फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वनजङ्गल संरक्षण तथा विकासबारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-07-06 18:16:46

       सापकोटाजी केहि वर्षदेखि यता चीन सरकारले वनजङ्गलको संरक्षण र विकास गर्ने कार्यलाई महत्व दिने गरेको छ। चीन सरकारले वनजङ्गलको संरक्षण गर्नका लागि धेरै नीतिहरु तर्जुमा गरेको छ। खनजोत गर्नलायक नभएका खेत जग्गामा वृक्षारोपण गर्ने र घाँस लगाउने सम्बन्धी नीति ती धेरै नीतिहरुमध्येको एक हो। यस नीतिलाई व्यवहारमा लागू गरेपछि निकै राम्रो भएको छ। यस बाहेक वनवंगलको संरक्षण सम्बन्धी अरु धेरै नीतिहरु पनि तर्जुमा गरिएका छन्।

          अहिले मेरो हातमा अर्को प्रश्न छ नेपालको मोरङ वयरवन-नौका नारायण प्रसाद पोखरेलको । पत्रमा उहाँले चीन भ्रमण गर्न पर्यटकका लागि कुन समय उपयूक्त हो?यसका साथै एक साता चीन भ्रमण गर्दा न्यूनतम कति खर्च हुन्छ र कुन-कुन क्षेत्रलाई भ्रमण गर्न प्राथमिकता दिए हुन्छ?भनेर सोध्नुभएको छ ।

          चीनको क्षेत्रफल 93 लाख 60 हजार बर्गकिलोमिटर छ, चीनको विभिन्न क्षेत्रको हावपानी फरक फरक छ, तपाईं जहिले चीनमा आउनु भएपनि धेरै रमाइलो ठाँउको भ्रमण गर्नसक्नु हुन्छ। पैचिंगको भ्रमणका लागि शरद ऋतु सबैभन्दा राम्रो हुन्छ। चीनमा शरत ऋतु सेप्टेम्बर, अक्टोबर र नभेम्बर महिनालाई मानिन्छ। यस समयमा पैचिंग सबैभन्दा सुन्दर देखिन्छ। एक साता एक जनाले पैचिंगको भ्रमण गर्दा न्यूनतम कति खर्च लाग्छ भन्नु भन्दा पनि कुन यात्रुले कति खर्च गर्छन् भन्ने कुरा हो। चीनमा धेरै क्षेत्रहरु सुन्दर छन्, तर प्रायःमानिसहरु पैचिंग, शाङहाइ, तिब्बत स्वायत्त प्रदेश आदि क्षेत्रहरु भ्रमणका लागि जाने गर्दछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह