
यस महिनाको एक तारिख जन-गणतन्त्र चीन स्थापना भएको 60औं वार्षिकोत्सव हो। यसदिन सबै चिनियाँहरुका लागि एकदमै महत्वपूर्ण तथा उत्कृष्ट दिन पनि हो। चीनभरि गाउँ-गाउँमा फूलहरु फुल्छन्। मानिसहरुले विविध रमाइला कार्यक्रम गरेर यो उत्सब मनाउँछन्। यस महिनाको सङ्गीत कार्यक्रममा म मातृभूमिको माया व्यक्त गर्ने अनेकौं गीतहरू प्रसारण गर्छु। म तपाईँहरुका लागि सेनासम्बन्धी गीतहरू पनि प्रसारण गर्नेछु।
राष्ट्रिय झण्डा, चिनो र गीत मुलुकको चिन्ह हुन्। सबैलाई थाहा छ, चीनको राष्ट्रिय झण्डा पाँच तारे लाल झण्डा हो। पाँच तारे लाल झण्डोत्तोलन हुँदा र राष्ट्रिय गीत सुन्दा सबै चिनियाँहरुको मनमा गौरव महशुस स्पष्ट रुपमा हुन्छ। त्यसैले चीनको प्रशंसा गर्ने पाँच तारे लाल झण्डा सधैं नै महत्वपूर्ण विषय पनि हो। अवश्य नै, चिनियाँ गीतहरुमध्ये पाँच तारे लाल झण्डासम्बन्धी गीत पनि धेरै छन्। यस पटकको संगीत कार्यक्रममा मैले "पाँच तारे लाल झण्डा" शीर्षकको एउटा गीतको बारेमा जानकारी दिन्छु।
यो रङ सूर्यबाट पाएको हो।
सबैलाई यस रङ मनपर्छ।
यो विश्वव्यापी सबैभन्दा सन्दर मुख हो।
सबै यसलाई माया गर्छन्।
तपाईंका आँखाले मलाई आकर्षित गरेको
सपनामा पनि म तपाईँलाई याद गर्छु।
म घर छोडेको बेला
तपाईँले मलाई शक्ति दिनुभएको हो।
पाँच तारे लाल झण्डा,
तपाईँका लागि मलाई गौरव लाग्छ।
तपाईंका लागि म दिलासा गर्छु।
तपाईँलाई म शुभकामना दिन्छु।
तपाईको इमानदारी मेरो जीवनभन्दा महत्वपूर्ण छ।
लाल झण्डा सधैँभरि फहराउँछ।
लाल झण्डा सधैभरि फहराउँछ।

|