देशलाई माया गर्छु र मेरो घरलाई माया गर्छु।

सबैलाई थाहा छ
देश निकै ठूलो छ।
वास्तविकमा जुन एउटा घर हो।
घर सबैभन्दा सानो देश हुनुका साथै
देश हजारौँ हजार घर मिलेर बनेको हो।
देश बलियो र समृद्ध भए
घर सम्पन्न हुने छ।
देश र घर मिले चमत्कारको सिर्जना हुनेछ।
देश मेरो देश हो र घर मेरो घर हो।
म मेरो देशलाई माया गर्छु र मेरो घरलाई माया गर्छु।
|