फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विकास शैलिमा परिवर्तन गर्नु चीनको यस बर्षको आर्थिक नीति

(GMT+08:00) 2009-12-21 20:17:26
        हालै सम्पन्न भएको चिनियाँ कन्द्रिय आर्थिक सम्मेलनका अनुसार आगामी वर्ष चीनको आर्थिक कार्यको मुख्य विन्दू आर्थिक विकासको शैलिमा परिवर्तन गर्नु हो भने अर्थतन्त्रको विकासमा स्थीरता र विकासलाई सही रुपमा मिलाउनु हो । विशेषज्ञका अनुसार अर्थतन्त्रको विकास शैलिमा परिवर्तन गर्नका लागि आउने वर्षमा चीनले आर्थिक बनौटको पुनःव्यवस्थापन गर्ने शक्तिलाई विस्तार गरी निरन्तर रुपमा स्वदेशको उपभोग्य वस्तुको बृद्धिलाई अघि बढाउनुपर्ने छ।

         आर्थिक बनौटको पुनःव्यवस्थापनबारे चर्चा गर्दै चीनको राष्ट्रिय विकास तथा सुधार समिति अन्तर्गत उर्जा-स्रोत अनुसन्धान व्यूरोका अनुसन्धानकर्ता चु ता नीले कम कार्बनयुक्त अर्थतन्त्रको विकास नै आर्थिक बनौटको पुनःव्यवस्थापन गर्ने एउटा मुख्य विषय हो भन्दै चीन सरकारले हरित गृह ग्याँसको निष्काशनलाई न्यूनिकीकरण गर्ने,सट्टा गर्नसकिने उर्जा-स्रोतको विकास,वातावरण प्रदूषणको समाधान गर्ने आदी पक्षमा रहेका शक्तिलाई विस्तार गर्ने सम्भावना रहेको बताउनुभयो। उहाँले आगाडी यसरी भन्नुभयो:  

         चीन कन्द्रीय सरकारले सधैं नै के जोड दिँदै आएको छ भने आर्थिक विकास शैलि र आर्थिक बनौट पुनःव्यवस्थापन गर्न आवश्यक छ,विशेषतः हामीले कूल राष्ट्रिय गार्हस्य उत्पादनको तीब्र बृद्धि एउटा मात्र उद्देश्य बनाउन सक्दैनौ। यी सबै व्यवस्थापन हाम्रो कम कार्बनको अर्थतन्त्रको विकाससित अनुकूल रहेका छन्।

        चीन सरकारले सार्वजनिक गरेको निश्कासन् घटाउने उद्देश्य अनुसार सन् 2020सम्ममा चीनको औसत राष्ट्रिय गार्हस्थ उत्पादनमा कार्बनको निश्कासन् सन् 2005को भन्दा 40देखी 45प्रतिशतसम्म घटाउने रहेको छ। केन्द्रीय आर्थिक सम्मेलनले विशेष गरी के प्रस्तुत गरेको छ भने चीनले उर्जा-स्रोतको किफायत र प्रदूषणको निस्कासनको न्यूनिकीकरण गर्ने ,कम कार्बन अर्थतन्त्रको परिक्षण गर्ने र हरित गृह ग्याँसको निश्कासनलाई नियन्त्रण गर्ने परियोजना रहेका छन्। सो परियोजनाले कम कार्बनको विकासका लागि जग वसाल्ने छ ।

        आर्थिक बनौटको पुनःव्यवस्थापन बढाउनका लागि केन्द्रीय आर्थिक सम्मेलनले राणनैतिक नयाँ व्यवसायको विकास गर्ने कुरा स्पष्ट रुपमा प्रस्तुत गरेको छ। यसबारे छिङ्ग ह्वा विश्वविद्याल्य अन्तर्गत विश्व अर्थतन्त्र अनुसन्धान केन्द्रका प्राध्यपक य्वान गाङ्ग मिङ्गले वर्तमान चीनको राणनैतिक नयाँ व्यवसायमध्ये नयाँ उर्जा-स्रोत व्यवसायको भविष्य सबैभन्दा उज्यालो छ भन्ने कुरा बताउनुभयो । उहाँले अगाडी भन्नुभयो:

         नयाँ उर्जा-स्रोत व्यवसायको उदेश्य उर्जा-स्रोतको कसरी किफायत गर्ने,श्रोत-साधनको कसरी किफायत रुपमा उपभोग गर्ने र वातावरणको संरक्षण गर्ने पूर्वाधारमा अर्थतन्त्रको बृद्धिलाई व्यवहारमा उतार्ने रहेको छ। हामीले यस्तो व्यवसायलाई ढृढताका साथ समर्थन गनुपर्ने छ। यस किसिमको व्यवसाय निकै उचित र ठीक छ भने हाम्रो वर्तमान विकास दिशासित अनुकूल पनि छ।

          यस वर्षको निर्यात नराम्रो भएको परिस्थितिमा चीन सरकारले अर्थतन्त्रको परिवर्तन गर्नकालागि बासिन्दाहरुको उपभोगलाई प्रवर्द्बन गर्ने नीति चालेकोमा स्पष्ट उपलब्धि हासिल भएको छ। यीन ह स्टकका प्रथम अर्थशास्त्री च्व स्वाउ लैले आउने वर्ष उपभोग बढाउनु पर्ने मुख्य विषयमा अर्थतन्त्रको विकास शैली निरन्तर रुपमा कायम रहदै जाने कुरा बताउनुभयो:

          पहिले हामीले आर्थिक बनौटको व्यवस्थपनालाई उक्त कार्य एउटा समष्ट्रिगत विषय नभएको ठहर गरेका थियौं। तर मेरो विचारमा आर्थिक बनौटको पुर्नःव्यवस्थापनका लागि सर्वप्रथम समष्टिगत बनौटवारे गहिरो रुपमा थाहा पाउनुपर्ने छ। पहिले लगानीलाई बढाउनु हाम्रो मुख्य कार्य भएको छ। हालै हामीले बृद्धि शैलिको परिवर्तनलाई मुख्य कार्य बनाउनुपर्ने छ। चीनको केन्द्रीय आर्थिक सम्मेलनद्बारा प्रस्तुत सुझावका अनुसार हामीले समष्ट्रिगत द्दष्टिकोणमा भित्री चाहनालाई बढाउन उपभोगको बृद्धिलाई अझ बढी प्रवर्द्बन गर्नुपर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह