
छि राज्यको महिमा पहिलेदेखि नै थियो।त्यहाँका प्रधानमन्त्री यान जी धेरै नै बुद्धिमान थिए अनि साथमा अत्यन्तै शक्तिशाली पनि।उनका अगाडि अरुले त के आफ्नै राज्यका राजाले पनि उनको बुद्धिलाई हराउन सकेका थिएनन्।त्यस राज्यका समस्त जनता पनि प्रधानमन्त्री यान जीको कुशल व्यवहार र शासनकला देखेर चकित भएका थिए।देश र विदेशमा हुने महत्वपूर्ण कार्यहरूमा राजाले तिनै प्रधानमन्त्री यान जीलाई पठाउने गर्दथे।उनी पनि कठिनभन्दा कठिन जिम्मेवारी पनि जुक्ति बुद्धि लगाएर सजिलै पूरा गर्ने गरेका थिए। कसैले पनि उनीसँग तर्क गर्न सक्दैनथे।किनकि उनी जुक्ति बुद्धि र शक्तिका नमुना नै थिए भने पनि हुन्छ।
अब कथाको प्रसङ्ग बदलौँ कि छि राज्यका राजाले एउटा सहयोगी मिसन छिमेकी राज्य छुमा पठाउनुपर्ने भयो।कसको नेतृत्वमा त्यो मिसन पटाउने त भन्ने बारेमा राजाले धेरैबेर सोचे अनि निष्कर्ष निकाले कि यो मिसनको नेतृत्व केवल देशका प्रधानमन्त्री यान जी ले मात्र लिन सक्छन् भनेर।यही कुरालाई मध्यनजर राखेर उनले प्रधानमन्त्री यान जीलाई मिसनको नेतृत्व गरेर छु राज्यतर्फ पठाइयो।वास्तवमा छु राज्यका राजा र छि राज्यका राजाबीच केही समयअघि केही कुरामा मनमुटाब भएको थियो।त्यसैले छु राज्यका राजाले प्रधानमन्त्री यान जीलाई प्रयोग गरेर छि राज्यको शेखी झार्ने मनशाय लिएका थिए।

जसरी पनि छि राज्यलाई होच्याउन पाए आफू अत्यन्त हर्षित् हुने बिचार उनले लिए।यसै सन्दर्भमा एकदिन छु राज्यका राजाले प्रधानमन्त्री यान जीका लागि रात्रीभोजको आयोजना गरे।उनको भित्री मनशाय भनेको रात्रीभोजको मौका पारेर आफ्नो राज्य सक्षम अनि छि राज्यचाहिँ असक्षम भन्ने देखाउनु रहेको थियो। छु राज्यका राजाले रात्रीभोजको आयोजना गर्ने अनि छि राज्यका राजा र राज्यलाई होच्याउने बिचार गरे।रात्रीभोज ठीक समयमा नै सुरु भयो। सबैजना आआफ्नै काममा व्यस्त थिए। रात्रीभोजमा कुनै पनि कुराको कमी नहोस् भनेर छु राज्यका राजाले सम्बन्धित् अधिकारीहरूलाई निर्देशन गरिसकेका थिए।राजा पनि रात्रीभोजमा दुईजना छुद्र प्रकारका अधिकारीका साथमा रहेका थिए।ती दुई अधिकारी कुनै नाटकका विदुषक वा जोकरजस्तै देखिन्थे।उनीहरूको अनुहारबाट नै उनीहरूको हैसियत स्पष्ट देखिन्थ्यो।राजाले ती दुईमध्ये एक अधिकारीलाई देखाएर ठट्टा गर्दै भने-
त्यो अपराधीले के अपराध गरेको रहेछ ।
एक अधिकारीले जवाफ दिए-
चोरी गरेको रहेछ सरकार
राजाले दोस्रो अधिकारीलाई सोधे-
ऊ कहाँको रहेछ ?

जवाफ आयो दोस्रो अधिकारीबाट –
त्यो अपराधी त छि राज्यको रहेछ सरकार ।
अनि राजाले यान जीतिर फर्किएर भने-
भनेपछि छि राज्यका जनताहरू चोरी गर्नमा निकै सिपालु रहेछन् होइन त प्रधानमन्त्री यान जी ?
क्रमश
|