china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थेन अन मन यात्रा 2009
    (GMT+08:00) 2009-10-19 15:43:26    

          नयाँ चीन स्थापनाको साठीऔँ वार्षिकोत्सबको उपलक्ष्यमा चीनमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना भएका थिए। यसै उपलक्ष्यमा चीनको राजधानी पैचिङमा धेरै नै ठूलो पैमानाको कार्यक्रमको आयोजना भएको थियो। यस कार्यक्रममा चीनका धेरै नै सैनिक प्रवन्धहरूको प्रदर्शनी आयोजना गरिएको थियो। गत अक्टोबर एक तारिखका दिन त्यहाँ यति व्यापक कार्यक्रमको आयोजना गरियो कि कलाकार र अन्यहरूको सङ्ख्या मात्र लाखौँको थियो। त्यो दिन अनावश्यक भिड नहोस् भन्नका खातिर सबै जनतालाई आफ्नो टेलिभिजन सेटमा नै सबै कार्यक्रम हेर्न सरकारले अनुरोध गरेको थियो। त्यो दिन सार्वजनिक सवारी पनि फाट्टफुट्ट मात्र चलेका देखिन्थे। ठाउँठाउँका पार्कहरूमा रहेका ठूला पर्दामा प्रत्यक्ष प्रसारण अत्यन्त सहज रुपमा गरिएको थियो। त्यो समयमा चीनमा रहेका सबै प्रान्त, सबै स्वायत्त प्रदेश अनि दुई प्रशासनिक क्षेत्रका आफ्ना विशेषतायुक्त कुरालाई मोटरमा सजाएर राखिएका थिए। ती सबैलाई पालैपालो गरेर त्यसदिन आमप्रदर्शनीमा राखिएको थियो। त्यो त भयो अक्टोबर एक तारिखको कार्यक्रम। त्यस दिनका प्रदर्शनीमा प्रयोग भएका विशेष झाँकीयुक्त ती दृश्यहरूलाई गत अक्टोबर एघार तारिखसम्म सर्वसाधारणका लागि थेन अन मन स्क्वायरमा खुला गरिएको थियो। बिहान सबेरैदेखि प्रदर्शनी खुल्थ्यो अनि राती एघारबजेसम्म त्यहाँ गएर ती सारा कुराहरू प्रत्यक्ष अवलोकन गर्न सकिने अवस्था रहेको थियो। त्यसैले म पनि केही चिनियाँ साथीहरूसँग मिलेर गत अक्टोबर छ तारिख बेलुकी सातबजे त्यहाँ जाने योजना गर्‍यौँ। हाम्रो टोलीमा हामी छ जना थियौँ। बेलुकीको खाना 6 बजे नै खाएर हामी त्यसतर्फको यात्रामा जुट्यौँ। हाम्रो टोलीमा एकजना सत्तरी वर्षकी आमा पनि हुनुहुन्थ्यो। उहाँलाई सुरक्षा गर्दै हामी पापा ओ सानमा भूमिगत रेल चढेर लाग्यौँ त्यतातिर। रेलका हरेक ढोकामा स्वयमसेवक बसेका थिए। मैले एकजना स्वयमसेवकलाई ओमन याओ छु थेन अन मन खान खान सो इ स्या छ ना ली हाओ भनेर सोधेँ। अर्थात हामीलाई थेन अन मनको रमाइलो दृश्य हेर्न जानु छ अब हामीले कहाँ ओर्लनु बेश होला भनेर सोधेको हो मैले। अनि ती स्वयम सेवकले निमन याओ स्या छ सि तान इ हव याओ चौ लु भनिन्। हामीले सि तानमा नै रेल ओर्लेर हिँड्नुपर्ने भयो। हामी सि तान पुग्यौँ । त्यहाँ ओर्लिएर हामी धमाधम हिड्न थाल्यौँ। मलाई बेलुकीको त्यहाँको झिलिमिली बत्ती र त्यहाँको प्रवन्धले