 छि राज्यका राजा लिङ कङमा एउटा लहड चलेर आयो।राजा महाराजाहरूमा बेलाबेलामा विभिन्न प्रकारका लहडहरू चल्नु स्वभाविकै हो।उनलाई के लहड चलेछ भने आफ्नो दरवारका सुसारे महिलाहरूले पुरुषको पोशाक पहिरिनु पर्ने रे। त्यो दृश्य राजा लिङ कङले हेर्नु पर्ने रे।
यसकै बारेमा अब न्यायालयमा यस विषयमा सुनुवाइ हुँदैछ।राजाले प्रधानमन्त्रीबाट उचित जवाफको अपेक्षा राखेका छन्।अदालतमा धेरै मानिसहरू भेला भए।आज राजाले राखेका हरेक प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने हुनाले यस विषयमा के कस्ता भनाइहरू आपसमा आइपर्ने होलान् भनेर सबैजना डराएका थिए।अब तुरुन्तै नै आपसमा प्रश्नोत्तरहरू आपसमा आउनेछन्।राजा लिङ कङले सोधे-

"सबैले राम्ररी मेरो कुरा सुन्नू। मैले यस राज्यमा पुरूषको पोशाक लगाउने महिलाहरूलाई कार्बाही गरेर यो कुराको अन्त्य गर्नू भनेको थिएँ। तर हुकुम भएको पनि यतिका दिन भइसक्यो। तर यसको कुनै पनि कार्यान्वयन भएको कुराको जानकारी कतैबाट पनि हालसम्म मिल्न सकेको छैन।मैले कुनै बेलामा देशभरिका सबै अधिकृतहरूलाई पुरुषको कपडा पहिरिने महिलाहरूलाई कडा कार्बाही गर्नू भनेकै थिएँ।त्यस्तो अवस्था देखेमा तिनीहरूको कपडा च्यात्ने कार्बाही चलाउनू भनेको नै थिएँ मैले।तिनीहरूको पटुका वा पेटी धुजाधुजा पार्नु भनेर आदेश पनि त दिएकै थिएँ नि। तर कुनै पनि कार्बाही हुन सकेन। यो काम हुन नसक्नुको वास्तविक कारण म यही सम्मानित् अदालतमा रहनुभएका प्रधानमन्त्री यान जीबाट पाउने पूर्ण अपेक्षा गर्दछु।"
यो सारा कुरा सुनेर त्यहाँ उपस्थित् सबैजना त्रसित् भए।यस्तो प्रश्नको जवाफ पक्कै पनि प्रधानमन्त्री यान जीले दिन सक्ने छैनन् अनि उनलाई कार्बाही हुनेछ भन्ने उनीहरूले अनुमान गरे।तर यान जी पनि के कम र, उनले पनि नडराइकन राजाको प्रश्नको डटेर सामना गर्ने विचार गरे।यान जी भन्दछन्-
मौसुफ, महाराजाधिराज,सर्वप्रथम त मौसुफबाट आफ्नो दरबारभित्रका महिलालाई पुरुषको पहिरन अनिवार्य लगाउने व्यवस्था गर्न हुकुम भएकै हो।तर दरवारबाहिरका कुनै पनि महिलालाई त्यस्तो गर्न कुनै पनि अनुमति भएन।अर्थात् त्यस्तो कपडा बाहिरका महिलाले लगाउन बर्जित पनि गरेकै हो।यो त बाहिर गोरु बाँधेर वा प्रदर्शन भित्र घोडाको मासु बेचेजस्तै नै भयो नि।पछि दरवारभित्रका त्यति सीमित महिलालाई त निर्णय उल्टाउन त्यति धेरै समय लाग्यो भने अब यत्रो राज्यभरिका महिलाको बानी परिवर्तन गर्न त समय लागिहाल्छ नि।"
यो कुरा सुनेर राजाले शिर निहुराए।उनले सबै अधिकृतलाई यान जीले भनेको झैँ गर्न लगाए।एक महिनापछि देशभर नै त्यो प्रवृत्ति रोकिएर गयो।
|