
ऊ सिमा एउटा सुन्दर ताल अवस्थित छ जुन लि हु ताल हो। त्यस ताल प्राचीन चीनका प्रसिद्ध ऐतिहासिक व्यक्ति फान लि तथा सि शले त्यस तालमा डुङ्गा चलाएका कारण नामी बनेको छ। लि हु तालको वरपर केही विशेष आकारका टापुहरु पनि छन्। त्यहाँ ऊ सिको सबैभन्दा ठूलो दिनभरि नि:शुल्क रुपमा खुला हुने बिशाल पार्क हुनुका साथै आधुनिक पर्यावरण देखाइने पर्यटकीय स्थल पनि हो।
हरेक बेलुकी सात बजेर तीस मिनेट जाँदा लि हु तालको किनारमा रहेको "एक सय मिटर अग्लो खम्बाबाट अनवरत पानी निस्कने स्थान खुला हुन्छ। उज्ज्याला बत्ति चम्किरहेका साथ त्यस फोहोरायुक्त पानी पनि रङ्गीचङ्गी बनेर एकदमै सुन्दर देखिन्छ। त्यस्तो रमणीय दृश्यले लि हु तालले रातलाई झन् उज्ज्यालो र विशेषतायुक्त बनाएको हुन्छ।

स्थानीय बासिन्दा श्री चौ पनि समयसमयमा लि हु ताल आउँछन्। उनी भन्छन्: यहाँको वायु ताजा छ र यहाँको वातावरण पनि निकै राम्रो छ। म प्रत्येक हप्ताको मङ्गलबार र बुधबार यहाँ घुम्न जाने गर्दछु। दिनमा काम गर्नका कारण सामान्य रुपमा म रात परेपछि यहाँ आउँछु। यस्तो रमणीय ठाउँमा बसेको एकजना बासिन्दाको हैसियतले मलाई ज्यादै गौरव लागेको छ।
रातमा लि हु तालको मनोरञ्जनात्मक दृश्यले अरु ठाउँबाट आएका पर्यटकहरुलाई निकै आकर्षित पारेको छ। शीतल हावा र सुन्दर दृश्यको गहिरो अनुभवमा रहनुभएका शाङ्गहाईका पर्यटक श्री चाङ्ग यसरी भन्छन्:
यहाँ रातिको दृश्य झन् सुन्दर देखिन्छ। वायु पनि शीतल छ। म भर्खरै भात खाएपछि यहाँ घुम्न आएको छु।

ऊ सि शहरमा अवस्थित छिङ्ग श सडक र चोङ्ग शान सडक दुइवटा ज्यादै रमाइला ठाउँ हुन्। सन् 2000को जनवरी महिनामा यूरोपेली शैलीको छिङ्ग श बाटो ऊ सिमा निर्माण गरिएको थियो। बितेका केही वर्षको विकासमार्फत त्यहाँ ऊ सि शहरमा रहेको प्रसिद्ध "मीठो खानेकुरा पाउने सडक"बनिसकेको छ। बासिन्दा र पर्यटकहरुले खाने, लाउने र किनमेल गर्नका लागि ती दुइवटा सडकको छनौट गर्न निकै उपयुक्त हुन्छ।
चोङ्ग शान सडक सारा देशमा बिक्री मात्राको सूचीको सातौं स्थानमा रहेको प्रसिद्ध वाणिज्य सडक हो। त्यहाँ ऊ सिका स्थानीय बासिन्दाहरुले आराम गर्ने र किनमेल गर्ने सबभन्दा उपयुक्त ठाउँ पनि हो। एकजना ऊ सि बासीले हामीलाई यसरी जानकारी दिंदै भने:
यहाँको वातावरण निकै राम्रो मलाई लाग्छ। बेलुकी भात खाएपछि परिवारका सदस्यहरुसँग यहाँ घुम्नु मेरो लागि एक किसिमको मीठो उपभोग नै हो।
अर्का ऊ सि बासीले हामीलाई के बताएका छन् भने यस सडक ऊ सि शहरमा रहेको सबैभन्दा रमाइलो ठाउँ हो। यहाँ बेच्न राखिएका माल-सामान थरी-थरीका हुन्छन्। पसलहरुको संख्या पनि निकै बढी छ।
|