
यस महिनाको एक तारिख जन-गणतन्त्र चीन स्थापना भएको 60औं वार्षिकोत्सव हो। यसदिन सबै चिनियाँहरुका लागि एकदमै महत्वपूर्ण तथा उत्कृष्ट दिन हो। चीनभरि गाउँ-गाउँमा फूलहरु फुल्छन्। मानिसहरुले विविध रमाइला कार्यक्रम गरेर यो उत्सब मनाउँछन्। यस महिनाको सङ्गीत कार्यक्रममा म मातृभूमिको माया व्यक्त गर्ने अनेकौं गीतहरू प्रसारण गर्छु।
यस पटकको कार्यक्रममा मैले "ठूलो चीन"नामक गीत तपाईंहरुलाई सुनाउँछु। यस गीतको विषय यस्तो छ।
हामीसँग एउटा घर छ
यस घरको नाम चीन हो।
यहाँ दाजु-भाइ र दिदी-बहिनी धेरै छन्।
र यहाँ हरेकको दृष्टिकोण सुन्दर छ।
घरमा दुईवटा ड्रागन पनि छन्।
तिनीहरू याङ्ग सि र ह्वाङ्ग ह नदी हुन्।
विश्वको सबैभन्दा अग्लो शिखर --चु मु राङ्ग मा अर्थात सगरमाथा पनि छ।
हामीसँग एउटा घर छ
यस घरको नाम चीन हो।
यहाँ दाजु-भाइ र दिदी-बहिनी धेरै छन्।
र यहाँ हरेकको दृष्टिकोण सुन्दर छ।
हेर, ग्रेटवाल अर्थात् लामो पर्खाल बादलजस्तै माथि छ।
हेर, तिब्बतको पठार भूमि आकाश जस्तै विशाल छ।
हाम्रो ठूलो चीन
कति ठूलो घर हो।
कति धेरै उतार-चढाव अनुभव गरेको छ।
हाम्रो ठूलो चीन
कति ठूलो घर हो।
हरेक पल म तिमीसँग-सँगै छु।
चीन, म तिमीलाई शुभकामना दिन्छु।
तिमी सधैँ मेरो मनमा छौ।
चीन, तिमीलाई शुभकामना दिन्छु।

यो गीत चीनमा निकै प्रसिद्ध छ। मानिसहरु यस गीतमार्फत मातृभूमिप्रति माया व्यक्त गर्छन्। हालसम्म पनि चीनमा धेरै कार्यक्रमहरूमा यो गीत प्रसारण गर्ने गरिन्छ।

|