धेरै नै लोभ्यायो मलाई। हरेक दुई मिनेटको बाटोमा शौचालयको व्यवस्था प्रशस्त स्वयमसेवक अनि हरेक स्थानमा चुस्त प्रवन्ध अनि सरसफाइमा अति नै ध्यान दिइएको देखिन्थ्यो। हामी विस्तार विस्तार थेन अन मनमा पुग्यौँ। त्यहाँको त्यो प्रवन्ध हेर्ने मानिसहरू दशौँ लाखको सङ्ख्यामा देखिन्थे। चिनियाँ साथीहरू त्यहाँ भएको हुनाले कुन स्टल कुन प्रान्तको हो भनेर निहाल्न र बुझ्न सकिने अवस्था थियो। त्यहाँ रहेका तीस पैँतीसवटा सुन्दर स्टलले सम्पूर्ण चीनको प्रतिनिधिन्त्व गरेको देखिन्थ्यो। मैले देखेका हरेक स्टलहरूमा विशिष्ट विशेषता देखिएको थियो त्यसमा पनि शाङ हाइको स्टलमा रहेका अग्ला घर र हवाइजहाज,शान तोङ प्रान्तका नर्तकी,भित्री मङ्गोलियाको घोडाको प्रतिमूर्ति,युन नानको जनजाति,हङकङको झल्झलाकार बत्ती, अन्य स्टलमा भएका फलफूलका विशेषता अत्यन्त मनमोहक थिए। फू च्यान प्रान्तको प्रवन्धले पनि धेरै नै आकर्षित गरेको थियो। सि चाङ वा तिव्वतको प्रवन्ध पनि कम आकर्षक थिएन त्यहाँ। त्यहाँ अग्लो हिमालको प्रवन्ध त्यहाँ कायम थियो जुन विशेषता अन्य कुनै पनि प्रान्तको प्रवन्धमा थिएन। त्यसका साथै तिब्बती लामाहरूले पूजापाठ गर्ने लामा गुम्बाको प्रवन्ध पनि धेरै नै आकर्षक देखेँ मैले। यसरी ती स्टलहरू हेर्दै अवलोकन गर्दै गयौँ हामी। त्यहाँ सबैजना आआफ्नै सुरमा थिए। त्यस मेलाको एउटा अर्को पनि आकर्षण रहेको थियो। त्यो आकर्षण भनेको हरेक बालबच्चा तथा युवा युवतीको टाउकोमा विविध रङका अनि बत्तीजडित् गाईका सिङका प्रतिमूर्ति देखिन्थे। त्यहाँ अवलोकन गर्ने हरेकजसोका हातमा चीनको पाँचतारे झण्डा देखिन्थ्यो। मैले पनि एउटा आकर्षक झण्डा किनेँ अनि फहराएँ। धेरै चिनियाँहरूले मलाई हेरेको जस्तो लाग्यो। मैले पनि रातो रङको सिङ किनेँ अनि टाउकोमा लगाएँ। त्यसले त झनै आकर्षण थपेको जस्तो लाग्यो। ती हरेक स्थानहरूमा मैले फोटो पनि खिचेँ। यति हुँदाहुँदै बेलुकी साढे दश बजायो घडीले तर पैचिङमा भएको सुविधाले गर्दा कसैमा पनि त्यस्तो हतारको भाव थिएन त्यहाँ किनकि राती बाह्रबजेसम्म भूमिगत रेल सहज रुपमा प्राप्त गर्न सकिने अवस्था थियो। हामी घुम्दैघुम्दै रमाइलो हेर्दैहेर्दै राती एघार बजे रेल चढ्यौँ। घर आएर सुत्ने तर्खर गर्दा बाह्र बज्यो तर पनि मेरो मानसपटलमा तिनै रमाइला रमाइला दृश्यहरू घुमिरहेका थिए। मैले हेरेको त्यो मेला अतुलनीय थियो शायद जीवनमा त्यति रमाइलो मेला मैले हेरेको थिइनँ नै। यस्तैयस्तै कुराहरू सोच्दै राती बाह्रबजेतिर म आराम गरेँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040