फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन तिब्बती चो ऊ नाचबाट नयाँ युगको लय गुन्जायमान-1

(GMT+08:00) 2009-11-18 15:44:53

              "चो ऊ नाच" तिब्बती भाषामा "कम्मर दमाहा नाच"को अर्थ हो। "चो" को अर्थ लच्छीन वा मङ्गगलमय हो। सामान्यतया त्यो ठूल्ठूला महोत्सव शुरु हुने वेला वा समाप्त हुँदा देखाइन्छ। तिब्बती परम्परागत नृत्य संस्कृतिको एक विशेष कला र हाल विश्वमा विद्यमान विभिन्न जातीय परम्परागत नृत्य संस्कृतिका सबैभन्दा पुरानो नाचहरुमध्येको एकको रुपमा रहेको यो "चो ऊ नाच"को इतिहास एक हजार तीन सय वर्षभन्दा लामो छ।

             "चो ऊ नाच" को बारेमा एउटा किम्बदन्ती छ की ख्रष्टाव्दी आठौं शताव्दीको मध्यकालतिर सैंतीसौं तिब्बती राजा ठ्सोंगतेचानले केही महा भिक्षुहरुको सहयोगमा यालुचाँगपु नदीको उत्तरी किनारमा तिब्बतको पहिलो गुम्बाको निर्माण गर्न लगाउनुभयो। दिउँसो कालिगडहरुले पसिना काढेर मेहनतका साथ बनाएको भित्तालाई बेलुकी राक्षसले भत्काइदिएको हुन्थ्यो। राक्षसलाई भ्रम पार्नका लागि महाभिक्षुले ता पु भन्ने ठाउँबाट दाजुभाई सातजनालाई निम्त्याउनुभयो। तिनीहरु "चो ऊ नाच" नाच्ने अभिनेता हुन। उनीहरुले "चो ऊ नाच" नाचेर राक्षसलाई धपाएका थिए। त्यसवेलादेखि नै "चो ऊ नाच" त्यहाँ फैलान थाल्यो।

              तिब्बत स्वायत्त प्रदेशको कोंग गा जिल्लाको छांग को टाउन्शीप "चो ऊ नाच" को उत्पति स्थल हो। त्यहाँ बूढाबूढीदेखि लिएर बालबालिकासम्म सबैले दमाहा पिट्नासाथ "चो ऊ नाच" नाच्न थालिहाल्छन। यस वर्ष असी वर्षभन्दा बढी चढीसकेका बूढो टाशी टुन्चु "चो ऊ नाच" नाच्न निकै सिपालु व्यक्ति हुनुहुन्छ। उहाँ ट्रेन्गो "चो ऊ नाच" नाच्ने सबैभन्दा जेठा उत्तराधिकारी पनि हुनुहुन्छ। अहिले गाउँका युवा केटाहरुले धान मैदानमा "चो ऊ नाच" नाच्न अभ्यास गर्दा बूढो

 

            टाशीटुन्चुले तिनीहरुले नाचेको गल्ती होला भनेर डरले आफ्नो ध्यानलाई ज्यादै एकत्रित गरेर हेरिरहनुहुन्छ र वेला वेलामा कराएर ती युवाहरुलाई सच्याउनुहुन्छ। बूढो टाशीको आँखामा "चो ऊ नाच" अतुलनीय पवित्र नाच हो। त्यो पूर्व पुर्ख्यौलीले आफ्ना भावी सन्तानहरुलाई छोडेका अपार आत्मिय सम्पति हो। तर आज ती युवाहरु सिक्दाको अवस्थाको तुलनामा पचास वर्षभन्दा अघि बूढो टाशी टुन्चुले "चो ऊ नाच" नाच्न सिक्दाको अवस्था ज्यादै दुखपूर्ण थियो। उहाँ भन्नुहुन्छ-

                "म तात्कालीन तिब्बती काश्या सरकारलाई कुल्लीको कामको सट्टामा "चो ऊ नाच" सिकेको थिएँ। प्रत्येक तिब्बती नयाँ वर्षमा सबै परिवारका सदस्यहरु भेला भएको वेलामा हामी जस्ता "कलाकारहरु"ले ल्हासा गएर तीन ठूला रजौटाहरुका लागि नाच नाच्नुपर्दथ्यो। नाचेर ज्यालाको कुरै नगरुँ, पानीसमेत खान पाइदैनथ्यो। जीवनचर्याका लागि अर्कै काममा लागेको हुँदा हामीले राम्ररी सिकेका थिएनौ"।

              सन 1959 मा तिब्बतको प्रजातान्त्रिक सुधार भएपछि अझ खास गरी गत शताव्दीको सत्तरी दशकको अन्ततिर लागू भएको सुधार र खुलापनदेखि यता चीन सरकारले जातीय सांस्कृतिक संरक्षण र विकासको कार्यमा ज्यादै महत्वपूर्ण दृष्टि पुर्‍याएको कारण उहिले उहिले सुनसान र अनकन्टार पहाडी गाउँमा कम्मर दमाहा पिटेको ठूलो आवाज गुँज्न थालेको छ र प्राचीन र रहस्यमय "चो ऊ नाच" ले फेरि मनमोहक आकर्षण देखाउन थालेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह