फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको समष्टिगत आर्थिक नीतिबारे

(GMT+08:00) 2009-12-17 17:45:37
          केही दिनअघि सम्पन्न भएको चीनको केन्द्रिय आर्थिक सम्मेलन पछी एक विज्ञप्ति प्रकाशित गरिएको छ। सो विज्ञप्तिका अनुसार आउने बर्षमा चीनले सकारात्मक आर्थिक र खुकुलो मुद्रा नीतिको कार्यान्वयन गर्नुका साथै यस्तो नीतिको कार्यान्वयनको गति र महत्वबारे राम्ररी विचार गर्ने छ। यसबाट चीनले समष्टिगत आर्थिक नीतिको निरन्तरता र स्थीरतालाई कायम राख्दा आर्थिक लगानीको सामञ्जस्यतालाई पनि अघि बढाउने कुरा प्रतिबिम्बित भएको देखिन्छ।

        अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट चीनमा भएको नराम्रो असरको सामना गर्न चीन सरकारले गत बर्षको अन्तमा सकारात्मक आर्थिक तथा खुकुलो मुद्रा नीतिको कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसबाट चीनको अर्थतन्त्र सारा विश्वका अगाडि पुनः विकसित भएको देखिन्छ। सारा विश्वमा आर्थिक विकासको भविष्य स्पष्ट नभएको हालको परिस्थितिमा चीनले समष्टिगत आर्थिक नीतिको स्थीरतालाई कायम राख्नु निकै अवश्यक रहेको कुरा चीनको सामाजिक एकेडेमीका डाक्टर चांग थाउले बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

        "सन् 2009 मा चीनको आर्थिक बृद्धि आठ प्रतिशतले भएको छ। यस्तो राम्रो प्रवृत्ति कायम रहनुको कारण चाहिं सरकारको निर्देशनमा हुने लगानी नै हो। हाल सारा विश्वको आर्थिक पुनरुत्थानको परिस्थिति केही आशावादी रहेतापनि त्यसमा अझ पनि धेरै अनिश्चित कुराहरु रहेका छन्। त्यसैले हाम्रो देशको आर्थिक पुनरुत्थानको मुख्य अवधिमा सकारात्मक आर्थिक नीति र खुकुलो मुद्रा नीतिलाई कायमै राख्नुका साथै यी नीतिको निरन्तरता र स्थीरतालाई पनि कायमै राख्नुपर्दछ।"

          चीनको अर्थ मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार आउने बर्षमा चीनले अझ बढी आर्थिक स्रोतको प्रयोग गरि जनताको जीवन स्तरमा सुधार तथा सामाजिक कार्यको विकास गर्ने छ। चीन सरकारले ग्रामीण र अविकसित क्षेत्र तथा जातिय क्षेत्रमा बसोबास गर्ने जनताको जीवनको सुधारमा अझ बढी आर्थिक समर्थन गर्ने छ। यसका अतिरिक्त चीनले कर सम्बन्धी नीतिको कार्यान्वयनबाट आम्दानीलाई सामञ्जस्य गर्ने, उपभोग सम्बन्धी नीतिलाई पूर्णता दिने र आर्थिक विकासको सन्तुलनलाई सबल पार्ने छ।

           चीनको अर्थ मन्त्रालयअन्तर्गत आर्थिक विज्ञान अध्ययन केन्द्रका प्रमुख चा खांगले चीन सरकारले सकारात्मक आर्थिक नीतिको कार्यन्वयन गर्दा माध्यम तथा साना व्यवसायको समर्थन गर्नुपर्ने कुरा औंल्याउनुभयो। उहाँका अनुसार अबउपरान्त चीनले अहिलेसम्म सञ्चालन गरिरहेको परियोजनाको कार्यान्वयनलाई पूरा गर्नुका साथै नयाँ लगानी परियोजनालाई गम्भीरताका साथ छान्ने छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

            "रेलमार्ग, राजमार्ग र विमान स्थल जस्ता परियोजनाको निर्माणमा लामो समय लाग्छ। सन् 2009 मा चीनमा यस्ता धेरै नयाँ परियोजनाको निर्माण शुरु भएको छ। त्यसैले आउने बर्षमा यी परियोजनालाई पूरा गर्नका लागि समय लाग्ने भएकाले नयाँ परियोजना शुरु गरिने छैन। तापनि नयाँ ग्रामीण क्षेत्रको निर्माण, पर्यावरणीय वातावरणको संरक्षण र आफ्नो विवेकशिलताको सिर्जना आदि जनताको जीवन सम्बन्धी परियोजनामा भने अझ बढी लगानी गरिने छ।"

           गत बर्ष चीनले खुकुलो मुद्रा नीतिको कार्यान्वयन गरेबाट आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस वर्षका अघिल्ला एघार महिनामा चीनमा चिनियाँ युआन अर्थात रन मिन पीको नयाँ ऋणको संख्या 92 खर्व दश अर्व चिनियाँ युआन पुगेको छ। जुन संख्या गत वर्षको सोहि अवधिको तुलनामा 50 खर्व 60 अर्व चिनियाँ युआनले बढि हो । केही दिनअघि सम्पन्न भएको चीनको केन्द्रिय आर्थिक सम्मेलनमा आउने बर्षमा चीनभित्र र बाहिर आर्थिक परिस्थितिको परिवर्तनमा ध्यान पुर्‍याएर मुद्रा ऋणको बृद्धि गतिको राम्ररी नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिइएको छ।

           चीनको सिंग ए बैंकका प्रथम अर्थशास्त्री लु चंग वैले ऋणको लगानीलाई राम्रो पारिएबाट उपभोगको बृद्धिका लागि सहयोग पुग्नुका साथै बैंक प्रणालीको बैंकिङ संकटबाट जोगाउनका लागि पनि उपयोगी रहेको ठहर गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयोः

          "केन्द्रिय आर्थिक सम्मेलनमा यसबारे स्पष्ट कुरा उठाइएको छ। आउने बर्ष चीनले नागरिकको उपभोग खर्चबारे अझ बढी लगानी गर्ने छ। त्यसैले यससम्वन्धी ऋण पनि बृद्धि हुन सक्ने विचार मैले लिएको छु।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह