china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको आठौं भाग
    (GMT+08:00) 2009-10-13 09:17:50    

                 सात करोड पर्यटक र दर्शकलाई आकर्षित गरी विश्व एक्स्पोको दृश्यावलोकन गर्नु नै यस पटकको शाङ्गहाई विश्व एक्स्पोको लक्ष्य हो। त्यति बेला विश्व एक्स्पोका विभिन्न मुलुकका हलमा थुप्रै पर्यटक र दर्शकहरु जम्मा हुने भएका छन्। विभिन्न मुलुकका विशेषतायुक्त हलको दृ्श्यावलोकन गर्नुबाहेक पर्यटकहरुले विभिन्न मुलुक र क्षेत्रका रङ्गीचङ्गी सांस्कृतिक कार्यक्रमहरु पनि देख्न पाउँछन्। विश्व एक्स्पो ब्युरोका उपप्रमुख हु चिन च्युका अनुसार, यस पटकको शाङ्गहाई विश्व एक्स्पोमा सांस्कृतिक कार्यक्रम देखाइने मञ्चको क्षेत्रफल बितेका विश्व एक्स्पोको तुलनामा सबैभन्दा ठूलो छ।

                     शाङ्गहाई विश्व एक्स्पोको अवधिमा त्यति फराकिलो क्षेत्रफलको मञ्चमार्फत विभिन्न मुलुकका सांस्कृतिक कार्यक्रमलाई सारा विश्वसमक्ष देखाइने भएको छ। श्री हु यसरी भन्नुहुन्छ: सांस्कृतिक कार्यक्रम देखाउनका लागि हामीले सामान्य मञ्च बाहेक चोकमा पनि विशेषतायुक्त मञ्च पनि खडा गरेका छौं। शाङ्गहाई विश्व एकस्पोका जम्मा एक सय चौरासी दिन चल्ने छ भने हरेक दिन सांस्कृतिक कार्यक्रम देखाइने संख्या एक सयभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

                      श्री हुका अनुसार, रङ्गीचङ्गी सांस्कृतिक कार्यक्रममा भब्य उद्धाटन समारोह, समारोह, विश्व एक्स्पो उद्यान औपचारिक रुपमा खुला हुने समारोह, विभिन्न मुलुकका राष्ट्रिय हल दिवस, हरेक दिन विश्व एक्स्पो उद्यान खोल्ने र बन्द गरिने समारोह र विश्व एक्स्पोको समापन समारोह पनि समावेश छन्। यसअतिरिक्त, हरेक राति विश्व एक्स्पो उद्यान बन्द हुनुअघि उज्याला बत्ती प्रदर्शनी, रङ्गीचङ्गी लुगाफाटा लगाउने अभिनेता-अभिनेत्रीहरुको प्रदर्शन र बिशाल प्रबन्ध देखाइने गतिबिधि पनि आयोजना हुने भएका छन्। हप्ताको अन्तिम दिन अथवा अन्य विशेष दिनमा बिशाल आतिशबाजी र पटाका पड्काइने भब्य समारोह पनि आयोजना हुने भएका छन्।

                      प्राप्त जानकारीअनुसार, विश्व एक्स्पोमा सहभागी हुने विभिन्न मुलुक र क्षेत्रहरुले नृत्यको अभिनय, चोकमा आयोजित भब्य गतिबिधि, प्रदर्शन र विशेषतायुक्त डिजाइन आदि तरिकामार्फत विश्व र चीनका गैर-भौतिक सांस्कृतिक पूरातात्त्विक सम्पदाबारे विश्व सामु देखाउने गर्नसक्नेछन्।

                   शाङ्गहाई विश्व एक्स्पोका जम्मा छ महिनाको अवधिमा युरोप, अफ्रिका, अमेरिका, महासागरीय क्षेत्र, एशिया र चीनको पालोबमोजिम भिन्ना-भिन्नै किसिमका गतिबिधिको आयोजना गर्नसकिनेछ। त्यति बेला विश्वका पर्यटक र दर्शकहरुले रङ्गीचङ्गी र रमाइलो सांस्कृतिक कार्यक्रम र गतिबिधिहरुको दृश्यावलोकन गर्नसक्नेछन्।

                    हालसम्म शाङ्गहाई विश्व एकस्पो एक वर्षभन्दा कम समय मात्र बाँकी छ। "शहरमार्फत जीवनलाई अझ सुमधुर बनाइने"नाराको निर्देशनअनुसार शाङ्गहाई विश्व एक्स्पो उच्च र आधुनिक विज्ञान, प्रविधि र संस्कृति सहित एक किसिमको विशेषतायुक्त समारोहको आयोजना गर्ने विश्वका जनताहरु प्रतिक्षामा रहिरहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040