फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष चीनको समष्टिगत आर्थिक नीति निश्चित

(GMT+08:00) 2009-12-08 18:06:35

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा चीनको राज्य परिषदको संयुक्त संयोजनमा आयोजित केन्द्रीय समितिको आर्थिक कार्य सम्मेलन आज पैचिङ्गमा सम्पन्न भएको छ। उक्त सम्मेलनमा समष्टिगत आर्थिक नीतिको निरन्तरता तथा स्थिरता कायम राख्दै सकारात्मक वित्तीय नीति तथा खुकुलो मुद्रा नीति अङ्गाल्दै जाने निश्चित गरिएको छ। यसका साथै आर्थिक विकास गर्ने तरिकाको परिवर्तनलाई अघि बढाई भित्री माग विशेष गरी बासिन्दाहरुको उपभोग्य माग बढाउने कुरामा उक्त सम्मेलनमा जोड दिइएको छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

           केन्द्रीय समितिको आर्थिक कार्य सम्बन्धि वार्षिक सम्मेलन चीनमा सबभन्दा उच्चस्तरीय आर्थिक सम्मेलन हो। आगामी वर्ष चीनको आर्थिक कार्यलाई निश्चित गर्नु यस सम्मेलनको मुख्य भूमिका हो। हाल मौद्रिक संकटको प्रभाव विद्यमान नै रहेको पृष्टभूमिमा चीनको अर्थतन्त्रको पुनरुत्थान शुरु भएकोले यस सम्मेलनले ध्यानाकर्षण पाएको देखिन्छ।

            यस पटकको सम्मेलनमा आगामी वर्षमा सकारात्मक वित्तीय नीति तथा खुकुलो मुद्रा नीति अंगाल्दै जाने कुरा प्रस्तुत गरिएको छ। मुद्राको ऋणको बृद्धि गतिलाई राम्रोसँग नियन्त्रित गर्ने कुरा पनि सम्मेलनमा औंल्याइएको छ। यसबाट चालू वर्षमा वितरण गरिएको दश खर्ब चिनियाँ युआन बराबर ऋणको बृद्धि गति आगामी वर्षमा मन्द हुने सङ्केत दिइएको छ।

             आगामी वर्षको आर्थिक कार्य राम्रोसँग पूरा गरी विकासको तरिकाको परिवर्तनलाई मुख्य स्थानमा राख्ने कुरामा सम्मेलनमा जोड दिइएको छ। यसका साथै अर्थतन्त्रको स्थिर विकास तथा आर्थिक विकास तरिकाको परिवर्तनलाई छिटो पार्ने कार्यलाई प्रणालीबद्ध रुपमा जोड दिइने कुरा पनि सम्मेलनमा उल्लेख गरिएको छ।

             यस पटकको सम्मेलनमा प्रस्तुत नागरिकहरुको आम्दानीको वितरण मिलाएर उपभोगको माग बढाउने विषयबारे चर्चा गर्दै छिङ्गह्वा विश्वविद्यालयअन्तर्गत् चीन तथा विश्व अर्थतन्त्र अनुसन्धान केन्द्रका प्राध्यापक युआन काङ मिङले भनेः "चीन उपभोग अपुग भएको अवस्था अथवा उपभोग दर तल झर्ने अवस्थामा पर्दछ। यसको मुख्य कारण नागरिकहरुको आम्दानीको बढावा अपुग हो र नागरिकहरुको आम्दानी कूल गार्हस्थ उत्पादन परिमाणमा औगटेको दर कम हुँदै गएको हो। नागरिकहरुको आम्दानीको बढावा नभएमा उपभोग गर्ने क्षमता बढ्न सक्दैन। उपभोगको दर कम भएको अवस्थालाई सुधार गर्नका लागि नागरिकहरुको आम्दानी उकास्नुपर्छ। यस पटकको आर्थिक कार्य सम्मेलनमा यसै विषयमा जोड दिइएको छ। यसबाट यस सम्बन्धि नयाँ छनौट प्रस्तुत गरिएको देखिन्छ।"

               हाल चीनमा माथि हुँदै गएको घरको भाउलाई लक्षित गरी यस पटकको सम्मेलनमा सामान्य घरको आपूर्तिलाई बढाउनुका साथै नागरिकहरुको वर्तमान बस्ने अवस्था सुधार गर्ने मागको समर्थन गर्ने उपाय प्रस्तुत गरिएको छ। सस्तो भाडामा घर लिने लगायत प्रात्याभूति दिने घरको निर्माण कार्यलाई मजबूत पारिने कुरा सम्मेलनमा पनि औँल्याइएको छ। यसबारे चर्चा गर्दै चाइना ग्यालक्सी धितो कारबार कम्पनीका प्रथम अर्थविद चो स्याउ लैले घर किन्ने खर्च घटाव गर्नु भनेको सर्वसाधारणको आम्दानीलाई बढाएर उपभोग गर्ने क्षमतालाई बढाउनु हो भन्ने विचार व्यक्त गरिन। यसबारे विस्तृत रुपमा भन्दै उनले भनिनः "जस्तै भनौं, प्रत्याभूति दिने घरमा तथा सामाजिक प्रत्याभूति प्रणालीमा लगाइने लगानीलाई बढाएर बासिन्दाहरुको खर्च घटाउनुको अर्थ उनीहरुको आम्दानीलाई बढाउनु हो। यसै कारणले सम्मेलनमा वित्तीय नीतिले दैनिक जीवनसँग घनिष्ट सम्बन्ध हुने क्षेत्रमा ध्यान दिने कुरामा जोड दिइएको छ। यसले गर्दा वास्तवमा सर्वसाधारणहरुको आम्दानी बढाउनु हो।"

              यस पटकको सम्मेलनमा शहरीकरण प्रक्रियालाई बढाउनुपर्ने कुरामा पनि जोड दिइएको छ। यसबारे चर्चा गर्दै छिङ्गह्वा विश्वविद्यालय अन्तर्गत चीन तथा विश्व अर्थतन्त्र अनुसन्धान केन्द्रका प्राध्यापक युआन काङ मिनले भनेः "मझौला तथा साना शहरको उपभोग बढाइनु उपभोगको एउटा महत्वपूर्ण भाग हो। ती शहरहरुको जनसंख्या चीनको कूल जनसंख्याको एउटा ठूलो भाग हो। यसलाई आर्थिक बनौटको परिवर्तनको मुख्य भाग बनाउनुपर्छ। यो एउटा महत्वपूर्ण छनौट पनि हो।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह