
यस महिनाको एक तारिख जन-गणतन्त्र चीन स्थापना भएको 60औं वार्षिकोत्सव हो। यसदिन सबै चिनियाँहरुका लागि एकदमै महत्वपूर्ण तथा उत्कृष्ट दिन हो। चीनभरि गाउँ-गाउँमा फूलहरु फुल्छन्। मानिसहरुले विविध रमाइला कार्यक्रम गरेर यो उत्सब मनाउँछन्। यस महिनाको सङ्गीत कार्यक्रममा म मातृभूमिको माया व्यक्त गर्ने अनेकौं गीतहरू प्रसारण गर्छु। म तपाईँहरुका लागि सेनासम्बन्धी गीतहरू पनि प्रसारण गर्नेछु।
यस पटकको कार्यक्रममा मैले तपाईँहरुलाई "म र मेरो मातृभूमि" नामक गीत सुनाउछु।
म र मेरो मातृभूमि
कहिल्यै पनि छुट्टिन सक्दैनौँ
म जहाँ पुगे पनि मसँग देशको भजन-भक्ति छ।
मातृभूमिका हरेक पहाड अनि हरेक नदीको प्रशंसा म गर्छु।
मेरो प्यारो मातृभूमि, मेरो मन सधैं कसिलो रुपमा तिमीसँगै छ।
मेरो मातृभूमि र म समुद्र र लहरजस्तै छौँ।
लहर समुद्रको छोरा र समुद्र लहरमै निर्भर छ।
मातृभूमि खुसी भए म तिनको मुस्कान हुँ।
मातृभूमिका हरेक खुसी र दुःखमा म भाग लिने गर्छु।
मेरो प्यारो मातृभूमि, तिमी कहिल्यै नसुक्ने समुद्र हौ।
मेरो मन सधैँ कसिलो रुपमा तिमीसँगै छ।
यो मेरो तनमा रहेको गीत हो।
यो मेरो मनमा रहेको गीत हो।
यस गीतबाट मातृभूमिको एक सपूत छोराको आफ्नो मातृभूमिप्रतिको हार्दिक माया छचल्किएको छ। हवस् त, नयाँ चीन स्थापना भएको 60 वर्षको शुभ-अवसरमा कति ठूलो उपलब्धि हासिल भइसकेको छ। एक जना चिनियाँ नागरिकको हैसियतले मलाई पनि एकदमै गौरव लागेको छ। मातृभूमि –चीनलाई म हरपल हार्दिक माया गर्छु।

|