फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वनजङ्गल संरक्षण तथा विकासबारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-07-13 20:06:34

       अहिले मेरो हातमा उदयपुर हँडिया देबधाराका अर्का एक जना श्रोता कुमार चौधरीको पत्र छ। पत्रमा उहाँले चीनमा माछा-मासु नखाने मान्छे पाइन्छ की पाइँदैन? म पनि एक वैष्णव धर्मको मान्छे भएको नाताले जन्मेदेखि हालसम्म माछा-मासु खाएको छैन र जिन्दगी भरी खानु पनि हुँदैन भन्ने मान्यतामा छु। तसर्थ म जस्तै वैष्णवहरु चीनमा कति छन्?

      चीनमा माछा-मासु नखाने मान्छे पाइन्छन्, तपाईं जस्तै जन्मेदेखि नै माछा-मासु नखाने मान्छे धेरै कम छन्, तर माछा-मासु नखाने केहि बौद्ध धर्मावलम्बीहरु पनि छन्। अहिले चीनको जनसंख्या एक अर्ब तीस करोड छ, तपाईं जस्तै वैष्णवहरु चीनमा छैन। तर मान्यता के रहेको छ भने माछा-मासुमा प्रशस्त प्रोटिन रहेको हुन्छ अनि मानिसको स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक छ।

लालिमा- आचार्य. जी अहिले मेरो हातमा सिर्जनशिल सि.आर.आइ. रेडियो श्रोता क्लबका सदस्य सोमराज सेढाइको एउटा पत्र छ। पत्रमा उहाँले चीनमा केटा र केटीको विवाहको उमेरलाई कति वर्षको लागि न्यूनतम भनि तोकिको छ र विवाहको अवसरमा केटा-केटीहरुले आफू खुशी अर्थात आफ्नो वुवा, आमा, दाजु, दिदिहरुको बाध्यतामा नपरिकन पनि विवाह गर्न सक्छन कि सक्दैन?भनेर सोध्नु भएको छ ।

      सोमराजजी चीनको विवाह ऐन अनुसार, केटा कम्तिमा 22 वर्ष र केटी कम्तिमा 20 वर्षको भएपछि विवाह गर्न सक्छन्। ढिलो विहे गर्नेहरुमा पनि केटा र केटिको उमेरमा 2-3 वर्षको फरक हुनु पर्दछ। अहिले चीनमा धेरै केटा-केटिहरुले आफू खुशी विवाह गर्न सक्छ। घरमा बाबु, आमा, दाजु, दिदिहरुको बाध्यतमा नपारिकन पनि विवाह गर्न सक्छन्, तर घरको बाबु, आमा, दाजु, दिदिहरुले यस विवाहलाई पनि स्वीकार गरेमा झन् राम्रो हुन्छ।

      अहिले मेरो हातमा रामाइलो सि.आर.आई श्रोता क्लबका अध्यक्ष निराजन तिवारीको एउटा पत्र छ। पत्रमा उहाँले चीनको शिक्षा पद्धतिको बारेमा जानकारी माग्दै चिनियाँ जनताहरुको सक्षरता स्थीती बताई दिनुहुन अनुरोध गर्दछु भन्नु भएको छ।

      तिवारीजी चीनको धेरै जसो क्षेत्रमा केटा केटीहरु छ वर्षको उमेरमा प्राथमिक विद्यालयमा भर्ना हुने गर्दछन्। एक कक्षा देखि छ कक्षासम्मको पढाई प्राथमिक विद्यालयको हो, सात कक्षादेखि नौ कक्षासम्म माध्यमिक विद्यालयको हो र दश कक्षादेखि बाह्र कक्षासम्म उच्च माध्यमिक विद्यालयको हो। यस पछी विश्वविद्यालयमा प्रबेश हुन्छ ।हाम्रो मुलुकका विश्वविद्यालयको पढाइ चार वर्षको हुन्छ। अहिले हाम्रो देशमा एक कक्षादेखि नौ कक्षासम्म नौ वर्षको अनिवार्य शिक्षा पद्धति कार्यान्वित छ। केहि वर्षदेखि यता धेरैजसो चिनियाँ जनताहरु धेरै शिक्षित भएका छन्, विश्वविद्यालयमा भर्ना हुने संख्या पनि बढी छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह