
शाङ्गहाई विश्व एक्स्पो नजिकिंदैगएको परिप्रेक्ष्यमा शाङ्गहाईवरपरका शहरहरु क्रमश: चिनियाँ र विदेशी पर्यटकका लागि यात्राका गन्तव्य स्थान बनिसकेका छन्।
ऊ सि शहर च्याङ्ग सु प्रान्तको दक्षिणी भागमा पर्दछ जुन याँत्सी नदीको त्रीबेणी क्षेत्रको उपत्यकामा अवस्थित छ। त्यस शहरको उत्तरपट्टि याँत्सी नदी हुनुका साथै दक्षिणमा थाइ हु ताल रहेको छ। यो चीनको प्रसिद्ध सम्पन्न क्षेत्र रहेको मात्र नभई एउटा आधुनिक औद्योगिक शहर पनि हो। त्यसैले उ सि शहरलाई "सानो शाङ्गहाई" पनि भनिन्छ।
ऊ सि तथा शाङ्गहाईबीच करिब एक सय अठाईस किलोमिटर रहेको छ। त्यहाँको वातावरण ज्यादै रमणीय हुनुका साथै त्यहाँको इतिहास पनि गहिरो रहेको छ।

ऊ सि तीन हजार वर्षभन्दा लामो समय बोकेको एउटा प्रसिद्ध ऐतिहासिक शहर हो। जुन विश्वप्रख्यात चीनका दशवटा पर्यटकीय शहरहरुमध्येको एक पनि हो। हरेक वर्ष ऊ सि शहरमा करोडौंभन्दा बढी देश र विदेशका पर्यटकहरुको स्वागत गरिन्छ। पर्यटकहरु दिनमा खुशीसाथ ऊ सिका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्नुबाहेक रातिमा पनि मज्जासँग आराम गर्नसक्छन्।
ऊ सिमा एउटा सुन्दर ताल अवस्थित छ जुन लि हु ताल हो। त्यस ताल प्राचीन चीनका प्रसिद्ध ऐतिहासिक व्यक्ति फान लि तथा सि शले त्यस तालमा डुङ्गा चलाएका कारण नामी बनेको छ। लि हु तालको वरपर केही विशेष आकारका टापुहरु पनि छन्। त्यहाँ ऊ सिको सबैभन्दा ठूलो दिनभरि नि:शुल्क रुपमा खुला हुने बिशाल पार्क हुनुका साथै आधुनिक पर्यावरण देखाइने पर्यटकीय स्थल पनि हो।

उच्च वैज्ञानिक र प्राविधिक तरिका र आधुनिक बत्ति-प्रणालीको प्रयोग गरिएकाले रात भए पनि त्यहाँ ज्यादै उज्यालो र आकर्षित देखिन्छ। त्यसै कारण लि हु ताललाई स्थानीय बासिन्दा तथा देश र विदेशका पर्यटकहरुका लागि राति घुम्ने उपयुक्त ठाउँ मानिन्छ।
हरेक बेलुकी सात बजेर तीस मिनेट जाँदा लि हु तालको किनारमा रहेको "एक सय मिटर अग्लो खम्बाबाट अनवरत पानी निस्कने स्थान खुला हुन्छ। उज्ज्याला बत्ति चम्किरहेका साथ त्यस फोहोरायुक्त पानी पनि रङ्गीचङ्गी बनेर एकदमै सुन्दर देखिन्छ। त्यस्तो रमणीय दृश्यले लि हु तालले रातलाई झन् उज्ज्यालो र विशेषतायुक्त बनाएको हुन्छ।
लि हु तालको किनारमा बसेर शीतल हावा चलिरहेको बेला पर्यटकहरुलाई ज्यादै आनन्द लाग्छ। त्यहाँबाट छाड्न कसैलाई पनि मन हुँदैन। किनारामा आनन्दसँग बसिरहेका मानिसहरुमध्ये प्रायजसो स्थानीय बासिन्दाहरु हुन्छन्। लि हु तालको नजिकमा बसेकी सुश्री चाउको विचारमा रातको लि हु ताल झन् मनोरञ्जनात्मक देखिन्छ। उनी यसरी भन्छिन्:
लि हु ताल ज्यादै सुन्दर छ, यहाँको दृश्य एकदमै रमणीय छ। यहाँका बत्तिहरुले रातलाई अपेक्षाकृत उज्ज्यालो, सुन्दर र रङ्गीचङ्गी बनाएको मलाई लाग्छ।
|