फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा गरीव र धनी बीच भेदभाव बारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-06-08 11:05:45

      सन् 1979 पछिको लगभाग बीस वर्षभन्दा बढी अवधि चीनमा सबैभन्दा छिटो आर्थिक विकास भएको र बासिन्दाहरुको आम्दानीमा पनि सबैभन्दा बढी वृद्धि भएको अवधि हो। यो अवधीमा प्रति वर्ष सरदर सात दशमलब दुइ प्रतिशतले वृद्धि भएको पाइएको छ। शहर र बस्तीका वासिन्दाको प्रयोग गर्न सकिने आम्दानी तीन सय त्रिचालिसबाट बढेर सात हजार सात सय चौंतीस चिनियाँ युवानसम्म पुगेको छ । यो सालाखाला प्रति वर्ष छ दशमलब सात प्रतिशतले बढेको पाइएको छ ।

      सन् 2008मा चिनियाँहरुको जीवन स्तरमा यथावत रुपमा सुधार हुदैआएको छ। वर्षदिनमा चीनका शहरमा सरदर आम्दानी पंध्र हजार सात सय एकासी चिनियाँ युआन र बस्तीका बासिन्दाहरुको सरदर आम्दानी चार हजार सात सय एकसट्ठी चिनियाँ युवान पुगेको छ। बजार-भाउ वृद्धिको कारण भएको अतिरिक्त खर्च कटाएर वास्तवमा नौ प्रतिशतले वृद्धि भएको पाइएको छ।

      अहिले चीनको बजारमा दैनिक उपभोग्य वस्तु र खाद्यान्नको अभावको स्थितिलाई पूराका पूरै हटाइएको छ। नागरिकहरुको उपभोग र खर्चको अवस्थामा पनि निकै हेरफेर आएको देखिएको छ । नागरिकहरुको सम्पूर्ण उपभोग तथा आम्दानी र खर्चमा पनि आधारभूत आवश्यकताका खानेकुरा, लत्ता-कपडा तथा आधारभूत उपभोग्य वस्तुको खर्चले ओगटेको अनुपातमा ठूलो मात्रामा कटौती भएको छ भने घर, यातायात र सञ्चार, स्वास्थ्य उपचार, संस्कृति, शिक्षा र मनोरन्जन, आराम-विश्राम र पर्यटन आदि क्षेत्रको खर्चको अनुपातमा तिव्र वृद्धि भै जीवन स्तरमा झन् सुधार भएको देखिएको छ।

      यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोताहरु अहीले प्रस्तुत् गर्दै थियौ पत्र मन्जुषा कार्यक्रम आजलाई कार्यक्रम यत्ति आगामी हप्ताको कार्यक्रममा भैट्नेनै छौं तव सम्मका लागि हामीलाई विदा दिनुहोस ।नमस्ते

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह